तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २३ मंसिर । साम्राज्यवादविरोधी सङ्घर्षका योद्धा तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका प्रिय नेता किम जङ्ग इलको १० औँ स्मृति दिवसमा कोरिया पुनः एकीकरण सहयोग समितिको आयोजनामा बिहीबार स्मृति सभा भयो ।
स्मृति सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् कोरिया पुनः एकीकरण सहयोग समितिका अध्यक्ष प्रेम सुवालले प्रजग कोरियाली जनताको सङ्घर्ष र कोरियाली क्रान्ति संसारको साम्राज्यवादविरोधी सङ्घर्षको निम्ति उदाहरण र प्रेरणा भएको बताउनुभयो ।
प्रजग कोरियाका सर्वोच्च नेता किम जङ्ग उनले संरा अमेरिकी साम्राज्यवादसँग वार्तामा बस्नु समयको बर्बादी बताउनुभएको उल्लेख गर्दै सांसद सुवालले संरा अमेरिकासँग वार्ता र युद्ध दुवैको लागि प्रजग कोरिया तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरिया युद्ध, भियतनाम युद्ध र अफगानिस्तान युद्धमा हारेको अमेरिकी साम्राज्यवाद कोभिड–१९ सँगको युद्धमा पनि पराजित भयो । तुलनात्मक अध्ययनमा संरा अमेरिकामै कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या धेरै भयो ।”
बुद्धिमत्तापूर्ण र योग्य नेतृत्व भएको हुँदा प्रजग कोरियाले अमेरिकी साम्राज्यवादको नाकाबन्दीलाई कमजोर पारी शिक्षा, स्वास्थ्य, विकास र भूउपग्रहको प्रक्षेपणसमेतमा सफलता प्राप्त गरेको सचिव सुवालले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “प्रजातन्त्र भनेको देश र जनताको साझा विकास गर्नु हो । संरा अमेरिकामा जातीय भेद छ । संसार अमेरिकाले मंसिर २३ र २४ गते ११० देशको नाममा अनलाइनमार्फत आयोजना गरेको ‘प्रजातन्त्रको शिखर सम्मेलन’ कालोलाई सेतो बनाउने धुवाँको पर्दामात्र हो ।”
“संरा अमेरिकाले प्रजग कोरियासँग शत्रुतापूर्ण नीति त्याग्नुपर्छ । दक्षिण कोरियाबाट अमेरिकी सेना र हतियार फिर्ता गर्नुपर्दछ । प्रजग कोरियासँग स्थायी शान्ति स्थापना गर्नुपर्दछ । प्रजग कोरियासँग स्थायी शान्ति स्थापना गर्नुपर्दछ । बिनाबाहिरी हस्तक्षेप दुई कोरियाको पुनःएकीकरण गर्न मार्ग प्रशस्त गर्नुपर्दछ”, सचिव सुवालले जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “कोरियाली जनताका नेता एवं साम्राज्यववादविरोधी सङ्घर्षका योद्धाहरू किम इल सङ र किम जङ इलप्रति हाम्रो सम्मान महामहिम राजदूतमार्फत प्योङ्गयाङ्गसम्म पुग्ने विश्वास गर्दछु ।”
स्मृति सभाका विशेष अतिथि नेपालका लागि प्रजग कोरियाका राजदूत जो योङ मानले कोरियाली जनताका प्रिय नेता किम जङ इलले सेनाप्रधान सोन्गुन नीतिमार्फत देशको स्वाधीन राष्ट्रिय प्रतिरक्षा बलियो बनाएको र प्रतिकुलता र चुनौती चिर्दै कोरियाली समाजवादको रक्षा गर्नुभएको बताउनुभयो ।
“किम जङ इलले कोरियाली शैलीको राजनीतिक र वैचारिक विकास गर्नुलाई जुछे समाजवादी विचारधाराको प्रमुख उपलब्धिको रूपमा लिएर सो कार्यभार पूरा गर्न बुद्धिमत्तापूर्ण नेतृत्व गर्नुभयो”, राजदूतले भन्नुभयो ।
जापानविरोधी क्रान्तिकारी सङ्घर्षको गौरवपूर्ण इतिहास बोकेको कोरियाली मजदुर पार्टीले समाजवाद स्थापना गर्ने, जनताको सत्ता स्थापना गर्ने र स्वाधीनताको बाटो स्थापना गर्न सफल भएको चर्चा गर्दै उहाँले कोरियाली मजदुर पार्टीले कोरियाको आत्मसम्मान, प्रतिष्ठा र साहसिक प्रकृतिको रक्षा गरेको बताउनुभयो ।
राजदूत जोले संरा अमेरिकी साम्राज्यवादले प्रजग कोरियामाथि थोपरेको नाकाबन्दीले कोरियाली जनतालाई झुकाउन नसक्ने प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभाका सांसद सृजना सैँजूले कामदार वर्गको स्वतन्त्रता, हित तथा त्याग, समानता, सामाजिक प्रगति, प्रजातन्त्र र समाजवादी समाजको उद्देश्यका निम्ति कोरियाली मजदुर पार्टीको गतिविधिलाई नेमकिपाले उच्च मूल्याङ्कन गरी प्रकाशनहरूमार्फत नयाँ पुस्तालाई जानकार बनाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजभन्दा ३० वर्षअघि आज पनि साम्राज्यवादी र प्रतिक्रियावादीहरूको क्रान्तिविरोधी हमला जारी छ । समाजवादको रक्षा गर्दै प्रजग कोरिया र कोरियाली मजदुर पार्टी विश्व कम्युनिस्ट आन्दोलनलाई ऊर्जा प्रदान गर्दै छ ।”
नेमकिपा र कोरियाली मजदुर पार्टीले शान्ति, प्रजातन्त्र र समाजवादको पक्षमा, प्रभुत्व, थिचोमिचो, आक्रमण र युद्धका चालहरूको विरूद्धमा मित्रताको सम्बन्धलाई अगाडि बढाउँदै आएको चर्चा गर्दै केन्द्रीय सदस्य सैंजूले आजको कार्यक्रमले त्यही मित्रतालाई उजागर गर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “जुछे विचारधारको एक नयाँ आधिकारिक व्याख्याता, पार्टी सङ्गठन र कोरियाली समाजवादका नयाँ सिद्धान्तकार किम जङ इललाई कोरियाली जनता सङ्घर्षको पेक्टु पर्वतले जन्माएका प्रिय नेता हुनुहुन्छ ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले किम जोङ इलको व्यक्तित्वबारे चर्चा गर्दै क्रान्तिकारी नेतृत्वको सफल हस्तान्तरण र समाजवादी रक्षाको निम्ति नयाँ पुस्ताको जिम्मेवारीको सन्दर्भमा किम जङ इलबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो ।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सविन ख्याजूले कोरियाली क्रान्तिबारे र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कोरियाको इतिहासबारे प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्याका सचिव नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply