फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
काठमाडौँ, ३ पुस । १६ औँ राष्ट्रव्यापी विद्यालयस्तरीय मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगितामा २ स्वर्ण २ रजतका साथ त्रियोग हाइ स्कुल प्रथम भएको छ । आफ्नो समुहमा १६ वर्षमुनिका प्रवेश लामा (अन्नपूर्ण मावि) प्रथम, रिजन राजकर्णिकर (वागीश्वरी मावि) दोस्रो, विवेक वि क (लोक आदर्श) तेस्रो हुन सफल भएका छन् । सोही समूहअन्तर्गत छात्रा १६ वर्षमुनि समूहमा मार्शल तामाङ (त्रियोग हाइ स्कूल) प्रथम, पामिला तुलाधर (अन्नपूर्ण मावि) दोस्रो र पूजा तामाङ (श्री जुद्धोदय मावि) तेस्रो हुन सफल भएका छन् ।
१४ वर्षमुनि छात्रमा आस्चऋृ चौधरी (तिलिगातार मावि) प्रथम हृदय महर्जन (त्रियोग) दोस्रो, रोहित श्रेष्ठ (अन्नपूर्ण) तेस्रो र त्यसै समूहका छात्रातर्फ पूर्णिमा गुरुङ (बि एन एकेदेमी) प्रथम, सन्तोषी विक (तिलिगातार) दोस्रो, आरती बराल (अन्नपूर्ण) तेस्रो, १२ वर्षमुनि छात्रतर्फ अलोक चौधरी (तिलिगातार) प्रथम, राकेश गोन्बा (ल्याब्रोटरी स्कूल) दोस्रो, आयुश बोहरा (अन्नपूर्ण) तेस्रो भएका छन् । सोही समूहको छात्रातर्फ रिया श्रेष्ठ (त्रियोग) प्रथम, कनिस्का नेउपाने (पृथ्वी स्कूल) दोस्रो, सुरक्षा अधिकारी (लोक आदर्श) तेस्रो भएका छन् । १० मुनि समुहको छात्रतर्फ अबिन पाण्डे (वी. एन एकेडेमी प्रथम, लक्ष्य मोरे (बृटिश स्कूल) दोस्रो, निक्जेन खड्का (पाठशाला स्कूल) तेस्रो हुन सफल भएका छन् । सोही समुहको छात्रातर्फ एन्जेल महर्जन (ग्रीन हिल स्कूल) प्रथम नोयल थापा (त्रियोग) दोस्रो, बिबिशा तामाङ (बि एन एकेडेमी) तेस्रो भएका छन् ।
Leave a Reply