नेपाल–चीन सम्बन्ध खल्बल्याउने तत्व सक्रिय
- भाद्र २६, २०८०
काठमाडौँ, १४ मङ्सिर । देशको राजधानी काठमाडौँ रहेको बाग्मती प्रदेशमा बढ्दो सहरीकरणका कारण यस प्रदेशको कृषियोग्य भूमि मासिँदै गएको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको वाग्मती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७७÷७८ को वार्षिक प्रतिवेदनमा बाग्मती प्रदेशमा जनसङ्ख्या धेरै रहेको तथा अव्यवस्थित सहरीकरणका कारण कृषि भूमिमा चाप परेको अध्ययनले स्पष्ट पारेको छ । मासिँदै गइरहेको कृषि भू–क्षेत्रलाई संरक्षण गरी व्यवसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्नु र बाँझो जमीनलाई सदुपयोग गर्ने विषय चुनौतीपूर्ण रहेको अध्ययनले देखाएको छ ।
प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नियमित मर्मतसम्भार र व्यवस्थापन गरी सुविधायुक्त बनाउने तथा बुटिक एयरपोर्टका रूपमा विमानस्थललाई व्यवस्थित पार्नुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय व्यापारमा दोस्रो ठूलो मुलुकका रुपमा रहेको चीनतर्फको नाकामा पारवहनमा समस्या परेको, भूकम्पपश्चात् तातोपानी नाकामा बेला–बेलामा समस्या देखिने गरेकोले रसुवागढी नाकाबाट व्यापार वृद्धि भए पनि नुवाकोटदेखि रसुवासम्मको सडक सुविधायुक्त नहुँदा थप समस्या पैदा भएको छ । कोभिडको कारण बेला–बेला नाका बन्द लगायतका कारण चीनबाट सामान ल्याउन अत्यधिक समय लाग्ने गरेको छ ।
आव २०७७÷७८ मा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.५ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो क्षेत्रफल २.४ प्रतिशतले बढेको थियो । आव २०७७÷७८ मा यस प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल ०.२ प्रतिशतले घटेको छ भने गत वर्ष यस्तो क्षेत्रफल २.१ प्रतिशतले बढेको थियो ।
यस्तै धान बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशत, कोदो बालीको १.७ प्रतिशत, फापर बालीको २१.४ प्रतिशत, भटमास बालीको २.८ प्रतिशत र दलहन बालीले ढाकेको क्षेत्रफल १.६ प्रतिशतले बढेको छ । मकै बालीले ढाकेको क्षेत्रफल २.७ प्रतिशत, गहुँ बालीको ०.५ प्रतिशत, जौ बालीले ढाकेको क्षेत्रफल ११.७ प्रतिशत, उखु बालीको ८.६ प्रतिशत र तेलहन बालीको ०.९ प्रतिशतले घटेको अध्ययनमा उल्लेख छ । बाग्मती प्रदेशमा विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिका कारण अपेक्षित लाभ प्राप्त हुन नसकेको पाइएको छ ।
भएन पुँजीगत खर्च
पुँजीगत खर्च हुन नसक्ने नेपालको पुरानै प्रवृत्ति भए पनि सङ्घीय राजधानी रहेको यस प्रदेशमा साधन र स्रोतका हिसाबले सहज भए पनि अपेक्षित लाभ प्राप्त हुन सकेको छैन । राष्ट्र बैङ्कको वार्षिक प्रतिवेदनमा पुँजीगत खर्च बढाइ आयोजना निर्धारित समय र लागतमा सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ ।
निर्माणाधिन आयोजनालाई निर्धारित समय र लागतमा गुणस्तरसहित सम्पन्न गरी आर्थिकरूपले सम्भाव्य बनाउनु जरुरी रहेको केन्द्रीय बैङ्कको अध्ययनमा भनिएको छ । गत असारमा गएको बाढीपहिराका कारण मेलम्ची खानेपानी आयोजना पुनःसञ्चालनमा ल्याउनु चुनौतीको विषय रहेको भन्दै अध्ययनमा समस्याको निराकरण गर्न सम्बद्ध निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
अध्ययनमा भनिएको छ, “सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीपहिराबाट घरलगायत अन्य भौतिक संरचनामा क्षति पुगेको कारण त्यसको पुनःनिर्माण गर्नु चुनौतीपूर्ण छ ।” पूर्वाधार आयोजनाको योजना निर्माण, सोको कार्यान्वयन र लाभ बाँडफाँटजस्ता सवालमा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्नु जरुरी देखिएको जनाइएको छ । मुआब्जा, जग्गा अधिग्रहण, राइट अफ वे, पुनर्वास आदि परियोजनाका पूर्वतयारीसँग सम्बन्धित विषयहरू सम्बोधन गरी स्थानीय अवरोध हटाउनुपर्नेमा जोड दिइएको छ ।
पूर्वाधार परियोजनालाई समयमा नै सम्पन्न गर्न प्रभावकारी नियन्त्रण तथा अनुगमन गर्नु र परियोजनाका अधिकारीलाई आयोजनाको कार्यान्वयन प्रगतिप्रति जवाफदेही बनाउनु जरुरी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सम्पन्न भई प्रयोगमा रहेका पूर्वाधार आयोजनाको गुणस्तर कायम राख्न यस्ता आयोजनाको मर्मत सम्भार योजना बनाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्ययनले आवश्यक कामदार र विशेषज्ञको उपलब्धता सुनिश्चित गर्न सुझाव दिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कको आधारमा प्रदेशको समग्र आर्थिक अवस्था तुलना गर्दा आव २०७७÷७८ मा मुलुकको कुल गार्हस्थ उत्पादनमा बाग्मती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७.७ प्रतिशत रहन पुगेको छ । कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम चार प्रतिशतमा सिमित छ । बृहत् आर्थिक वर्गीकरणअनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश नं १ को हिस्सा सबैभन्दा धेरै २१.५ प्रतिशत छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.२ प्रतिशतमात्रै छ ।
औद्योगिक उत्पादनमा बाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६ प्रतिशत रहँदा कर्णाली प्रदेशमात्रै ०.९ प्रतिशतमा सीमित छ । यसैगरी थोक तथा खुद्रा व्यापार, मोटर गाडी तथा मोटरसाइकल मर्मत, यातायात तथा भण्डारण, घरजग्गा कारोबार र वित्तीय मध्यस्थताजस्ता सेवा क्षेत्रमा बाग्मती प्रदेशको हिस्सा ५६.५ प्रतिशत छ । आव २०७७÷७८ मा ११ हजार ८३३ थप रोजगारी प्रदान गर्ने उद्देश्यले रु. एक खर्ब ५६ अर्ब ६० करोड बराबरको पुँजी लगानी हुने गरी २०३ नयाँ उद्योग दर्ता भएका छन् । त्यसमध्ये ४३.८ प्रतिशत उद्योग बाग्मती प्रदेशमा दर्ता भएका छन् । कर्णाली प्रदेशमा भने नयाँ उद्योग दर्ता भएको देखिँदैन ।
कुल रोजगारीमध्ये ४०.७ प्रतिशत वाग्मती प्रदेशमा रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१ प्रतिशत रहेको छ । अर्बौँको क्षति पुग्ने गरी सिन्धुपाल्चोकमा आएको बाढीले हेलम्बु, ग्यालथुम, तालामारङ, मेलम्ची बजार क्षेत्रका वन, पुल, बाटो, पार्क, होटल, रिर्सोट लगायतको भौतिक संरचनामा क्षति पग्न गएको छ । विपद्ले खेतीयोग्य जमिन, मेलम्ची खानेपानी आयोजना, पशुपालन, माछापालन तथा अन्य व्यवसायमा समेत नराम्ररी क्षति पु¥याएकोले यथास्थितिमा फर्काउनु चुनौतीपूर्ण रहेको अध्ययनले स्पष्ट पारेको छ ।
उपत्यका तथा आसपासका सहरमा सडक मर्मत, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास, ट्राफिक व्यवस्थापन र पहाडी इलाकामा बाढीपहिरोलगायतका समस्या समाधान गर्नु अर्को चुनौतीको विषय रहेको देखिएको छ । रासस
Leave a Reply