मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
जेनेभा, ६ नोभेम्बर । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिकले ओमिक्रोन भेरियन्ट फैलिएबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गरेकी छन् । उनले कोरोना भाइरसविरुद्ध लगाइएको खोपले नयाँ भेरियन्ट नरोक्ने निस्कर्ष पुगिहाल्नु हतार हुने बताएकी छन् । प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै ओमिक्रोन भेरियन्ट नै अब प्रमुख प्रभावशाली भेरियन्ट बन्ने पूर्वानुमान गर्नु असम्भव हुने बताइन् ।
ओमिक्रोन भेरियन्ट हालसम्म एसिया, अफ्रिका, अमेरिका, मध्यपूर्व र युरोपका ३८ देशमा फैलिसकेको छ । दक्षिण अफ्रिकाका नौ प्रान्तमध्ये सात प्रान्तमा यो भेरियन्ट फैलिएको छ । ओमिक्रोन पहिलोपटक दक्षिण अफ्रिकामा फेला परेको थियो । भेरियन्टको सङ्क्रमण रोक्न धेरै सरकारहरूले यात्राका नियममा कडाइ गरेको छ ।
स्वामिनाथनले ओमिक्रोन ‘ज्यादै सङ्क्रामक’ भएको र दक्षिण अफ्रिकामा सङ्क्रमण दैनिक दोब्बर गुणाले बढिरहेको बताइन् ।
“हामीले कति चिन्ता लिने ? हामी तयार र सावधान हुनुपर्छ, तर आत्तिएर हुन्न । किनभने एक वर्षअघिभन्दा अहिले हामी फरक परिस्थितिमा छौँ”, उनले भनिन् ।
“हामीले पर्खनु नै पर्छ । आशा गरौँ, यो कम घातक भेरियन्ट होस् । तर, यसलाई अझै भेरियन्ट भन्न नै पनि हतार हुनसक्छ”, उनले भनिन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ओमिक्रोनको कारण हालसम्म मानिस मरेको कुनै सूचना प्राप्त भएको छैन ।
Leave a Reply