भर्खरै :

मजदुर सङ्घमा प्रवचन

भक्तपुर, १५ मंसिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राजनीति आफै सांस्कृतिकरूपले उँचो हुने क्षेत्र चर्चा गर्दै राजनीतिले नयाँ पुस्तालाई सांस्कृतिकरूपले उँचो पार्नेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशलाई आत्मनिर्भर बनाउन कर्मचारी, सेना, प्रशासन, न्यायालयसमेत इमानदार हुनु जरूरी छ ।”
“संसार भनेको अनेक किसिमको फूलबारीजस्तै हो । अमेरिकाले व्याख्या गरेकै प्रजातन्त्र र मानव अधिकार सबै देशमा लागू हुँदैन । अमेरिकाले आफ्नै देशका आदिवासी, काला वर्णका अफ्रिकी अमेरिकी, एसियाली अमेरिकीहरूमाथि थिचोमिचो, अन्याय र अवसरबाट वञ्चित गरेको छ”, सचिव सुवालले भन्नुभयो ।
अमेरिकी साम्राज्यवाद पराजीत नभएसम्म विश्वमा शान्ति स्थापना नहुने धारणा राख्दै उहाँले भारतमा फासीवादी पार्टीहरू समाप्त नभएसम्म नेपालको विकास हुने अवस्था छैन भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *