भर्खरै :

बिहीबार खोह« दीप ध्वाखा उद्घाटन हुने ४६ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त

भक्तपुर, १३ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले मङ्सिर १६ गते बिहान ११ः३० बजे हनुमानघाटस्थित छिपा ताँको पूर्वतिर निर्माण गरिएको मौलिक शैलीको खोह« दीप ध्वाखा उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । दायाँ बायाँ सहायक द्वार र बीचमा मुख्य द्वार रहेको सो ध्वाखा निर्माणको लागि ४६ लाखभन्दा बढी आर्थिक सहयोग जुटिसकेको निर्माण समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूले जानकारी दिनुभयो ।
अध्यक्ष खाइजूका अनुसार सुरुमा ठूलो एक द्वारमात्र बनाउने लक्ष्य भए पनि संस्कृतिविद्, इतिहासकार तथा समाजसेवीहरूको सल्लाहअनुसार तीन प्रवेश द्वार निर्माण गरिएको हो ।
खोह« दीप ध्वाखा निर्माण समितिका सचिव कृष्णगोविन्द लाखाका अनुसार सुरुको ध्वाखाको नाम ‘चन्द्रबिन्दु दीप’ प्रवेश द्वार राखिएको थियो । ०७७ फागुन १६ गते पुरुषोत्तम लोचनश्रेष्ठ, विनोदराज राजोपाध्याय, पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजा, स्थानीय वडाध्यक्ष उकेश कवां र इ. सूर्यभक्त खर्बुजासमेतको छलफलअनुसार उक्त ध्वाखाको नाम खोह« दीप ध्वाखा नामकरण गरी निर्माण समिति गठन गरिएको थियो ।
निर्माण समितिले एक लाख वा सोभन्दा बढी आर्थिक सहयोग गर्नेलाई सम्मानसहित प्रशंसापत्र र १० हजार वा सोभन्दा बढी सहयोग गर्ने महानुभावहरूको नामावली शिलापत्रमा उल्लेख गर्ने निर्णय गरिसकेको छ ।
ध्वाखा निर्माणको क्रममा भनपा वडा नं ७ निवासी प्रवीण कुस्माले ११ लाख बराबरको तामाको छाना र गजुर राखेर उल्लेखनीय सहयोग गर्नुभएको कुरा खाइजूले बताउनुभयो । त्यसरी नै विष्णुभक्त मारिखुले १,८४,५४८ ।– मूल्य बराबरको दाचि अपा (इँटा) राख्न सहयोग गर्नुभएको छ ।
अध्यक्ष खाइजूका अनुसार उक्त द्वार निर्माणमा स्थानीय १८० वटाभन्दा बढी गुठियारहरूले आर्थिक सहयोग गरेका थिए ।
द्वार निर्माणको काम गर्न स्थानीय सिकर्मी र डकर्मी तथा ढुङ्गाको काम गर्न ललितपुरका मूर्तिकारले सहयोग गर्नुभएको निर्माण समितिका सचिव कृष्णगोविन्द लाखाले बताउनुभयो ।
द्वार निर्माणमा सहयोग गर्ने महानुभावहरूमा गुठियारबाहेक समाजसेवी, व्यापारी र सहकारी सङ्घ संस्थाको महत्वपूर्ण योगदान रहेको छ ।
निर्माण समितिका अध्यक्ष खाइजूका अनुसार एउटा गुठीले नै रु. ६० हजारको आर्थिक सहयोग ग¥यो । निर्माण समितिले गुठीगुठीमा पत्राचार गर्नेबित्तिकै सबैजस्तो गुठियारहरूले आर्थिक सहयोग गरे । द्वार निर्माण भइरहेको छ भन्ने खबरको आधारमा सहयोग गर्ने समूहको ताँती लागेको अध्यक्ष खाइजुले बताउनुभयो ।
प्रवेश द्वार प्राचीन मौलिक शैलीको मात्र होइन कलात्मक छ । द्वारमा उत्तरतर्फ ढुङ्गाको कलश २, भैरव र भैरवी, धर्मराज र गरुड नारायण, दक्षिणतर्फ ढुङ्गाको कलश २, गणेश, कुमार, नृत्यश्वर र नृत्यनाथको मूर्ति रहेका छन् । छानाको विकल्पमा काठको अष्टमातृका र अष्ट भैरव तथा ध्वाखाको छानामुनि उत्तरतर्फ ढुङ्गाको विष्णु र दक्षिणतर्फ उमामहेश्वरको मूर्ति रहेको देखिन्छ ।
निर्माण समितिले उद्घाटनको दिन समारोहमा सहभागी हुन किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, इतिहासकार, संस्कृतिविद्, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सबै महानुभावहरूमा उपस्थितिको लागि अनुरोध गरेको छ ।
स्मरणीय छ, सो द्वार निर्माण गर्न ०७७÷९÷८ गते भेला भएको थियो । सो भेलाले कृष्णगोविन्द खाइजूको अध्यक्षतामा १३ सदस्यीय खोह« दीप ध्वाखा निर्माण समिति गठन गरेको थियो ।
हनुमानघाटस्थित छिपा ताँ भक्तपुर नपाबाट उपभोक्ता समितिमार्फत काम गर्ने क्रममा खोह« दीप प्रवेश गर्ने ठाउँमा दुईवटा मूर्ति (धर्मराज र गरुड नारायणको) सहित दुईवटा खम्बा भत्काउनु परेको कारण स्थानीय गुठी, सङ्घ संस्था वा व्यक्तिहरूको सहयोग र साथमा सो ध्वाखा निर्माण गर्न सफल भएको अध्यक्ष खाइजूको भनाइ रहेको छ । त्यस्तै सोही स्थानको दक्षिणतिर सुधारिएको शहदाव निर्माण गर्ने तयारी गरिरहेको छ ।
सुधारिएको शवदाह निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द लाखाका अनुसार ५५ लाख बराबरको सो कार्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *