युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
काठमाडौँ, २ मंसिर । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा भएको शान्तिपूर्ण आन्दोलनमा दङ्गा प्रहरीको प्रयोग नगर्न गृहमन्त्रालय र सर्वोच्च अदालत प्रशासनसँग आग्रह गरेको छ । बारले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो आग्रह गरेको हो । मूल ढोकामा धर्ना दिँदै आएका कानुन व्यवसायीलाई बिहीबार प्रहरीले बल प्रयोग गरी रोक्न खोज्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते हुनुभएको थियो भने बारका केन्द्रीय सदस्य प्रकाश मर्हजन गम्भीर घाइते हुनुभएको थियो । उहाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै वरिष्ठ अधिवक्ता सविता भण्डारी, सर्वोच्च अदालत बार एसोसिएनका सचिव ऋषिराम घिमिरे, अधिवक्ता कपिलचन्द्र पोखरेल, युवराज बञ्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण र गोपाल सापकोटा घाइते भएको बारले जनाएको छ । बारले अदालतमा भएको विकृति विसङ्गतिको अन्त्य गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्नुपर्ने, गोला प्रक्रियाबाट पेसी तोक्नुपर्नेलगायतका माग राख्दै विरोध कार्यक्रम गर्दै आएको छ ।
गोला प्रणालीसहितको नियमावली पास गर्ने फूलकोर्टको निर्णय
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूलकोर्ट) ले गोला प्रणालीसहितको नियमावली पास गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश राणासहित १९ जना न्यायाधीशको पूर्ण बैठकले गोला प्रक्रियासहितको नियमावली र गोेला प्रणालीकोे कार्यविधि बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको नियमावली राजपत्रमा प्रकाशित भएपछि गोला प्रणालीबाट पेसी व्यवस्थापनको लागि बाटो खुल्नेछ । रासस
Leave a Reply