भर्खरै :

एड्गर स्नो र चीनमा विदेशी लेखकहरुको सम्झनामा

-बाओ शिस्यु
८० वर्ष भयो, संरा अमेरिकी पत्रकार एड्गर स्नोले लेखेको पुस्तक चीनको आकाशमा रातो तारा(रेड स्टार ओभर चाइना) प्रकाशित भएको । त्यही समयमै दिवंगत चिनियाँ नेता माओ त्से तुङले रातो अष्टकोण तारा अंकित क्याप लगाएको तस्वीर पहिलो पटक सार्वजनिक भयो । म एक जना ९० वर्ष पुग्दै गरेको ज्येष्ठ नागरिक । स्नोको त्यो पुस्तक लगभग मेरो सम्पूर्ण जीवनको साथ र हौसला बनिरह्यो ।

यी दुई महत्वपूर्ण ऐतिहासिक र साँस्कृतिक घटना धेरै मानिसलाई ज्ञान नहोला । त्यस कारण ती घटनाबारे जानकारी नभएकाहरुलाई स्मरण गराउनु मैले आफ्नो कर्तव्य ठानेको छु ।
सन् १९३७ जनवरी २५ को लाइफ पत्रिकामा पहिलो पटक स्नोले खिचेको माओको त्यो तस्वीर प्रकाशित भएको थियो । मैले त्यो तस्वीर पहिलो पटक सन् १९३९ मा देखेको थिएँ । त्यत्तिबेला म साङ्घाईको एउटा निम्न माध्यामिक विद्यालयमा पढ्दै थिएँ । त्यो तस्वीर प्रकाशित हुनुभन्दा अघिसम्म कोमिङतानको नियन्त्रणमा रहेका चीनका सञ्चारमाध्यमहरुले कम्युनिष्टहरुलाई डाँकु र गुण्डादलका रुपमा चित्रण गर्ने गरेका थिए । तर माओको त्यो तस्वीरले चिनियाँ कम्युनिष्ट पार्टीप्रति जनताको हेर्ने आँखामा परिवर्तन ल्यायो ।
सन् १९४५ देखि १९४६ सम्म म साङ्घाईको माध्यामिक विद्यालयमा पढ्ने गर्थें । त्यही बेला मैले चीनको आकाशमा रातो तारा पुस्तकको बारेमा पहिलो पटक सुनेको थिएँ । मेरो विद्यालय वरपरका पुस्तक पसलहरुमा मैले त्यो पुस्तकबारे सोधखोज गरेको थिएँ । तर कुनै पनि पसलमा त्यो पुस्तक भेटिएन ।
सन् १९४७ देखि १९४९ सम्म म तोङ्जी विश्वविद्यालयमा पढें । मसँग बस्ने साथीहरु चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरु थिए । उनीहरुसँग त्यो पुस्तकको एक प्रति भएको मैले थाहा पाएँ । तर कोमिङतानले त्यो पुस्तकमाथि प्रतिबन्ध लगाएको थियो । पक्राउ पर्ने डरले उनीहरुले त्यो पुस्तक मलाई दिने हिम्मत गरेनन् । तर मैले उनीहरुबाट त्यो पुस्तकको सारसंक्षेप भने सुन्ने अवसर पाएको थिएँ ।
जनगणतन्त्र चीनको स्थापना भएको दश वर्षका क्रममा म अरु नै धेरै काममा व्यस्त हुनुप¥यो । मैले त्यो पुस्तक पढ्न समय नै निकाल्न सकिनँ । सन् १९६० को दशकमा मलाई माओका सैनिक चिन्तनबारे अध्ययन गर्ने काम दिइयो । त्यस पछि भने चीनको आकाशमा रातो तारा पुस्तक मैले घरिघरि पढिरहनु पर्ने सन्दर्भ पुस्तक बन्यो । लाल सेनाले अनेकन कठिनाई सामना गरी विजय हासिल गरेको लामो हिंडाईले मलाई उत्साहित बनाएको थियो र अथाह मानसिक शक्ति प्रदान गरेको थियो ।

 स्नोले माओसँग लिएको एक अर्को अन्तर्वार्तामा चिनियाँ नेताको भनाईकै आधारमा सन् १९७० दशकको पूर्वाद्धमा संरा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीनको भ्रमण गरेका थिए । त्यो भ्रमण वास्तवमा चीन र संरा अमेरिकाबीचको सम्बन्ध सामान्यकरण गर्ने कोशेढुङ्गा सावित भयो । माओले सो अन्तर्वार्तामा संरा अमेरिकी राष्ट्रपतिको रुपमा वा एक जना पर्यटकको रुपमा रिचार्ड निक्सन चीन आए उनलाई चीनमा स्वागत गरिने बताएका थिए ।

चीनको आधुनिक र समकालीन इतिहासका विभिन्न चरणमा चिनियाँ जनताका न्यायसंगत मुद्दाहरुलाई सहयोग गर्न धेरै संख्यामा विदेशी मित्रहरु चीन आएका थिए । उनीहरुले विदेशी आक्रमणकारीविरुद्ध चिनियाँ जनताको संघर्ष न्यायपूर्ण र वस्तुगत भएको जानकारी संसारमा पु¥याएर चीनप्रति संसारभरिबाट सद्भाव र समर्थन प्राप्त गरेका थिए ।
बितेको आधा शताब्दीलाई फर्केर हेर्दा स्नो जस्ता अन्तर्राष्ट्रिय मित्रहरुले चीनप्रतिको सकारात्मक राष्ट्रिय छवि स्थापित गर्न निकै महत्वपूर्ण भूमिका खेलेका छन् ।
चीनका क्रान्तिकारी र प्रगतिशील शक्ति कोमिङतान शासनको सामना गरिरहदाँ चीनलाई बुझ्न उनीहरुले ढोका खोल्ने काम गरे । जनगणतन्त्र चीनको स्थापना पछि उनीहरुले पश्चिमा सञ्चारमाध्यमहरुले चीनबारे बंग्याइएका सूचनालाई सच्याए । अनि विदेशीहरुसमक्ष चीनको स्वस्थ र सकारात्मक छवि उजागर गरे ।
लामो समयसम्म उनीहरुले चीनका पुराना पुस्ताका नेताहरुसँग आपसी समझदारी र विश्वासको व्यक्तिगत सम्बन्ध विकास गरे । त्यस्ता सम्बन्धमा चामत्कारिक शक्ति थियो जसले प्रमुख कुटनीतिक घटनाको लागि उत्तोलकको भूमिका खेल्यो ।
उदाहरणको लागि, स्नोले माओसँग लिएको एक अर्को अन्तर्वार्तामा चिनियाँ नेताको भनाईकै आधारमा सन् १९७० दशकको पूर्वाद्धमा संरा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीनको भ्रमण गरेका थिए । त्यो भ्रमण वास्तवमा चीन र संरा अमेरिकाबीचको सम्बन्ध सामान्यकरण गर्ने कोशेढुङ्गा सावित भयो । माओले सो अन्तर्वार्तामा संरा अमेरिकी राष्ट्रपतिको रुपमा वा एक जना पर्यटकको रुपमा रिचार्ड निक्सन चीन आए उनलाई चीनमा स्वागत गरिने बताएका थिए । सो अन्तर्वार्ता लाइफ पत्रिका प्रकाशित थियो । चीनको तात्कालीन परिस्थितिबारे विदेशी पत्रकारले लेखेका रिपोर्टहरु आज निकै उच्च मूल्यका ऐतिहासिक दस्तावेज बनेका छन् । ती आलेखहरुले चीनको राजनीतिक, आर्थिक, साँस्कृतिक र सामाजिक परिस्थितिको अभिलेखिकरण मात्र गरेका छैनन् बरु चीनको मुक्ति र प्रगतिका लागि चिनियाँ नेताहरुले गरेका संघर्षबारे पनि प्रकाशित गरेका छन् । चीनको आधुनिक इतिहासबारे जान्न ती आलेखहरु आज नपढी नहुने पाठ्यसामग्री बनेका छन् ।
धेरै त्यस्ता आलेखहरु त चिनियाँ भाषामा अनुवाद भइसकेका छन् । तिनले जनगणतन्त्र चीनको राष्ट्रिय स्वाधीनता र निर्माणको संघर्षमा युवा पुस्तालाई लाग्न अभिप्रेरित गरेको छ ।
मानवीय प्रगति र न्यायप्राप्तिका लागि चीनलाई वस्तुगत तरिकाबाट प्रस्तुत गर्ने स्नोको प्रयास चीनका सम्पूर्ण जनताको लागि स्मरणीय र नमनीय छ ।

लेखक चिनियाँ सैनिक विज्ञान प्रतिष्ठानका वरिष्ठ अध्येता हुन् ।
बेइजिङ रिभ्यु जुलाई १३ सन् २०१७
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *