भर्खरै :

माघ ५ देखि ८ सम्म भक्तपुरमा पुस्तक प्रदर्शनी

भक्तपुर, १३ मंसिर । भक्तपुरमा आगामी माघ ५ देखि ८ दिनसम्म पुस्तक प्रदर्शनी हुने भएको छ । आरम्भ समूहको आयोजनामा भक्तपुरको कमलविनायकस्थित लामगाल (सरस्वती विद्यागृह बाहिरको चौर)मा हुने सो प्रदर्शनीको तयारी सुरू भएको आयोजक समितिका सदस्य दिनेश प्रधानले जानकारी दिनुभयो । प्रदर्शनीमा साझा प्रकाशन, रत्न पुस्तक भण्डार, परिचय बुक्स, नेपालय, नेपाल प्रज्ञा प्रतिष्ठान, जनप्रकाशन गृह, कथालय, बुक हिल, एकता, इन्डिगो, पैरवी, एजुकेसनलगायत झन्डै २८ वटा प्रकाशन तथा पुस्तक भण्डारको सहभागिताको लागि तयारी भइरहेको छ ।
पुस्तक प्रदर्शनीमा विभिन्न स्रष्टाका पुस्तकको विमोचन पनि हुने बताइएको छ । प्रदर्शनीस्थलमा वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रकला प्रदर्शनी, कार्टुनिस्ट दामोदर सुवालको कार्टुन प्रदर्शनी, रमेश प्रधानको मूर्तिकला प्रदर्शनी, बालकृष्ण बनमालाका नवदुर्गासम्बन्धी कला प्रदर्शनी पनि हुने आयोजक समितिले जनाएको छ ।
आरम्भ समूहले २०७६ सालमा पनि पुस्तक प्रदर्शनीको आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *