राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले ‘ख्वप मोडेल’ बाट देशले सिक्न चाहेको बताउनुभयो । देशभरका स्थानीय सरकारमध्ये भक्तपुर नगरपालिकाले गरिरहेको उदाहरणीय गतिविधिलाई उहाँले ‘ख्वप मोडेल’ को नाम दिनुभएको हो । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदा सिंहदरबारमा सीमित भ्रष्टाचार र अनियमितता स्थानीय तहसम्म पुगेको चर्चा चलिरहेको बेला भक्तपुर नपाले नमुनाको रूपमा बहुआयामिक गतिविधि गर्दै आएको छ । जनतालाई पहिलो प्राथमिकतामा राख्ने सिद्धान्तबाट अभिप्रेरित राजनीतिक नेतृत्वमा चलेको भक्तपुर नपाले बहुमत जनताको हितलाई ध्यानमा राखी योजना निर्माण र काम गर्दै आएको छ । यस्ता विकास निर्माण वा कुनै पनि गतिविधिमा स्थानीय जनताको सहभागिता र निर्णय प्रक्रियामा फराकिलो भूमिकाको निम्ति प्रोत्साहन गरिंदै आएको छ । कुनै पनि विकास निर्माणका काममा जनसहभागितालाई प्रोत्साहन गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न नगरपालिकाले उपभोक्ता समितिमार्फत काम गर्ने गरेको छ । उपभोक्ता समितिमार्फत हुने काममा जनताको प्रत्यक्ष सहभागिता हुँदा लागत अनुमानभन्दा कम मूल्यमा योजना सम्पन्न हुनुका साथै त्यसप्रति जनताको अपनत्व पनि बढेको देखिन्छ ।
शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकतालाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । शिशुशाला हुँदै प्राथमिक तहदेखि उच्च शिक्षासम्ममा नगरपालिकाको अग्रसरताको कारण गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुगेको छ । जनताको स्वास्थ्यलाई नपाले उच्च प्राथमिक विषय बनाएको छ र सेवा विस्तार गर्दै लगेको छ । भक्तपुरको ऐतिहासिक र सांस्कृतिक परिचयलाई जोगाउन नगरपालिकाले सम्पदा संरक्षणमा उदाहरणीय कार्य गर्दै आएको छ । मल्लकालीन जीर्ण र कतिपय हराइसकेका सम्पदाको संरक्षण नपाले गरेको छ । अवस्तुगत सम्पदाको संरक्षणमा नपाले तदारुताकतासाथ लगानी गरेको छ । स्थानीय परिचय झल्काउने उत्पादनको प्रयोगलाई नपाले जोड दिएको छ । पारदर्शिता र शून्य भ्रष्टाचार भक्तपुर नपाको परिचय बन्दै आएको छ । सक्षम र समर्पित नेतृत्व भए सीमित बजेटबाट पनि जनताको जीवनमा उल्लेखनीय प्रगति देखिने धेरै काम गर्न सकिने कुराको उदाहरण बनेको छ, भक्तपुर । बजेट र स्रोत साधनको तुलनामा भक्तपुर नपाभन्दा धनी नपा देशमा अरू पनि धेरै छन् । तर, आज ती स्थानीय तहहरूसमेत भक्तपुरको ‘ख्वप मोडेल’ बाट सिक्न भ्रमणमा आउने गर्छन् ।
‘ख्वप’ भक्तपुरको मल्लकालीन नाम हो । भक्तपुर नपाले त्यही नाममा कलेजहरू स्थापना गरेपछि त्यो नामले अझ व्यापकता पायो । आज भक्तपुर नपाका उदाहरणीय कामलाई समष्टिमा ‘ख्वप मोडेल’ को नाम दिइएको छ । निःसन्देह चुनौतीहरू धेरै छन्, गर्न बाँकी काम पनि धेरै छन् । ‘ख्वप मोडेल’ एक रातले बनेको पनि होइन । भक्तपुरका जनताको लामो समयदेखिको एकता, सक्षम राजनीतिक नेतृत्व र इमानदारिता र प्रतिबद्धताको समष्टिगत अभिव्यक्ति नै ‘ख्वप मोडेल’ का जग हुन् । कुनै पनि यात्रा समस्या र चुनौतीविहीन पक्कै हुँदैन । ‘ख्वप मोडेल’ को सफल प्रयोगबाट आत्तिएकाहरूले यसलाई बदनाम गर्न पनि लागिरहेका छन् । त्यो स्वाभाविक हो । तर, जनताको भावना र सपनाको जगमा हुर्किएको ‘ख्वप मोडेल’ त्यस्ता चुनौती छिचोल्दै लगातार अघि बढिरहनेछ । ‘ख्वप मोडेल’ भक्तपुरका जनताको आजसम्मको उपलब्धिको नाम हो, भविष्यको सपना हो । ख्वप विश्वविद्यालय स्थापना, ज्ञान–विज्ञानको केन्द्र, सभ्य र सुसंस्कृत समाज बनाउने सपनाको निम्ति अझ लामो यात्रा गर्न बाँकी नै छ । तर, समयको यो बिन्दुसम्म आइपुग्दा अगाडिको बाटोको निम्ति एउटा कोशेढुङ्गा ठड्याइएको छ । ‘ख्वप मोडेल’ को यात्रा अझ अथक अघि बढिरहनुपर्छ ।
Leave a Reply