भर्खरै :

जघन्य अपराध गर्नेहरूको लागि मृत्युदण्डको व्यवस्था हुनुपर्ने

भक्तपुर, १९ मंसिर । लैंङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको क्रममा भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थाको कारण देशमा महिला हिंसा, यौन दुव्र्यवहार, बलात्कार र बलात्कारपछि हत्यालगायतका अमानवीय गतिविधि बढ्दै गइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “संविधानमा आरक्षणको व्यवस्थापछि विद्या भण्डारी, आरजु देउवा, सुजाता कोइराला, प्रतिभा राणाजस्ता व्यक्तिहरू राष्ट्रपति, मन्त्री भए तर महिलाको उत्थानको निम्ति कुनै कानुन बनेन । त्यसैले महिला प्रतिनिधित्व प्रतिशतमा भन्दा पनि वर्गीय प्रतिनिधित्वमा ध्यान दिनुपर्छ ।”
जघन्य अपराध गर्नेहरूलाई मृत्युदण्डको व्यवस्था पुँजीवादी देशहरूमा पनि रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले जघन्य अपराधीहरूलाई मृत्युदण्डको कानुन बनाउनु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भनपा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी नगरवासीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा पाउने व्यवस्था गरिरहेको बताउनुभयो ।
भनपाले प्रमाणपत्र तह र सोभन्दा माथि अध्ययन गर्न चाहने गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि छात्रवृत्ति र ५ लाख रूपैयाँसम्मको शैक्षिक ऋणको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
उपप्रमुख जोशीले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको लागि नपाले स्थानीय पाठ्यक्रम तयार गरी भक्तपुरको मौलिक विषयवस्तु, कला, संस्कृतिलगायत मूर्त र अमूर्त सम्पदाहरूको बारेमा शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले भक्तपुर जिल्लामा महिला हिंसाको अवस्थाबारे सङ्क्षिप्त जानकारी दिँदै लैङ्गिक हिंसा न्यूनीकरणको लागि शासन व्यवस्थालाई नै लैङ्गिक मैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले जिल्लाको सम्पदा संरक्षणलगायत विकास निर्माण र न्यायिक समितिमार्पmत कार्य गरिरहेको धारणा राख्दै लैङ्गिक हिंसा अभियानलाई १६ दिनमा सीमित नगरी वर्षैभरि हिंसाविरूद्ध सुसूचित रहनुपर्नेमा जोड दिनुभयो ।
प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुर जिल्लामा भइरहेको अपराधको तथ्याङ्कलाई प्रस्तुतीकरणमार्पmत देखाउँदै लैङ्गिक हिंसामुक्त समाज निर्माणको लागि निरन्तर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अधिवक्ता गम्भीरमान ज्याख्वले लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी सङ्क्षिप्त प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको कार्यक्रममा भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोरा र कार्यपालिका सदस्य रोशनमैंया सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *