भर्खरै :

निर्वाचनमा जनता सचेत हुनुपर्छ

नेतागणका हरेक क्रियाकलाप समाचार बन्छन् । कहिले हावादारी गफ, कहिले असम्भव आश्वासन, कहिले गालीगलौज, कहिले आरोप– प्रत्यारोप । उनीहरूले बेलाबखतमा गरेका यस्तै चाहिने/नचाहिने कुराहरू पनि चर्चा हुने गरेका छन् । यसै क्रममा सत्ता राजनीतिमा अभ्यस्त र निर्लिप्त भइरहेका राजनीतिक दलका बीचमा राजावादी भनेर चिनिने राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेका महाधिवेशनमा दिएको अभिव्यक्ति यतिखेर चर्चाको विषय बनेको छ । अनेक भ्रष्टाचार, काण्ड, दण्डहीनता, अपचलन, बार्गेनिङका कारण सत्तासीन नेतागणप्रति जनताको दृष्टिकोण नकारात्मक बनिरहेको अवस्थामा उनको भनाइ कुनै अनौठो होइन । तर, आफू नै यो देशका भाग्यविधाता भएको र आफू नभई देश, पार्टी, राजनीति केही पनि चल्दैन भन्ठान्ने अभिमानीको लागि ‘चोर’ को उपमा पाच्य बन्न सकेन । त्यसैले, तुरुन्तै ‘चोरको खुट्टो झिक्ने’ काम पनि भयो । कुरा गराइ र कुरा सुनाइले मात्र तुरुन्तै राजनीतिक परिवर्तन सम्भव छैन ।
नेपाली राजनीतिक रङ्गमञ्चमा हिजो पनि उनै थिए । आज पनि उनै छन् । महाधिवेशनबाट पनि उनै आउँदै छन् । भोलि चुनावमा जितेर पनि उनै आउँछन् । हनुमान कार्यकर्ता र लोभी तथा अबुझ मतदाताका कारण सचेत जनता आजित भएका छन् । त्यसैले सत्ता र स्वार्थमा बाँचेका ठूला दलका ठूला नेतालाई पाखा लगाउन आउँदो चुनावमा देशभक्त दलहरू सचेत हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *