भर्खरै :

हप्ताको सातै दिन ख्वप अस्पतालमा बहिरङ्ग सेवा

भक्तपुर, ३ पुस । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा शनिबार पनि सामान्य बहिरङ्ग सेवा सुरु गरेको छ । अस्पतालले पुस ३ गते शनिबारदेखि हप्ताको सातै दिन बहिरङ्ग सेवा सुरु गरेको अस्पतालका व्यवस्थापक विश्वजीत प्रजापतिले बताउनुभएको छ ।
यसअघि भक्तपुर नपा वडा नं ९ च्याम्हासिंहस्थित ख्वप अस्पतालमा शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गर्दै आएको थियो । पुस ३ देखि भने बिहान १० बजेदेखि साँझ ४ बजेसम्म बहिरङ्ग सेवा सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *