भर्खरै :

सवारी दुर्घटना अझै घटेको छैन

सवारी दुर्घटना अहिले पनि घटेको छैन । बेलाबखत सडक दुर्घटना भइरहेको खबर हामी प्रत्येक दिनझैँ पढिरहेका छौँ । सडक दुर्घटना कम गर्नेबारे धेरै पटक प्रशिक्षण, तालिम, गोष्ठी भयो । हरेक ती कार्यक्रममा सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने बखान हुन्छ । तर पनि सडक दुर्घटना भइरहेका छन् । सवारी चालकको एक सानो गल्तीले परिवारकै दुर्दशा निम्तिने हुँदा कति विज्ञहरू चालकहरू डाक्टर न्यायाधीशभन्दा बढी जिम्मेवार हुनुपर्ने तर्क राख्छन् । यही भएर चालकलाई अनुशासित बनाउन, जिम्मेवार बनाउन प्रशिक्षणात्मक कार्यक्रम गरिन्छ ।
दुर्घटना हुनुको कारण चालकमात्र होइन । तर बढी दोषी उनीहरूकै देखिएका छन् । सडक दुर्घटना सडकको खराब अवस्था, यात्रुले जथाभावी बाटो काट्दा या बाटो काट्दा ध्यान नदिनाले पनि भएको देखिन्छ । सवारी चालक या सहचालकहरू सवारी साधनको क्षमताभन्दा बढी यात्रु राख्छन् । कति यात्रुहरू बाटो काट्दा जेब्रा क्रसिङ प्रयोग गर्दैनन् या आकासे पुल प्रयोग गर्दैनन् । बायाँबाट ओभर टेक नगरे, तीव्रगतिमा गाडी नचलाए, मादक पदार्थ तथा लागू पदार्थ सेवन नगरे, गाडी चलाउँदा चलाउँदै यात्रुसँग गफ नगरे, चुरोट सेवन नगरे सवारी दुर्घटना स्वाभाविकरूपमा कम हुन्छ । चालक, सहचालक र यात्रुहरूले पनि ट्राफिक नियमको ख्याल गर्नुपर्छ । आफूले चलाइरहेको गाडीको कन्डिसन ठीक छ कि छैन भनी हेर्नुपर्छ । यी विषयमा सबै पक्षबाट ध्यान पु¥याउन सके सवारी दुर्घटना कम हुन्छ । यसतर्फ सबै सचेत हुनैपर्छ ।
हो, गाडी होसियारीपूर्वक चलाउनुपर्छ । गाडी दुर्घटनाका कारण मान्छे मरिसकेपछि त्यसको करेक्सन हुँदैन । अतः हरेक चालक तालिम प्राप्त हुनुपर्छ । हरेक चालक जिम्मेवार, अनुशासित हुनैपर्छ । हो, गाडी दुर्घटना कसैले चाहेर हुने होइन । तर पनि प्रशिक्षण या चेतनामूलक काम बरोबर भइरहनुपर्छ । अरूको अधिकारको ख्याल गरेर आफ्नो अधिकार प्रयोग गर्नुपर्छ । अनिमात्र सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *