सुधारिएको पुँजीवादको भ्रम
- असार १, २०८३
प्रविधि (इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल, इमेल, विभिन्न सामाजिक सञ्जालका प्लेटफर्म, अनलाइन एप्स आदि) को प्रयोग गरेर गरिने लैङ्गिक हिंसालाई प्रविधि सहजीकृत लैङ्गिक हिंसा भन्न सकिन्छ । यसलाई अङ्ग्रेजीमा Tech-Facilitated Gender-Based Violence (TFGBV) भनिन्छ ।
त्यस्तै प्रविधिको प्रयोग गरी व्यक्तिलाई, विशेषगरी महिला तथा बालिकालाई हानी नोक्सानी पु¥याउने, डर त्रास सिर्जना गर्ने, उत्पीडन, हैरानी गर्ने वा उनीहरूको स्वतन्त्र जीवन यापन गर्ने अधिकारमा अवरोध पु¥याउने कार्यहरू TFGBV अन्तर्गत पर्दछन् ।
नेपालमा प्रविधिको पहुँचसँगै प्रविधिको प्रयोग गरेर गरिने अपराधको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ भने प्रविधिको प्रयोग गरेर गरिने लैङ्गिक हिंसाको सङ्ख्या हरेक वर्ष दुई गुणा अर्थात् सत प्रतिशतले बढ्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले बताउँछ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार आ.ब.२०७९/८० मा साइबर क्राइममा उजुरी दर्ता गर्नेहरूको सङ्ख्या १३,३३० रहेको र त्यसमध्ये ११,४२५ मुद्दा सामाजिक सञ्जालसँग सम्बन्धित घटनाहरू रहेको थियो । सामाजिक सञ्जालका प्लेटफर्महरूमध्ये फेसबुक तथा फेसबुक म्यासेन्जर सबैभन्दा धेरै रहेको र त्यस्तै टिकटक, इन्स्टाग्रामको माध्यमबाट हुने घटनाहरू पनि उल्लेख्य रहेको बताइन्छ । गत आर्थिक वर्षमा २३ हजारभन्दा बढी उजुरीहरू दर्ता भएको देखिन्छ ।
जनचेतना, लाज, पद प्रतिष्ठा, डरत्रासका कारण उजुरीको पहुँच नपुगेकाहरूको सङ्ख्या पनि कम छैन । त्यस्तो अवस्था प्रहरीकै उच्च पदस्थ, चिकित्सक, इन्जिनियर, वकिल तथा सरकारी कर्मचारीहरूसमेत पर्ने गरेको देखिन्छ ।
तर यसको कानुनी उपचारको लागि विद्यमान प्रचलित कानुन निकै कमजोर, साँघुरो र कार्यान्वयन योग्य नहुनु विद्यमान छ । यसको लागि हाल प्रचलित विद्युतीय सामग्रीसम्बन्धी कानुन, यौनजन्य हिंसा कसुर तथा सजायसम्बन्धी कानुन, मुलुकी अपराध संहिता तथा मुलुकी देवानी संहितामा रहेका घरेलु हिंसासम्बन्धी प्रचलित कानुनले हाल विकराल रूप लिँदै गरेको प्रविधिको माध्यमबाट हुने यौनजन्य विभेद, यौनजन्य हिंसालाई सम्बोधन गर्न सकेको छैन । कानुन निकै अपर्याप्त र अव्यावहारिक रहेको हुँदा यसलाई एकै ठाउँमा समाहित गरी नयाँ एकीकृत कानुन तर्जुमा गर्नुपर्ने आवाज व्यापक रूपमा उठ्न थालेको देखिन्छ ।
प्रविधिको प्रयोग गरेर गरिने लैङ्गिक हिंसाहरूमा विभिन्न रूपहरूमा विशेष गरी निम्न किसिमका गतिविधिहरू पर्ने देखिन्छ ।
