कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, २६ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मङ्सिर २२) को अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, काठमाडौँ उपत्यका परिचालन समितिको आयोजनामा काभ्रे जिल्लाका विभिन्न क्याम्पसहरूमा पुस्तक प्रदर्शनी सम्पन्न भएको छ ।
शुक्रबार बनेपामा अवस्थित चैतन्य बहुमुखी क्याम्पस र आइतबार पाँचखाल नगरपालिकामा अवस्थित सर्वमंगला बहुमुखी क्याम्पस र सर्वमंगला माविमा पुस्तक प्रदर्शनी कार्यक्रम भयो ।
उक्त पुस्तक प्रदर्शनीमा नेपाल मजदुर किसान पार्टी तथा विभिन्न जनवर्गीय सङ्गठनद्वारा विभिन्न समयमा प्रकाशित पुस्तकहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो । प्रदर्शनीमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घद्वारा प्रकाशित एम.सी.सी. सम्झौताविरुद्धको पर्चा वितरण पनि गरिएको थियो ।
Leave a Reply