युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
(ग्रान्मा÷टेलिसुर) । हाम्रो अमेरिकाका लागि बोलिभारियाली मोर्चा – जनताको व्यापार सम्झौता (अल्बा–टीसीपी) को बीसौँ शिखर सम्मेलन क्युवाको राजधानी हवानामा मङ्गलबार ४४ बुँदे घोषणा पारित गर्दै सम्पन्न भयो । शिखर सम्मेलनमा क्युवाली राष्ट्रपति मिग्वेल डायज कानेल बर्मुडेज, भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो, निकारागुआका राष्ट्रपति डयानियल ओर्टेगा, बोलिभियाका राष्ट्रपति लुइस आर्सेलगायत नौ क्षेत्रीय देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उपस्थिति थियो ।
क्षेत्रीय सम्मेलनले क्षेत्रीय एकतामा जोड दिँदै साम्राज्यवादी हस्तक्षेपको विरोध र नवउदारवादको विरोधमा समाजवादी र समाजवादउन्मुख जनपक्षीय साझेदारी र सहयोगमा वृद्धि गर्दै जाने निर्णय गरेको छ । अल्बाको स्थापना तत्कालीन क्युवाली राष्ट्रपति फिडेल क्याष्ट्रो र भेनेजुयाली राष्ट्रपति ह्युगो चाभेजको पहलमा २००४ मा भएको थियो । स्थापनाकालदेखि अल्बा–टीसीपीले ल्याटिन अमेरिकामा शान्तिको रक्षा र ल्याटिन अमेरिका तथा क्यारिबियाली देशहरूको एकताको रक्षा गर्दै आएको छ । बीसौँ शिखर सम्मेलनले ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रको लागि वैकल्पिक प्रभुत्ववादविरोधी र सहभागितामूलक राजनीतिक रणनीतिक सङ्गठनको रूपमा विकास गर्दै जाने निर्णय लिएको छ ।
अल्बा–टीसीपीका सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र सङ्घको बडापत्रका सिद्धान्तहरूको रक्षाको लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो बनाउँदै जाने योजना पनि निर्माण गरेका छन् ।
सङ्गठनको बीसौँ शिखर सम्मेलनको उद्घाटन गर्दै क्युवाली राष्ट्रपति मिग्वेल डायज कानेल बर्मुडेजले क्रान्ति नेता फिडेल र कमान्डर ह्युगो चाभेजले जिम्मा लगाएर गएको अत्यन्त महत्वपूर्ण कार्यलाई बढावा दिनु र बलियो बनाउँदै जानु कर्तव्य र गर्वको कार्य भएको बताउनुभएको थियो । शिखर सम्मेलनमा सबै राष्ट्र तथा सरकार प्रमुखहरूले क्षेत्रीय एकतालाई कायम राख्दै सहयोगको क्षेत्र बढाउँदै लानुपर्नेमा जोड दिनुभएको थियो ।
सम्मेलनमा अल्बा–टीसीपीका कार्यकारी सचिव साचा लोरेन्टीले प्रगति प्रतिवेदन तथा मन्त्रीस्तरीय बैठकबाट पारित नयाँ योजनाहरूको प्रस्ताव पेश गर्नुभएको थियो ।
Leave a Reply