‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
गेटबाट भित्र प्रवेश गर्नेबित्तिकै कागजले बनाएको विभिन्न क्राफ्टहरू झुन्ड्याइएको थियो । त्यसपछि बाहिर विद्यालयको बोर्ड । हेर्दा सरकारी विद्यालय जस्तो । भुइँमा कार्पेट ओछ्याइएको । बीचमा टेबल । भित्ताभरि कागजका विभिन्न क्राफ्टहरूले सजिएको । कुनाको एउटा दराजमा खेलौना नै खेलौना । कृत्रिम घाँस ओछ्याएको । त्यसमाथि बालबालिकाहरू कोही घोडा चढ्दै, कोही गाडी चलाउँदै, कोही टिकिच्याउ खेल्दै, कोही स्केटिङ खेल्दै ।
यो दृश्य हो भक्तपुरका सरकारी विद्यालयको । पहिला–पहिला सरकारी विद्यालय भनेपछि नाक खुम्च्याउने गथ्र्यो । तर, अहिले परिवर्तन भएको छ । सरकारी विद्यालय भनेपछि विद्यालयमा ओछ्याएको सुकुल, कालो बोर्ड, माथिल्लो कक्षाहरूमा टुटेको–किल्ला निस्किएका डेक्स–बेन्च, घाम नआउने अँध्यारो कोठा मस्तिष्कमा आउने गथ्र्यो, तर अहिले परिवर्तन भएको छ । अहिले भक्तपुरका सरकारी विद्यालयको स्थिति फेरिएको छ, विशेष गरेर स–साना नानीहरूको किन्डरगार्डेनले । अहिले बालबालिकाहरूलाई खेलाउन आकर्षक गार्डेन बन्दोबस्त हुन थालेको छ । भक्तपुरका सरकारी आधारभूत विद्यालयहरूमा अहिले निजी विद्यालयको भन्दा कक्षा कोठा राम्रो भएको छ ।
भक्तपुरका आधारभूत विद्यालयहरूमा जाँदा कुन सरकारी र कुन निजी छुट्याउन गा¥हो छ । अधिकांश सबै आधारभूत विद्यालयहरू निजीभन्दा राम्रा छन् । त्यसको एउटा उदाहरण श्री समाज सेवा इन्स्टिच्युट आधारभूत विद्यालयलाई लिन सकिन्छ । त्यस विद्यालयमा प्ले ग्रुपदेखि कक्षा २ सम्मको पढाइ हुन्छ ।
त्यस विद्यालयका प्रधानाध्यापक रामभक्त थकुलवट सरकारी विद्यालयलाई सम्बन्धित व्यक्तित्वहरूले समय दिएको खण्डमा निजी विद्यालत्र्न्दा कम नहुने बताउनुहुुन्छ । समय दिन सकिएमा निजी विद्यालयको तुलनमा कम शुल्कमा गुणस्तरीय शिक्षा दिनसक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “२०७४ सालमा विद्यार्थी ४–५ जना मात्र भयो भनेर सबै शिक्षक–शिक्षिकालाई सरूवा गरिएको थियो, त्यसपछि तीन जना शिक्षक–शिक्षिका मिलेर विद्यालयलाई बन्द गर्नुहुँदैन भनेर प्ले गु्रपबाट सुरू गरेर अहिले १ कक्षासम्म कक्षा चलाउन सफल भएका छौँ ।” केही वर्ष पहिले उपत्यका बाहिर घर भई डेरामा रहेका मजदुर–किसानका मात्रै बालबालिकाहरू पढ्न आउनेमा अहिले त्यो अवस्था नरहेको उहाँले बताउनुभयो ।
बच्चाहरूलाई बसाउने मेच छन् । पहिलापहिला जस्तोे सुकुल वा कार्पेट ओछ्याउनु पर्दैन । बाहिर बच्चाहरूलाई खेल्ने गार्डेनमा पनि कृत्रिम दुबो राखेर सजाइएको छ । कक्षा कोठाहरूमा कागजले बनाएको फुल, चराचुरुङ्गी र खेलौनाहरू राखिएका छन् । भित्तामा कागजले बनाएका पुतली, वर्णमालाका फोटो टाँसिएका छन् ।
त्यस्तै भक्तपुरको याछेँमा रहेको श्री आधारभूत विद्यालयमा अहिले ४० जना नानीहरू अध्ययनरत छन् । त्यहाँ पनि ईसीडीदेखि कक्षा २ सम्मको पढाइ हुन्छ । विद्यालयका प्रधानाध्यापक विष्णुकेशरी दुवालले विद्यार्थीलाई स्टेशनरी सामान (कापी, कलम, इरेजर) निःशुल्क दिँदै आएको जानकारी दिनुभयो । विद्यार्थीको ट्रयाक शुट छुटमा दिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामी विद्यार्थीसँग ट्याक सुटको ५० प्रतिशतमात्र शुल्क लिन्छौँ ।”
२०७२ सालको भूकम्पले उपत्यकामा डेरामा बस्ने कम भएपछि विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको उहाँको बुझाइ थियो । पछि विस्तारै कक्षा कोठा सजावट र विद्यार्थीलाई सुविधा दिन थालेपछि अहिले विद्यार्थी बढेको र विद्यार्थी पनि अधिकांश स्थानीय नै रहेको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकार जिम्मेवार भएपछि यो परिवर्तन आएको अभिभावकहरू बताउनुहुन्छ । अझ स्पष्ट भन्नुपर्दा भक्तपुर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि आधारभूत विद्यालयको स्थितिमा आमूल परिवर्तन आएको हो ।
Leave a Reply