१, अनलाइन यौन हिंसा : सामाजिक सञ्जालमा महिला वा पुरुषमाथि गाली गलौज, धम्की वा यौनजन्य टिप्पणी गर्नु अनलाइन यौन हिंसा हो । कुनै व्यक्तिलाई अनावश्यक रूपमा यौनजन्य टिप्पणी, सन्देश, तस्विर, भिडियो पठाइ हैरान पार्नु अनलाइन यौन हिंसाभित्र पर्दछ ।
२, अनुमतिबिना निजी फोटो वा भिडियो सार्वजनिक गर्नुलाई पनि अनलाइन हिंसा नै मानिएको छ ।
३, अनलाइन स्टकिङ (बारम्बार पछ्याउने वा निगरानी गर्ने कार्य) : कसैलाई अनिच्छित रूपमा बारम्बार सम्पर्क गर्नु, कसैको व्यक्तिगत निजी गतिविधि/क्रियाकलापको निगरानी गर्नु, धम्कीपूर्ण सन्देशहरू पठाइरहनुजस्ता कार्यलाई अनलाइन स्टकिङ भनिन्छ ।
यस्तो क्रियाकलाप आफ्नै घनिष्ठ, प्रेमी, वैवाहिक वा यौन सम्बन्ध भएका साथीबाट हुने गरेको देखिन्छ । यस्तो क्रियाकलापभित्र आफ्नै पति वा पत्नीको मोबाइल, इमेल, म्यासेस बारम्बार हेर्नु, निगरानी गर्नु आदि पर्दछ । यस्तो क्रियाकलापबाट नकारात्मक प्रभाव पर्दा मानसिक समस्या, डिप्रेसन, आत्महत्याजस्ता घटना बढेको सम्बन्धित क्षेत्रमा काम गर्ने विज्ञहरू बताउँछन् ।
४, Online Bulling वा अनलाइन दुव्र्यवहार : प्रविधिको प्रयोग गरेर कसैलाई बारम्बार दुःख दिने, अपमान गर्ने, धम्काउने, गाली गर्ने वा हैरान पार्ने कार्य हो । जस्तै गालीगलौज वा अपमानजनक सन्देश पठाउने, झूटा हल्ला वा अफवाह फैलाउने, नक्कली अनलाइन खाता बनाई कसैको नाममा गलत गतिविधि गर्ने, कुनै व्यक्तिलाई अनलाइन समूहबाट जानीजानी बहिष्कार गर्ने, सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गर्ने आदि ।
५, नक्कली प्रोफाइल बनाएर बदनाम गर्नु : कसैले अरू कसैको फोटो वा नाम प्रयोग गरेर नक्कली प्रोफाइल बनाएर बदनाम गर्नु पनि हिंसा भित्र पर्दछ ।
६, यौनजन्य वा अश्लिल सामग्री पठाएर हैरानी गर्नु हुँदैन । यसमा यौनजन्य फोटो अथवा यौनजन्य गतिविधिका फोटो वा भिडियो पठाएर हैरानी दिनुका साथै पैसा वा फाइदाका लागि Blackmail (धम्कीपूर्ण दबाब) समेत गर्नु हुँदैन ।
७, Deepfake प्रयोग गरी नक्कली अश्लील वा अपमानजनक फोटो वा भिडियो बनाउनु पनि अनलाइन हिंसाभित्रै पर्दछ । यसमा हाल निकै चर्चामा रहेको Artificial Inteligence (AI) को प्रयोग गरी नक्कली यौनजन्य तस्विर तथा भिडियो बनाउने र त्यसको प्रयोग गरी वा सामाजिक सञ्जाल, अनलाइन तथा म्यासेजबाट फैलाई मान प्रतिष्ठामा आँच आउने, यातना र चरित्र हत्या गर्ने कार्य गर्नु हुँदैन ।
८, लोकेशन ट्रयाकिङ वा स्पाइवेयरमार्फत निगरानी गर्नु ः कसैले प्रविधिको प्रयोग गरेर कसैको लोकेशन ट्रयाकिङ गर्न गराउन वा स्पाइवेयर मार्फत निगरानी गर्न हुँदैन । यसअन्तर्गत मोबाइल तथा कम्प्युटरमा म्यासेज (सन्देश) तथा इमेल जाँच पड्ताल गर्नु, पासवर्ड (गोप्य अङ्क) चोर्नु वा अनधिकृत रूपमा प्रयोग गरी सन्देश हेर्नु, निगरानी गर्नु आदि यसभित्र पर्दछन् ।
यस्तो क्रियाकलाप पनि आफ्नै घनिष्ठ, प्रेमी, वैवाहिक वा यौन सम्बन्ध भएका साथीबाट हुने गरेको देखिन्छ । यस्तो क्रियाकलापभित्र आफ्नै पति वा पत्नीको मोबाइल, इमेल, म्यासेस बारम्बार हेर्नु, निगरानी गर्नु आदि पर्दछन् ।
९, Doxxing (बिनासहमति निजी जानकारी, सन्देश प्रकाशित गर्नु वा इन्टरनेटमा फैलाउनु) यसभित्र कसैले कसैको निजी जानकारी वा पहिचान, ठेगाना, फोन नम्बरजस्ता सूचना सम्बन्धित व्यक्तिको सहमति नलिई प्रकाशित गर्नु वा इन्टरनेटमा फैलाउनुलाई डक्सीङ भन्ने गरिन्छ । जसको उद्देश्य उसलाई डर, दुःख, उत्पीडन, धम्की वा हानी पु¥याउनु हुन सक्छ ।
१०, Hacking and Account Takeover : कसैले कसैको अनलाइन पेज, फोन, म्यासेज, च्याट, एप्स आदिमा अनधिकृत पहुँच पु¥याई फाइदा लिने वा बदनाम गर्ने, Password (गोप्य सङ्केत शब्द) पासवर्ड चोर्ने, एकाउण्ट ह्याक गरेर आफूलाई अरू नै व्यक्तिको रूपमा प्रस्तुत गर्नु, नक्कली पहिचान बनाउनु, कसैको नाम वा परिचय दुरुपयोग गर्नु पनि लैङ्गिक हिंसाभित्र पर्ने घटनाहरू छन् । यस्ता घटनाले व्यापकता पाउने गरेको देखिन्छ ।
११, Digital Dating Abus : डिजिटल डेटिङसम्बन्धी दुव्र्यवहार भनेको प्रेम सम्बन्ध वा डेटिङमा रहेका व्यक्तिहरूबिच प्रविधिको माध्यमबाट जस्तै फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्एप आदिको प्रयोग गरेर नियन्त्रण गर्ने, डर देखाउने, नियमित निगरानी गर्ने वा दुरुपयोग गर्ने जस्ता व्यवहार गर्नु हो । प्रविधिको प्रयोग गरेर अर्को व्यक्तिलाई नियन्त्रण, दबाब वा डरमा राख्नु, फोन, म्यासेज वा सामाजिक सञ्जाल लगातार जाँच गर्नु, पासवर्ड मागेर जबरजस्ती पहुँच लिन खोज्नु, कहाँ छौँ, कोसँग छौँ भनेर लगातार ट्रयाक गर्नु, म्यासेजको जवाफ तुरुन्त नदिए रिसाउने वा धम्की दिने, फोटो वा च्याट लिक गरिदिन्छु भनी डर देखाउने, नक्कली खाता बनाएर निगरानी गर्ने वा जासुसी गर्ने आदि । जसका कारण मानसिक तनाव, डर बढ्दै जानुका साथै आत्मविश्वासमा कमी आउने, सम्बन्धमा असमान शक्ति बढ्दै नकारात्मक आपराधिक घटनासम्म हुनु, गोपनीयता भङ्ग हुँदा मानसिक चोट, डिप्रेसन, आपराधिक घटनासम्म पुग्न सक्ने सम्भावना बढ्छ ।
१२, Coerced Live Streaming : अनलाइनमा भएको अर्को व्यक्तिलाई मोबाइल फोन वा कम्प्युटर स्क्रिन वा क्यामेरामा यौनजन्य क्रियाकलाप गर्न दबाब दिई जबरजस्ती गर्नु पनि यौनजन्य लैङ्गिक हिंसाभित्रै पर्दछ । यसमा कसैलाई उसको इच्छा बिना वा डर, धम्की, दबाब दिई बाध्य पारिन्छ । यसलाई पनि प्रविधिको प्रयोग गरेर हुने लैङ्गिक हिंसा र अनलाइन शोषण मानिन्छ ।
सावधानी अपनाऔँ है !
