भर्खरै :

सिद्धि कृषि सहकारी संस्थाको नवौँ साधारण सभा

भक्तपुर, २९ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सिद्धि कृषि सहकारी संस्थाको नवौँ साधारण सभाको बुधबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले समाजवादी सिद्धान्तअनुसार शिक्षा, स्वास्थ्य, उद्योग कलकारखानाहरू सरकारले सञ्चालन गनुपर्र्नेे बताउँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइमा गरिरहेको कार्य देशभरिकै स्थानीय तहहरूका लागि उदाहरणीय रहेको चर्चा गर्नुभयो ।
उहाँले राजनीति व्यक्तिगत फाइदाको लागि नभई देश र जनताको निःस्वार्थ सेवाको लागि हुनुपर्ने बताउँदै पुँजीवादी दलहरूबाट शासन सत्तामा गएका मन्त्रीहरूको कारण देश कृषिमा परनिर्भर भएको औँल्याउनुभयो ।
नेपाल जलविद्युत्, खानेपानी, चुनढुङ्गालगायतका क्षेत्रमा सम्भावना नै सम्भावना बोकेको देश हो भन्दै उहाँले कृषिमा आत्मनिर्भर हुनका लागि प्रविधि विकास र अनुसन्धान गर्नुपर्ने तथा आफ्नै देशमा मल कारखानाको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले कृषि उत्पादन वृद्धिका लागि कृषि माटो परीक्षण, बेमौसमी तरकारी खेती, कौसी खेती, च्याउ खेतीलगायतको तालिम र गहुँ, धान र आलुको बीउबिजन वितरण गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडामा भइरहेका विकास निर्माणका गतिविधिबारे जानकारी दिँदै भनपाले कृषि, पशु सेवा र स्वास्थ्य क्षेत्रमार्पmत नगरवासीहरूको लागि गरिरहेको कार्यको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष पुण्यराम दुमरुले संस्थाको सङ्क्षिप्त इतिहास स्मरण गर्दै कृषकहरूलाई एकताबद्ध गरी बीउमा आत्मनिर्भर बनाउन संस्था कटिबद्ध भई लागिपरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भनपाले कृषि बजारीकरण र कृषि प्रवद्र्धनको लागि सहकारी सङ्घसंस्थाहरूसँग समन्वय गरी व्यवस्थित तरकारी बजार व्यवस्थापन तथा चिस्यान केन्द्रहरूको स्थापना गरी भक्तपुर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय बाली अनुसन्धान केन्द्रका वैज्ञानिक सुशीलराज सुवेदी, कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक देवीप्रसाद ढकाल, सिद्धि गणेश साकोसका उपाध्यक्ष विष्णुराम दुमरुले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका सचिव चन्द्रमान सुवाल, कोषाध्यक्ष कृष्णभक्त ख्याजु, लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामकृष्ण दुमरु, सञ्चालक समितिका सदस्य लक्ष्मीश्वरी दुमरुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले धान र गहुँको बीउबिजन वृद्धि गर्न योगदान गर्ने उत्कृष्ट उत्पादक तथा कृषि सामग्री केन्द्रबाट बीउबिजन तथा कृषि सामग्री खरिद गर्ने कृष्णप्रसाद ग्वाछा र सेकेन कोजूलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दुमरुले प्रमुख प्रजापति तथा अतिथिहरूलाई मुन्टलाको बोट मायाको चिनोको रूपमा प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *