नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नयाँ दिल्ली, १२ डिसेम्बर । भारतका सेनापति जर्नेल विपिन रावतको मृत्युको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्ने कम्तीमा आठ जना सर्वसाधारणलाई सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन् । दुई जनालाई निगरानीमा राखिएको छ भने एक जना सरकारी कर्मचारीलाई कामबाट अपदस्थ गरिएको द इन्डियन एक्सप्रेसले लेखेको छ ।
सामाजिक सञ्जालमा लेखिएका टिप्पणीको विषयमा मध्यप्रदेश, जम्मु कास्मिर, तालिम नाडु, गुजरात, कर्णाटक राजस्तानमा प्रहरीले कारबाही चलाएको हो ।
तामिल नाडुमा भएको हेलिकप्टर दुर्घटनामा सेनापति रावत, उनकी श्रीमती मधुलिका रावतसहित एघार जनाको बुधबार मृत्यु भएको थियो ।
राजस्थानमा भएको हेलिकप्टर दुर्घटनाबारे अपमानजनक टिप्पणी सामाजिक सञ्जालमा लेखेको अभियोगमा २८ र २५ वर्षका दुई जना युवकहरू घटना भएकै दिन पक्राउमा परेका थिए । प्रहरीले जारी गरेको वक्तव्यमा उनीहरूका अभिव्यक्तिले ‘जनमानसको भावनामा चोट पुगेको’ उल्लेख छ । राजस्थानकै एक जना २१ वर्षका युवकले पनि इन्स्टाग्राममा अनुपयुक्त टिप्पणी लेखेको भन्दै उनलाई पक्राउ गरिएको छ ।
उनको अभिव्यक्तिले समुदायहरूबीच वैरभावलाई प्रोत्साहन गर्नसक्ने भएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कर्णाटकमा रावतको मृत्युको विषयमा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा दुई जना व्यक्तिलाई निगरानीमा राखिएको बताएको छ । उनीहरूले पनि रावतको मृत्युबारे खुसियाली मनाएको आशयको अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
त्यस्तै गुजरातमा पनि दुई जना व्यक्तिलाई त्यस्तै सन्दर्भमा पक्राउ गरिएको छ । पक्राउ परेका मध्ये एक जना प्रहरी नायब उपरीक्षकको छोरो भएको र उनलाई तारिखमा रिहा गरिएको बताइएको छ ।
जम्मु कास्मिरबाट एक जना युट्युबरले हेलिकप्टर दुर्घटनाबारे गरेको ट्वीटको विषयलाई लिएर पक्राउ गरिएको छ ।
Leave a Reply