जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
नयाँ दिल्ली, ७ डिसेम्बर । भारतमा भ्रमणमा आएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटे । भेटको क्रममा भारतले रुसबाट एस–४०० मिसाइल प्रतिरक्षा प्रणालीलगायत अस्त्रहरू किन्ने सङ्केत देखाएको छ । त्यसको निम्ति भारतमाथि संरा अमेरिकाले चाल्न सक्ने पनि अप्रिय कदमको मोदी सरकारले सामना गर्न तयार हुनुपर्नेछ । रुससँगको यो तहको निकटताले संरा अमेरिका पक्षधर नीतिप्रति भारतमा बढ्दो अन्योल र अनिश्चितता प्रकट भएको विश्लेषकहरूले बताएका छन् । पुटिनको भारत भ्रमणलाई भारत र संरा अमेरिकाबीच बढ्दो दूरीको सङ्केतको रूपमा हेर्नुपर्ने उनीहरूको भनाइ छ । संरा अमेरिकाले भारतलाई लगातार असंलग्नताको पुरानो नीति त्याग्न दबाब दिंदै आएको छ । हिन्द प्रशान्त क्षेत्रमा आफ्नो नीतिलाई भारतले समर्थन गरोस् भन्ने संरा अमेरिकी चाहना प्रस्ट छ ।
केही भारतीय सञ्चारमाध्यमले रुससँग किनेको रुसी हतियारले चीनसँग सीमा क्षेत्रमा लड्न काम लाग्ने भनी अतिरञ्जनापूर्ण प्रचारबाजी गरेका छन् । चीन र रुसबीचको सम्बन्धमा कैंची चलाउने अभिप्राय त्यस्ता समाचारको मनसाय प्रस्ट छ । तर, चिनियाँ पर्यवेक्षकहरूले यसमा विमति राख्दै रुसी हतियारले भारतलाई चीनमा केही लाभ नहुने र रुस–चीनबीचको सम्बन्धलाई यसले प्रभावित बनाउन नसक्ने बताएका छन् ।
सोमबार अपराह्न पुटिन भारतको राजधानी नयाँ दिल्ली पुगेका थिए । सन् २०१९ को नोभेम्बरयता दुई नेताबीच प्रत्यक्ष भेट भएको छैन । भ्रमणको क्रममा पुटिनले मोदीलाई एस–४०० हवाई प्रतिरक्षा प्रणालीको नमूना हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
रुस र भारतबीच सन् २०१८ मा एस–४०० हतियार खरिद सम्झौता भएको थियो । रुसले हालै भारतलाई त्यो हतियार दिन सुरु गरेको हो ।
पुटिनको भारत भ्रमणमै सिलसिलामा दुई देशबीच रुसी एके २०३ राइफल खरिदसम्बन्धी महत्वपूर्ण सम्झौता हुने पनि बताइएको छ । दुई नेताबीच दुई देशको रक्षा, व्यापार, अन्तरीक्ष प्रविधि, ऊर्जा र संस्कृतिबारे सम्झौता हुने ‘द हिन्दुस्तान टाइम्स’ ले लेखेको छ ।
सोमबारको बैठकअघि भारत र रुसबीच नयाँ दिल्लीमै पहिलो दुई प्लस दुई ढाँचाको वार्ता भएको थियो । दुई प्लस दुई बैठकमा दुवै देशका रक्षा र परराष्ट्र मन्त्रीहरू सहभागी बनेका थिए । हाल भारत क्वाडका सदस्य देशहरूसँग मात्र यो ढाँचाको बैठक बस्ने गरेको छ ।
सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरेर दुई देशबीच साना हतियार र सैनिक सहकार्यबारे विभिन्न सहमति, ठेक्का र सम्झौता भएको बताएका छन् । उनले रुसको बलियो समर्थनको निम्ति भारत आभारी भएको लेखेका छन् । “हाम्रो सहकार्यले सम्पूर्ण क्षेत्रमा शान्ति, समृद्धि र स्थायित्व ल्याउनेमा हामी आशावादी छौँ”, उनले लेखेका छन् ।
संरा अमेरिकाले आफ्ना साझेदार देशहरूलाई रुसी सैनिक खरिद नगर्न र खरिद गरेर संरा अमेरिकाले अमेरिकाका विरोधीहरूलाई नाकाबन्दीमार्फत प्रतिरोध ऐनअन्तर्गत नाकाबन्दी लगाउने चेतावनी दिएको थियो । अमेरिकाको यस्तो चेतावनीबीच भारतले रुससँग सोमबारको सम्झौता गरेको हो । संरा अमेरिकाले सोही ऐनको आधारमा टर्कीमाथि नाकाबन्दी थोपरेको थियो ।
पुटिनको भारत भ्रमणबाट संरा अमेरिका सबभन्दा चिन्तित देखिएको चर्चा छ । रुससँग भारतको सम्झौतापछि संरा अमेरिका भारतमाथि नाकाबन्दी लगाउने वा नलगाउने विषयमा अन्योलग्रस्त बनेको छ । नाकाबन्दी लगाउँदा भारतलाई प्रयोग गरेर चीनलाई घेर्ने अमेरिकी नीति प्रभावित हुनेछ भने नगर्दा भारत क्रमशः अरुको पोल्टामा पर्ने वाशिङ्टनको चिन्ता छ ।
भारत र संरा अमेरिका सम्बन्धको प्रकृतिलाई चीनका विश्लेषकहरूले एक अर्काको ढाडमा कन्याउनुसँग तुलना गर्दै उनीहरूबीचको दूरी अपुरणीय भएको बताएका छन् ।
संरा अमेरिकाले भारतलाई जुनै कर्म गरेर पनि आफ्नो तखतमा राख्न चाहेको छ । तर, भारत भने संरा अमेरिकाको रथ झुण्डिएर आफूलाई संरा अमेरिकाप्रति समर्पित बनाउने पक्षमा छैन । विशेषतः सैनिक र सुरक्षाको क्षेत्रमा भारत संरा अमेरिकाबाट पर बस्न चाहेको छ ।
‘द हिन्दुस्तान टाइम्स’ को समाचारअनुसार संरा अमेरिकाले नाकाबन्दी थोपर्ने चेतावनी दिएको अवस्थामा भारतका अधिकारीहरूले सुरक्षा खरिद र राष्ट्रिय सुरक्षा स्वार्थको सन्दर्भमा भारतको रणनीतिक स्वायत्तताको नीतिलाई भारतले अघि सार्नुपर्छ ।
संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिको कारण भारत र रुसबीचको सम्बन्ध छायामा परेको पृष्ठभूमिमा भारतले रुससँगको सहकार्य बिस्तार गरेको छ । भारत अहिले ठूला शक्तिहरूबीच सम्बन्धको सन्तुलन बनाउने प्रयास गरिरहेको छ ।
Leave a Reply