भर्खरै :

देशघाती एमसीसी सम्झौताविरुद्ध पोखरामा नेमकिपाको प्रदर्शन तथा सभा

पोखरा, ४ मङ्सिर । एमसीसी सम्झौताको विरोध अभियानअन्र्तगत आज कास्की जिल्लाको पोखरामा विरोधसभा तथा जुलुस सम्पन भयो ।
पोखराको सिद्धार्थ चोकमा आयोजित विरोधसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अमेरिकाको एउटा निगमसँग नेपाल सरकारले गरेको एमसीसी सम्झौताले देशको अस्मिता लुटिएको र यसमा नेपालका शासक दलहरू लाजमान्नुको सट्टा विदेशीहरूको तावेदारी गरिरहेको बताउनुभयो ।
उहाँले नेपालमा गरिने विकास निर्माण भारतको स्वीकृति लिएर मात्र गर्नुपर्ने शर्त एमसीसीमा भएको र यसले नेपालको स्तर भारतको एउटा प्रान्तमा परिणत गरकोले नेपालको सार्वभौमसत्तामा आँच पुगेको बताउनुभयो ।
अमेरिकी सरकार र नेपाल सरकारको बीचमा हुनुपर्ने कुनै पनि सम्झौता अमेरिकाको एउटा निगमसँग गरेर नेपाली जनतालाई अमेरिकाको एउटा निगमको मातहतमा राख्न खोजेको र अमेरिकाको एउटा निगमसँग नेपालको एउटा निगमसँग मात्र सम्झौता हुनसक्ने भएकोले यस एमसीसीले नेपालको सार्वभौमिकता नै लुटिएको उहाँले बताउनुभयो ।
“चीनको बढ्दो शक्तिलाई रोक्नको लागि अमेरिकाले हिन्दप्रशान्त क्षेत्रका देशहरूलाई आफ्नो छातामा ल्याएर चिनलाई धम्क्याउनको लागि एमसीसी नेपालको संसद्बाट पास गर्न खोजेको हो र यसको विरोधमा नेपाली जनताले जनमत निर्माण गर्न नसके नेपाल सरकारलाई पचास करोड डलर लोभ देखाएर नेपालाई अमेरिकाले अफगानिस्तान जस्तै बनाउन सक्छ”, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सहसंयोजक सुरेस परियारले नेपाली जनता वर्तमान समयमा धेरै सचेत भइसकेको हुँदा एमसीसी सम्झौताको सम्बन्धमा धेरै बुझिसकेको हुँदा नेपाल सरकारले कुनै पनि हालतमा पास नगर्ने र गरेको खण्डमा चुप लागेर नबस्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका मिनबहादुर वाटाले नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौताको देशव्यापी विरोध अभियान चलाउँदै आएको र देशको सार्वभौमिकता कमजोर बनाउने सम्झौताविरुद्ध नेपाली जनता सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका हृदय दाहालले पनि बोल्नुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *