नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, २८ नोभेम्बर । चीनको सबैभन्दा ठूलो ‘नुनपानी ताल’ (किङ्हाई ताल) मा झन्डै एक लाख ९० हजार जलपक्षी देखिएका छन् ।
यो वर्षमा जलमा बस्ने चराहरूको सङ्ख्यामा ३६.५ प्रतिशतले वृद्धि भएको राष्ट्रिय प्रकृति आरक्षले गरेको हिउँदे गणनाले देखाएको हो । आरक्षले २४ नोभेम्बरदेखि तालको हिउँदे गस्ती गर्दै जलचरहरूको लेखाजोखा राख्ने गर्छ ।
यस अवधिमा आरक्षमा निगरानी गरिएका ३० प्रकारका चराहरूमध्ये चीनमा दोस्रो श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत पाइने जङ्गली प्रजातिका लगभग ५६० हाँस (हुपर स्वान) हरू हिउँदको लागि तालको भ्रमण गरेका छन् ।
आरक्षको प्रशासन विभागका अनुसार गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको सङ्ख्याभन्दा हेपर स्वानको सङ्ख्या पनि २३० भन्दा बढीले बढेको छ ।
चीनको उत्तरपश्चिमी किङहाई प्रान्तमा अवस्थित यो ताल मध्य एसियाबाट भारत र पूर्वी एसियादेखि अस्ट्रेलियासम्म बसाइँ सर्ने चराहरूका लागि प्रमुख पारगमन बिन्दु हो ।
यो किङ्गहाई–तिब्बत पठारमा जलपक्षीको लागि हिउँदको महत्वपूर्ण घर पनि हो ।
हरेक वर्ष, हुपर स्वानहरू आफ्नो प्रजनन स्थल छोडेर हिउँदको लागि सेप्टेम्बर महिनाको मध्यदेखि सेप्टेम्बर महिनाको अन्तसम्म किङ्घाई तालमा उड्छन् ।
मार्च महिनाको अन्ततिर वा अर्को वर्षको अप्रिल महिनाको सुरुतिर ताल नफुटेसम्म तिनीहरू ताल छोड्दैनन् ।
Leave a Reply