भर्खरै :

संरा अमेरिका : प्रजातन्त्र क्षयीकरण भएको देश

यदि तपाईँ वास्तविकतालाई देखे पनि नदेखेजस्तो गर्नु हुन्न भने तपाईँले पक्कै पनि संरा अमेरिकालाई ‘प्रजातन्त्र क्षयीकरण भइरहेको देश’ को रूपमा परिभाषित गरिएका समाचार पढ्नुभएकै हुनुपर्छ । अनि ‘यो निष्कर्षमा पुग्न किन यति विलम्ब गरेँ’ भनी आफैसँग प्रश्न पनि गर्दै आउनुभएको हुनुपर्छ ।
‘प्रजातन्त्र र चुनावी सहायताको लागि अन्तर्राष्ट्रिय प्रतिष्ठान’ (आइडिया) ले गत नोभेम्बर २२ मा सार्वजनिक गरेको ‘प्रजातन्त्रको विश्वव्यापी अवस्था प्रतिवेदन–२०२१’ मा संरा अमेरिकालाई ‘विश्वमा प्रजातन्त्रको खम्बा भएर पनि (विगत पाँच वर्षमा) तानाशाही सोचको शिकार भनेको र प्रजातान्त्रिक मापदण्डका धेरै खुड्किला भत्काइसकेको’ भनी व्याख्या गरिएको छ । प्रतिवेदनमा भनिएको छ, “प्रजातान्त्रिक क्षयीकरण भइरहेका देशहरूको सङ्ख्या पछिल्लो दशकमा जति धेरै सङ्ख्यामा बढेको छ, यसअघि कहिल्यै पनि त्यो अनुपातमा बढेको थिएन । त्यसरी प्रजातन्त्रको क्षयीकरण भइरहेका देशहरूमध्ये संरा अमेरिकाजस्तो क्षेत्रीय भूराजनीतिक र आर्थिक शक्ति पनि पर्दछ ।”
डोनाल्ड ट्रम्पका कट्टर समर्थकहरूले संरा अमेरिका ‘तानाशाही मनस्थितिको शिकार’ भएको कुरामा असहमति राख्न सक्छन् । संरा अमेरिकाका प्रजातान्त्रिक आदर्शको अवनतिका लागि त्यो देशलाई अगाढ प्रेम गर्ने ट्रम्प जिम्मेवार हुनसक्ने कुरा उनीहरूले स्वीकार्न सक्दैनन् ।

कमै सङ्ख्यामा संरा अमेरिकी नागरिकले आफ्नो देशको राजनीतिप्रति चासो राख्ने गरेका छन् । जसले गर्दा मतदानमा भाग लिने मानिसहरूको सङ्ख्या कम हुँदै गएको छ । त्यसमाथि, राष्ट्रपतिको अधिकारलाई वैधानिक चुनौती दिनसक्ने मानिएको संसदले पनि चीनको खेदो खन्नलाई बाहेक अरू निकै थोरैमात्र काम गरेको छ । शक्तिशाली स्वार्थ समूह वा दबाब समूहहरूले राजनीतिक नेताहरूलाई सहमति नखोज्न दबाब दिइरहेका हुन्छन् । परिणामतः हरेक वर्ष संसद्को भूमिका क्रमशः कम हुँदै गएको छ । संसदप्रतिको आदर पनि घट्दै गएको छ । त्यही कारण अमेरिकाको दक्षिणी भागको मताधिकार खोज्ने र देशभर गर्भपतनको अधिकार खोस्ने जस्ता प्रयासले अल्पसङ्ख्यक र महिलाहरूले आफ्नो भविष्य अनिश्चित बन्दै गएको अनुभव गर्दै छन् ।

आइडियाको प्रतिवेदनमा लेखिएको यो वाक्यमाथि विचार गरौँ ः ‘संरा अमेरिका र सिङ्गो संसारमा प्रजातन्त्रमा ऐतिहासिक परिवर्तनको बिन्दु सन् २०२०–२०२१ मा आयो जब पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले संरा अमेरिकामा सन् २०२० मा भएको चुनावको परिणाममाथि प्रश्न उठाए । उनले लगाएका चुनावी धाँधलीका आधारहीन आरोप र त्यससम्बन्धी गलत सूचनाले चुनावी प्रक्रियामाथिको न्यूनतम विश्वास नै ओझेलमा प¥यो । ट्रम्पको त्यही अभिव्यक्तिको कारण सन् २०२१ को जनवरीमा संरा अमेरिकाको क्यापिटल हिलमा धेरै सङ्ख्यामा ट्रम्पका समर्थकहरूले हुलडबाजी मच्चाए । विडम्बना ¤ तिनै समर्थकहरूले आफूहरूबाट अमेरिकी प्रजातन्त्र लुटिएको दुखेसो गरिरहेका थिए ।
आइडियाको प्रतिवेदनले मूलतः चार क्षेत्रमा संरा अमेरिकाको आलोचना गरेको छ ः प्रत्यक्ष प्रजातन्त्र, चुनावी सहभागिता, प्रभावकारी संसदीय अभ्यास र सामाजिक अधिकार एवम् समानता । छोटोमा भन्दा कमै सङ्ख्यामा संरा अमेरिकी नागरिकले आफ्नो देशको राजनीतिप्रति चासो राख्ने गरेका छन् । जसले गर्दा मतदानमा भाग लिने मानिसहरूको सङ्ख्या कम हुँदै गएको छ । त्यसमाथि, राष्ट्रपतिको अधिकारलाई वैधानिक चुनौती दिनसक्ने मानिएको संसदले पनि चीनको खेदो खन्नलाई बाहेक अरू निकै थोरैमात्र काम गरेको छ । शक्तिशाली स्वार्थ समूह वा दबाब समूहहरूले राजनीतिक नेताहरूलाई सहमति नखोज्न दबाब दिइरहेका हुन्छन् । परिणामतः हरेक वर्ष संसद्को भूमिका क्रमशः कम हुँदै गएको छ । संसदप्रतिको आदर पनि घट्दै गएको छ । त्यही कारण अमेरिकाको दक्षिणी भागको मताधिकार खोज्ने र देशभर गर्भपतनको अधिकार खोस्ने जस्ता प्रयासले अल्पसङ्ख्यक र महिलाहरूले आफ्नो भविष्य अनिश्चित बन्दै गएको अनुभव गर्दै छन् ।
संरा अमेरिकामा कहिले पनि पूर्ण प्रजातन्त्रको निम्ति अभ्यास भएन । तर, प्रजातान्त्रिक आदर्शबाट अभिप्रेरित संसारभरका मानिसहरूले पनि आज संरा अमेरिकालाई एउटा निर्विवाद उज्यालो प्रकाशको रूपमा मान्न सक्ने अवस्था छैन ।
खासमा संरा अमेरिकाको तीतो सत्य के हो भने प्रजातान्त्रिक आदर्शको क्षयीकरणको सबभन्दा अग्रमोर्चामा पूर्वराष्ट्रपति ट्रम्प छन् । रिपब्लिकन पार्टीमा ट्रम्पको निकै बलियो प्रभाव छ । एकपछि अर्को मत सर्वेक्षणले आगामी सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीबाट ट्रम्प नै सबभन्दा उपयुक्त उम्मेदवार हुनसक्ने मत व्यक्त भएको छ । रिपब्लिकन पार्टीका कार्यकर्ताहरूले अझै पनि गत वर्षको निर्वाचनमा ट्रम्प नै वास्तविक विजेता भएको खुलमखुला हल्ला गर्न छोडेका छैनन् । उनीहरू अझै पनि आतुरीका साथ ट्रम्पले अँगालेको विषाक्त विचारलाई समर्थन गरिरहेका छन् । त्यसको अर्थ संरा अमेरिकामा रिपब्लिन दलका हरेक नेताहरू या त ट्रम्पको खुलेर समर्थनमा लागेका छन्, नभए चुपचाप बसेका छन् । ट्रम्पको विरोध गर्नुको अर्थ आफ्नो राजनीतिक भविष्य समाप्त हुनसक्नेमा उनीहरू भयभित छन् ।
एसियालीहरूको विरोध ट्रम्प सरकारको एउटा विशेषता थियो । त्यसो त ट्रम्प सरकारबाट बिदा भएको एक वर्ष बितिसकेको छ । तर, एसियाली र एसियाली–अमेरिकीहरूमाथिको गाली र कुटपिटको काम भने अझै रोकिएको छैन । गएको साता मात्र सिकागो विश्वविद्यालयमा एक जना चिनियाँ विद्यार्थीलाई दिन दहाडै कुटपिट गरियो । कुटपिटकै कारण पछि तिनी चिनियाँ विद्यार्थी शाओसिओङको निधन भयो । त्यो घटना घटेको केही दिनपछि चार जना एसियाली विद्यार्थीहरूमाथि फिलाडेल्फियाको एउटा रेलमा हमला भयो । स्थानीय नगर प्रहरीका अनुसार हमलाको क्रममा हमला गर्नेहरूले ‘साम्प्रदायिक गाली’ गरेका थिए । त्यसैबीच न्यु योर्क सहरमा प्रहरीले यो वर्षको सुरुवातमा एसियालीमाथि हमलाको आरोपमा एक जना महिलालाई पक्राउ गरेको थियो । कुटाइ खाने पीडितमध्ये एक जना त ७५ वर्षकी वृद्धा थिइन् जसको टाउकोमा हथौडा बजारिएको थियो ।
यी घटना कुनै उपेक्षित घटना होइनन् । केही साताअघि मात्र संरा अमेरिकाको सङ्घीय अनुसन्धान व्युरो (एफबीआई) ले सन् २०२० मा मात्र एसियालीविरुद्धको अपराध ७३ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक ग¥यो । सन् २०२१ मा त यो सङ्ख्या अझ खराब तहमा बढ्ने देखिन्छ ।
संरा अमेरिका यस्तो देश हो जहाँ ‘अरू’ लाई उनीहरूको जातको आधारमा कुटपिट वा अपमान गर्नुलाई सामान्य मानिन्छ । संरा अमेरिका त्यस्तो देश हो जहाँ अधिनायकवादीहरू आफू सत्तामा नभए पनि दमनकारी अवस्था बनाइरहेका हुन्छन् ।
सन् २०२४ को चुनावमा फेरि पनि डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) पठाउने मूर्खता संरा अमेरिकाले गरे त्यहाँको प्रजातन्त्र अझ कमजोर बन्ने पक्का छ । मानिसहरूमाथि हुने हमला फेरि पनि सत्ताको चासो र चिन्ताको विषय नबन्ने पक्का छ । त्यो बिन्दुमा संरा अमेरिका ‘प्रजातन्त्रको क्षयीकरण’ भएको देशमात्र होइन, बरु प्रजातन्त्र नै असफल भएको देश मानिन बेर छैन ।
(लेखक रोबर्ट मोरिस विश्वविद्यालयको सञ्चार तथा साङ्गठनिक नेतृत्व विभागका सहायक प्राध्यापक हुनुहुन्छ ।)
स्रोत ः:सीजीटीएन
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *