रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काठमाडौँ, २९ मङ्सिर । सङ्घी संसदको दसौँ अधिवेशन सुरु भयो । दिउँसो २ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्रको व्यहोरा वाचन भयो । मङ्सिर १७ गते राष्ट्रपति भण्डारीबाट मङ्सिर २८ गतेको लागि सङ्घीय संसद्को बैठक आह्वान भएको थियो ।
सभामुख अग्नि सापकोटाले बैठकको कार्यसूची अगाडि बढाउन लागेपछि प्रमुख प्रतिपक्षी एमालेका सांसदहरू सभामुखको अगाडि गएर नारा लगाउँदै बैठक अवरोध गरे । एमाले सांसदहरूको नारा थियो – पक्षपातपूर्ण व्यवहार बन्द गर संसदीय मर्यादा कायम गर, गैरसांसदलाई संसद्मा प्रवेश निषेध गर, संवैधानिक सर्वाेच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, हाम्रो विरोध जारी छ ।
सभामुख सापकोटाले न्याय निरुपणमा असर पर्ने गतिविधि नगर्न सचेत गराउँदै नियमित प्रक्रियामा आफ्नो भनाइ राख्न एमालेलाई आग्रह गरे । तैपनि, एमालेको नारा चालु नै भयो । अन्य पार्टीको सांसद र कार्यकर्ता ‘चोर्ने’ काममा शासक दलहरू सबै उस्तै हुन् । पार्टी कार्यकर्ताको सांस्कृतिक स्तर माथि उठेको हुनु जरुरी छ । तर, शासक दलहरू निधारमा टीका लगाउँदै पार्टीमा प्रवेश गराउँछन् । शासक दलहरूको लागि सिस्नु रोपेर तुल्सी उम्रन्न’ भन्ने उखान पुष्टि भइरहेको छ ।
एमाले सांसदहरूले संसद्मा राष्ट्रपतिको पत्र वाचन हुँदा अवरोध गरेनन् । त्यस्तै सहिदहरूप्रति मौन धारण भइरहँदा पनि नारा लगाएनन् । सभामुखले बैठकको अध्यक्षता गर्नेहरूको नामावली पेश गर्दा एमालेको नारा चालु भयो ।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने नामावलीमा एमालेका सांसदहरू रामकुमारी ज्ञवाली र लालबाबु पण्डितको पनि समावेश छ । आफूले अवरोध जारी राखेको बैठकको अध्यक्षता गर्न एमालेले आफ्ना सांसदहरूको नाम किन उपलब्ध गरायो ?
एमालेले आफ्नो पार्टीको अनुशासनको कारबाहीमा परेका माधव नेपाललगायत १४ जना सांसदको स्थान रिक्त गर्न सभामुखलाई पत्र दिएको थियो । सभामुखले स्थान रिक्त नगरेपछि एमाले संसद अवरोधमा उत्रेको हो । तर, संसद् अवरोधको अवस्थामा मङ्सिर २८ गते नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन) अध्यादेश, तेजाब तथा अन्य रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा संशोधन अध्यादेश र रेल्वे अध्यादेश, यौनहिंसाविरुद्धका केही ऐन संशोधन अध्यादेश, फौजदारी कसूर तथा कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश, २०७८ पेश भयो ।
अध्यादेश पेश गरेका कानुनमन्त्री विमलेन्द्रप्रसाद वडु बैठक कक्षबाट होइन बाहिर लबिबाट रोस्टममा पुगेका थिए ।
प्रतिनिधिसभाको अर्काे बैठक २०७८ पुस ६ गते दिनको १ बजे बस्नेछ ।
Leave a Reply