भर्खरै :

संरा अमेरिकाले एसियामा युद्ध थोपर्ने प्रयास गरिरहेको छ

भक्तपुर, ३१ असार । चीनले गरेको प्रगतिलाई रोक्न संयुक्त राज्य अमेरिकाले भारतलगायतलाई प्रयोग गरी एसियामा युद्ध थोपर्न प्रयास गरिरहेको छ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले नेपाल क्रान्तिकारी शिक्षक सङ्घले शनिबार आयोजना गरेको ध्रुवतारा वर्ष ६ अङ्क १ पूर्णाङ्क १३ को अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
सन् १९६२ मा भएको चीन–भारत युद्धमा नराम्रोसँग हार व्यहोरेको भारतले चीनसँग लड्ने चाहना नहुँदा नहुँदै साम्राज्यवादी अमेरिकाले भारत र चीनबीच लडाइँ गराउन सकेको खण्डमा चीनको आर्थिक गतिविधिलाई रोक्न सक्ने र संरा अमेरिकाले एकछत्र गर्दै आएको आर्थिक प्रगतिलाई निरन्तरता दिने योजना बनाउदै छ, अध्यक्ष रोहितले भन्नुभयो
उहाँले शिक्षकहरूले राष्ट्रिय÷अन्तर्राष्ट्रिय विषयमा लेखिएका लेख रचनाहरूको अध्ययन गरी नयाँ पुस्ताका विद्यार्थीहरूलाई सचेत गराई देश र जनताको सेवा गर्नुपर्छ भन्ने भावना विकास गर्न सकेमा मात्र भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलगायतबाट बच्न सक्ने तर्क राख्दै विद्यार्थीहरूलाई पाठ्यपुस्तक तथा पाठ्यक्रममा मात्र सीमित राख्नु हुँदैन भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा राजाराम दाहाल, सुरज प्रजापती, हरिप्रसाद ढकाल, पुष्पलाल सुजखू, उद्धव सुजखू, सुनिता घतुवा, राजेन्द्र श्रेष्ठ, रवीन्द्र थापा, केपी छुस्याकी, दुर्गानाथ न्हेम्हाफुकी, गणेशराम थुसा, नारायणबहादुर दुवाललगायतले ध्रुवतारामा प्रकाशित विभिन्न लेख रचनाको अध्ययन गर्दा प्राप्त अनुभवबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
जगनाथ सजखूको सभापतित्वमा भएको कार्यक्रममा बासु माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईच्याई तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *