अव्यवहारिक र अपरिपक्व निर्णय : देशमा अन्योल
- बैशाख ६, २०८३
सन् २०२२ को फेब्रुअरी महिनामा चीनको राजधानीमा हुने पेइचिङ शीतकालीन ओलम्पिक खेलकुदको ‘कूटनीतिक बहिष्कार’ गर्ने संरा अमेरिकी सरकारको निर्णयलाई उसका केही पश्चिमी पिछलग्गू देशहरूले पनि पछ्याएका छन् । वाशिङ्टन सरकारको निर्णयमा अस्टे«लिया, क्यानाडा र बेलायतले साथ दिने भएका छन् । ती देशले पनि पेइचिङ ओलम्पिकमा खेलाडीहरूबाहेक कोही पनि औपचारिक सरकारी प्रतिनिधि नपठाउने भएका छन् । केही पश्चिम देशहरूले चालेको यो कदमले शीतयुद्धको झझल्को दिएको छ । संसार र समय शीतयुद्धभन्दा धेरै अघि बढिसकेको यथार्थको कति पनि हेक्का नराखी पश्चिमा देशहरू फेरि पनि इतिहासको पाङ्ग्रालाई उल्टो गतिमा गुडाउन खोजिरहेका छन् । एकपछि अर्को प्राकृतिक विपद् सामना गरिरहेको आजको विश्वमा सबै देशहरू आपसमा सहकार्य गरेर चुनौतीको सामना गर्नुपर्ने अवस्थामा पश्चिमा देशहरू आफ्ना केही साँघुरा स्वार्थको निम्ति संसारका विभाजनको खाडल खन्न उद्यत छन् ।
पेइचिङ ओलम्पिक चीनले आफ्नो कुनै राजनीतिक स्वार्थ पूरा गर्न आयोजना गरेको होइन । अन्तर्राष्ट्रिय ओलम्पिक समितिको स्थापित मान्यता र प्रक्रियाअनुसार सन् २०१५ मै सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद पेइचिङमा गर्ने निधो भएको थियो । तर, केही पश्चिमा देशहरूले झूटा र मिथ्या आरोप लगाएर बहिष्कारको राजनीति गर्दा ओलम्पिक सङ्कीर्ण राजनीतिको शिकार बनेको छ ।
पश्चिमा देशहरूले सिन्च्याङ क्षेत्रमा मानवअधिकार उल्लङ्घन भइरहेको भन्ने बहाना तेस्र्याएर ओलम्पिक बहिष्कार गर्न खोजिरहेका छन् । तर, धेरै अध्ययन र प्रमाणले त्यो आरोप झुटा भएको कुरा लगातार पुष्टि गरिसकेको छ । तथापि, ‘के निहुँ पाउँ, कनिका बुकाउँ’ गरिरहेका पश्चिमा देशहरूले गोएबल्सको प्रचारशैलीमा चीनबारे आफै झूट उत्पादन गरिरहेका छन् । अनि त्यही झूटलाई औँल्याएर चीनमाथि बहिष्कारको राजनीति गरिरहेको छ । अमेरिकी सरकारले आयोजना गरेको प्रजातन्त्र सम्मेलनमा चीनलाई बेवास्ता गरी चीनकै अभिन्न अङ्ग ताइवानलाई बोलाएर पश्चिमा देशहरू एसियामा उदाइरहेको आफ्नो प्रतिस्पर्धीको छवि धमिल्याउन खोजिरहेको छ ।
बाइडेन सरकारको पछिल्लो गतिविधिले चीन र रूसजस्ता देशलाई एक कित्तामा धकेलेर तिनको प्रतिरोध गर्न आफ्नो नेतृत्वमा पश्चिमा कित्ता स्थापना गर्न खोजिरहेको प्रस्ट छ । चीन र रूसले द्वन्द्व निम्त्याउन नचाहेर पनि पश्चिमका केही देशहरू ‘डन क्वेसोट शैली’मा वायुपङ्खलाई शत्रु देख्ने गल्ती गरिरहेका छन् । ओलम्पिक बहिष्कार जेलाई पनि शत्रु देख्ने यही मनोरोगको परिणाम हो । पश्चिमा केही देशहरूको यो कदमले चीनलाई कुनै घाटा हुनेछैन । बरू त्यसले निम्त्याउने परिणामले उनीहरूलाई नै घाटा हुने निश्चित छ । साम्राज्यवादी शक्तिहरू यतिबेला बल्ल असली मान्छेको फेला परेको छ । चीनलाई पनि सोभियत सङ्घलाई जस्तै ढाल्ने सोच बनाएका पश्चिमा देशहरू यतिबेला इतिहास दोहोरिने अपेक्षा पालेर बसेका छन् । वास्तविकता के हो भने इतिहासबाट संसारले धेरै कुरा सिकिसकेको छ । समयले सोभियत सङ्घ विघटनको घटनालाई धेरै कोणबाट समीक्षा गरिसकेको छ । चीनले आज सोभियत सङ्घले गरेका गल्ती दोहो¥याउने छैन । महत्वपूर्ण कुरा त आजको विश्वको भूराजनीति हिजोभन्दा धेरै फरक भइसकेको छ । संरा अमेरिकाले बुढेसकालको लाठी टेकेर फेरि पनि अरबी घोडा चढ्ने सपना अहिले नदेख्दा ठीक हुन्थ्यो ।
ओलम्पिक खेलकुदको बहिष्कार अन्ततः ती पश्चिमा देशहरूकै लागि समयान्तरमा घाँटीमा अड्केको तातो पिँडालुजस्तै हुनेछ, न निल्नु न ओकल्नु ।
Leave a Reply