युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव सङ्कलन
- जेष्ठ २८, २०८३
भक्तपुर, १ साउन । भक्तपुर नगरपालिका वातावरण तथा पर्यटक समितिको आयोजनामा आइतबार भक्तपुर नगर क्षेत्रमा हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत भक्तपुर नगरपालिकाको प्राङगणमा विविध बोटका बिरुवाहरू रोपी वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
भनपाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले कपुरको बोट रोपी उद्घाटन गर्नुभएको हो । वडा अध्यक्ष, वडा सदस्य, नगरपालिका कर्मचारीहरूले पनि विभिन्न बोटका बिरुवाहरू रोपेका थिए ।
प्रमुख प्रजापतिले भक्तपुर नगरलाई सफा र सुन्दर बनाउन घरको फोहोरलाई व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको हुनाले वडा अध्यक्षहरूलाई सशुल्क कम्पोष्ट बिन हस्तान्तरण गर्नुभएको थियो । उहाँले विभिन्न ठाउँलाई पर्यावरणीय रुपले सुन्दर बनाउन नगरपालिका लाग्ने बताउनुभयो ।
“भक्तपुर नगरलाई नमुना नगर बनाउन जनप्रतिनिधिहरूमात्र भएर पुग्दैन । यसमा सबै नगरवासीहरू तथा कर्मचारीहरूको समन्वय हुनु आवश्यक हुन्छ ।” प्रमुख प्रजापतिले भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले परिवर्तनका लागि सकारात्मक सोच लिएर अघि बढे कामहरू सफल हुने बताउनुभयो ।
वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रममा थियो निर्वाचित ज्येष्ठ वडा सदस्य गोविन्द दुवालले पनि बोल्नुुभएको थियो ।
Leave a Reply