भर्खरै :

प्रजग कोरियाको कडा प्रतिक्रियासँगै दक्षिणद्वारा वार्ताको प्रस्ताव

प्रजग कोरियालाई खत्तम गर्ने आफ्ना सबै प्रयास निष्प्रभावी भए पछि अन्ततः दक्षिण कोरियाले सोमबार प्रजग कोरियासमक्ष सैनिक र रेडक्रस वार्ताको प्रस्ताव गरेको छ । अन्तरकोरियाबीच सैनिक तनाव हल गर्न र दुई देशका जनताबीच मानवीय सहयोगको सम्बन्ध पुनस्र्थापित गर्न दक्षिण कोरियाले उक्त प्रस्ताव अघि सारेको बताइएको छ ।
दक्षिणका सहायक रक्षामन्त्री सु छु–सुकले एक वक्तव्य जारी गरी आगामी शुक्रबार प्रजग कोरियाको सीमावर्ती पानमुनजोम गाउँको तोङगिलगाक भवनमा दुई कोरियाबीच सैनिक वार्ताको प्रस्ताव गरेको हो ।
दुई देशबीचको सीमावर्ती क्षेत्रमा सैनिक तनाव अझ बढ्ने सम्भावनालाई ध्यानमा राखी त्यस्तो वार्ताको प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।
दक्षिणको सरकारले यो प्रस्तावप्रति प्रजग कोरियाबाट सकारात्मक जवाफ आउने आशा गरेको वक्तव्यमा उल्लेख छ ।
दक्षिणका राष्ट्रपति मुन जाए–इनले गएको जुलाई ६ मा जर्मनीको राजधानी बर्लिनबाट उत्तरसँग वार्ताको प्रयास शुरु गर्ने घोषणासँगै यस्तो वक्तव्य सार्वजनिक भएको हो ।
मुनले बर्लिनमा उत्तर कोरियासँग रेडक्रस वार्ताको प्रयास गरिने आफ्नो मन्तव्यमा बोलेका थिए ।
कोरिया युद्ध विराम भएको ६४ औं वर्षगाँठको अवसर पारेर यस्तो वार्ताको प्रयास गरिन लागेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् । दुई कोरियाली गएको सालको फेब्रुअरी यता कुनै किसिमका संवाद भएको छैन । यदि दक्षिण् कोरियाको यो प्रस्ताव उत्तरले मानेको अवस्थामा मुन सरकारले आफ्नो कार्यकालमा हासिल गरेको सबभन्दा महत्वपूर्ण उपलब्धि यही हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *