भर्खरै :

जो चोर उसैको ठुलो स्वर

आदिवासी अमेरिकीको रूपमा रेड इन्डियनहरूले उत्तर अमेरिकी महाद्वीपमा आएका सुरुका उपनिवेशवादीहरूलाई मद्दत गरे । तर, तिनीहरूले नरसंहार र भेदभावको निसाफ पाएनन् । अमेरिकी आदिवासी जनतामा जातीय त्रासदी अझै व्याप्त छ । अमेरिकी सरकारले उनीहरुलाई दीर्घकालीनरूपमा शारीरिक हिंसा, जबरजस्ती श्रम, आध्यात्मिक दासत्व र सांस्कृतिक अतिक्रमण गर्ने नीतिहरू लागू गर्दै आएको छ । ‘न्यूयोर्क टाइम्स’ का अनुसार अमेरिकाको उक्त कार्य अमेरिकाको इतिहासमै सबैभन्दा खराब विषय हो ।
हाल अमेरिकामा जातिवाद निरन्तर चर्किँदै छ । अमेरिकाको फोर्ड फाउन्डेसनका अनुसार श्वेतजातिको वर्चस्व अमेरिकाको लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो । हार्वर्ड विश्वविद्यालयको केनेडी इन्स्टिच्युटको राजनीति अनुसन्धान व्युरोले हालै सार्वजनिक गरेको मत सर्वेक्षणका अनुसार ५२ प्रतिशत अमेरिकी युवाले अमेरिकी लोकतन्त्र कठिनाइमा परेको वा विफल भएको ठहर गरेका छन् ।
स्वदेशी नागरिकले अमेरिकी लोकतन्त्रप्रति निराशावादी धारणा लिएको अवस्थामा अमेरिकी सरकारले कस्तो साहसले लोकतन्त्र शिखर सम्मेलनको आयोजना गर्दै छ । लोकतन्त्र पूर्ण मानव जातिको साझा मूल्य हो । लोकतन्त्रलाई साकार तुल्याउनका लागि धेरै बाटा छन् । यो कुनै एक देशले निर्धारण गर्ने विषय होइन । अमेरिका लोकतन्त्रको न्यायाधीश बन्न सक्दैन । उक्त लोकतन्त्र शिखर सम्मेलन सुरुदेखि नै असफल हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *