रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
चितवन, १५ मङ्सिर । एमालेको दसौँ महाधिवेशन चितवनको सौराहामा ठूलै तामझामका साथ सम्पन्न भयो । केपी ओलीले सर्वसम्मत ढङ्गबाट नयाँ नेतृत्व आउने जिकिर गरे पनि अन्तमा निर्वाचनको मतपरिणामबाटै महाधिवेशन टुङ्गियो । मंसिर १०–१२ सम्म हुने भनिएको महाधिवेशन दुई दिन लम्बिएर १४ गते सकियो । लम्बिनुको कारण सिद्धान्त र नीतिमा छलफल नभई पदको भागबन्डा प्रमुख थियो । महाधिवेशन लम्बिदै गर्दा सौराहामा भएको कार्यक्रमले नेता तथा कार्यकर्तालाई घुम्न र आनन्द लिन भने भरपुर समय मिल्यो । पर्यटकीय क्षेत्र सौराहाका होटल व्यवसायीहरू एमालेको महाधिवेशनले खुसी छन् । महाधिवेशनमा पदको बार्गेनिङ नमिल्दा दुई–चार करोड रुपैयाँ खर्च बढ्न पुग्यो होला । जोगी बन्नलाई राजनीति नगरेको भन्ने तिनै पार्टीका नेता भनाउँदाहरूको पटकपटकको अभिव्यक्तिले त्यही दर्शाउँछ ।
चितवन घुम्न चाहना राख्नेलाई एमालेको महाधिवेशनले मौका दियो । नारायणी नदी, पुल र सौराहा हेर्नकै लागि पनि मानिसहरू महाधिवेशनमा उर्लिए । भीडभाडका कारण धेरै मानिसहरू नारायणी पुलमा पुग्नै सकिएनन् । एमाले नेताहरूको इच्छा पूरा भए पनि उद्घाटनको दिन अनावश्यक भीड र चापको कारण धेरै सोझा जनताले दुःख पाए । यस्तो भीडलाई कसैले वर्षा यामको नारायणी नदीको बाढी भएको ठाने भने कतिपयले प्रचण्ड माधवलाई शक्ति प्रदर्शन गरेर देखाएको औँल्याए । दिनभर मुख्य राजमार्गहरूको सवारी आगमन बन्द एम्बुलेन्स चलाउन पनि गा¥हो भएर नागरिकले दुःख खेप्नु परे ।
महाधिवेशन उद्घाटनमा मानिसहरू न त आनन्दसँग घुम्न पाए न त नेताहरूको कुरा राम्रोसँग सुन्न पाए । बेलैमा घर फर्किन पनि पाएनन् । घर आँगनमा गाडी तेर्साएर लोभलालच देखाएर सोझा जनतालाई चितवन नारायणी नदी किनार ओराले । सास्ती खेप्नु परे । एमालेका नेता कार्यकर्ताहरू पनि काङ्ग्रेस, माओवादीका नेताहरूजस्तै भ्रष्टाचारमा मुछिएको र सत्ताको दुरुपयोग भएको समाचार आएकै हो ।
एमालेको महाधिवेशनमा जनताको जनजीविकासँग सम्बन्धित सवालहरू खासै आएनन् । राष्ट्रघाती एमसीसी सम्झौता र वैदेशिक हस्तक्षेपको विषयमा कुरा प्रस्ट आएन । नारायणगढ बजारको उकुसमुकुस मानिसको भीडलाई सचेत नागरिकहरूले कुम्भमेलाकै संज्ञा दिए । निजी सवारी साधनहरूको लर्को हेर्ने हो भने कुनै उद्योगी, पँुजीपतिहरूको महोत्सवभन्दा फरक थिएन । धेरै मोटरकारहरू र व्यवस्थित पार्किङ नहँुदा नारायणगढ झन् अस्तव्यस्त देखिन्थ्यो । बजार झर्न मुस्किल पर्ने गाउँका सोझा गरिब जनतालाई सर्वहारा वर्गको पार्टी भन्ने एमाले पार्टीको महाधिवेशनमा देखिने रमझम र नेता कार्यकर्ताहरूको रवाफ देखेर अचम्मै परे होला । सुखी नेपाली समृद्धि नेपालको नारा नेता र तिनका आसेपासेको निम्ति भएको छर्लङ्ग देखियो ।
Leave a Reply