यस्तो समस्या समाधानका लागि पीडित मैत्री कानुनी व्यवस्थाका साथ साथै पीडित केन्द्रित अनुसन्धान, अभियोजन, कारवाही र फैसला कार्यान्वयनको व्यवस्था गर्नु आवश्यक छ । अन्यथा हालको स्रोत साधन, दक्षता र अवस्थाले पीडितले नै थप पीडा भोग्नुपर्ने बाध्यता छ ।
साइबर ब्युरो काठमाडौँ केन्द्रित र जनशक्ति र स्रोतसाधन निश्चित हुँदा साइबर अपराधका उजुरीकर्ताहरूले करिब १ (एक) वर्षपछि मात्रै आफ्नो पालो आउने त्यतिञ्जेल न्यायका भोकाहरूले निकै ठुलो चोट, मानसिक यातना, शारीरिक यातना, हैरानी भोग्न बाध्य हुनुपरेको बताउँछन् ।
यस्तो विद्यमान अवस्थामा साइबर क्राइमका लागि प्रयोग गरिने कार्यस्थलमा यौनजन्य अपराध, विद्युतीय कारोबार ऐन, घरेलु हिंसा, सामाजिक सञ्जाललाई नियन्त्रण गर्न बनेको कानुनहरू प्रभावशाली नहुनुका साथै ती ऐनहरूमा गरिएका ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना तथा ५ वर्षसम्म कैद वा एक लाख रुपैयाँँसम्म जरिवाना हुने कानुनी व्यवस्थाको खास महत्व देखिन्न ।
साथै नेपालमा विद्यमान स्रोत साधन र दक्षताले पछिल्लो समयमा निकै चर्चामा आएको एआईको युगलाई सम्बोधन गर्न नसक्नुका साथै देशभित्रबाट मात्र नभई संसारका जुनसुकै कुनाबाट अपराधीले संसारको अन्य जुनसुकै कुनामा बसेको व्यक्ति, परिवार वा समुदायलाई हानी नोक्सानी पु¥याउने (Crossborder) तथा प्रविधिको प्रयोग गरेर यौनजन्य लैङ्गिक हिंसाको घटना गराउन सक्ने फराकिलो वा अदृश्य घटनास्थलका कारण साथै अनुसन्धान झन्झन् पेचिलो हुन थालेको सम्बन्धित विज्ञहरू बताउँछन् ।
त्यसैले जबसम्म हामी प्रविधिबाट हुने यौनजन्य हिंसा मात्र नभई जुनसुकै प्रकृतिका हिंसा, अपराध, विभेद विरुद्धको लडाइँ लड्न स्रोत साधन, दक्षता र योग्य हुँदैनौँ, प्रविधि चलाउने सीमा र जनसचेतना वृद्धि गर्न गराउन र आफै सचेत भई अपराधीलाई अपराध गर्ने ठाउँ नदिनु नै श्रेयकर हुने देखिन्छ ।
– २०८३ जेठ ३१
Leave a Reply