भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
नेपालीको पहिचान भनेका चाडपर्वहरू पनि हुन् । विभिन्न जातजातिहरूले विभिन्न चाडपर्वहरू मनाउने गर्छन् । यस्तै पर्वहरूमध्ये नेवार समुदायले मनाउने पर्व योमरी पूर्णिमाको बारेमा केही छलफल गर्ने जमर्को गरेको छु । नेवारी समुदायमा मनाइने यो पर्वलाई धान्यपूर्णिमा पनि भनिन्छ । यस अवसरमा विशेषगरी अन्नपूर्ण माताको पूजा गरिन्छ । अन्नपूर्णमातालाई धर्ती माता पनि भनिन्छ । त्यसैले उनलाई खुसी पार्न योमरी बनाउने गरिन्छ भन्ने मान्यता छ । यसै दिन कुबेरको पनि पूजाआजा गरिन्छ । नेवारी समुदायमा योमरी एक विशेष परिकारको रूपमा मानिन्छ । नेवार समुदायले धान बाली भित्र्याएपछि योमरी पूर्णिमा मनाउँछन् । सामान्यतया धान बाली भित्र्याएपछि नयाँ धानलाई कुटेर त्यसको चामलको पिठोबाट परिकार बनाइन्छ । यसमा चाकू र तिललाई पकाएर लेदो बनाई राखिन्छ । हाल आएर चाकूको सट्टा खुवा, चिनी, मासुको किमा राखी बनाउने चलन छ । चिसो मौसममा चाकूले हाम्रो शरीरलाई न्यानो बनाउने साथै तागत पनि दिने भएकोले योमरीमा प्रायः चाकू बढी प्रयोग हुने कुरा जानकारहरू बताउँछन् ।
योमरी पूर्णिमा विशेषगरी मङ्सिर महिनामा पर्ने हुनाले चिसो बढ्दै गएको हुन्छ । यस्ता खानाले हाम्रो शरीरमा तापक्रम बढाउने गर्दछ । नेपाली खानाका परिकार हेर्ने हो भने मौसमअनुसारको खानाको परिकारको चलन हाम्रो समाजमा रहेको छ चाहे त्यो असारको १५ को दही चिउरा, साउन १५ को खीर, जनैपूर्णिमामा बनाइने क्वाटी, माघे सङ्क्रातिको घिउ चाकू नै किन होस् । हाल आएर व्यापारिक हिसाबले पनि योमरी बनाएर बेच्ने गरिन्छ । योमरी पूर्णिमाको अवसरमा घरका सबै सदस्यहरू एकै ठाउँमा जम्मा भई योमरी बनाउने गर्दछन् भने साना बालबालिका र युवाहरू घर–घरमा गएर गीत गाउँदै योेमरी माग्ने गर्दछन् । यसलाई नेवारीमा योमरी फोनेगु भनिन्छ । आजकल त बालबालिकाहरू पनि घरबाहिर निस्केर रमाइलो गर्नेभन्दा पनि विभिन्न आधुनिक ग्याजेटहरूमा गेम खेल्न, मूभि हेर्न व्यस्त देखिन्छन् । हाल कोभिड–१९ को कारणले हाम्रा विभिन्न जात्रा पर्वहरू औपचारिकतामा मात्र सीमित रहेका छन् । तैपनि, आधुनिकताको लहरले हाम्रो संस्कृतिमा पनि असर पारेको छ । त्यसैले आफ्नो संस्कृतिको संरक्षण गर्न हरेक जातजाति आफै अगाडि बढ्नुपर्दछ । त्यसैको प्रतीकको रूपमा नेवार समुदायमा योमरी पूर्णिमा मनाइँदै छ । वास्तवमा हाम्रा चाडपर्व, जात्रा, भाषा, भेषभूषा रहेमा हाम्रो पहिचान रहन्छ ।
योमरी पूर्णिमाको बारेमा विभिन्न कथाहरू सुन्न पाइन्छ । यस पर्वको सुरुवात कहिलेदेखि भयो भनेर इतिहास खोतल्ने हो भने क्यअष्ब िज्ष्कतयचथ या ल्भउब िका अनुसार भाषा वंशावलीका अनुसार काठमाडौँमा छैटाँै शताब्दीमा अंशुवर्माको पालादेखि योमरी बनाउने चलनको सुरुवात भएको उल्लेख गरिएको छ । कसैकसैले यो प्रचलनको सुरुवात पाञ्चाल नगर हालको पनौतीबाट भएको मान्दछन् । यसैअनुसार त्यहाँ पहिले सुचन्द्र र कृता एक विवाहित जोडीले आफ्नो खेतबाट उत्पादन भएको नयाँ धानको चामलबाट चाकू हाली योमरी बनायो र अरू गाउँलेहरूलाई पनि बाडिँदियो । अरूहरूले पनि त्यो परिकारलाई सा¥है मनपराए । यसको सामान्यीकरण गर्दा मीठो रोटी ९त्बकतथ दचभबम० र पूर्णिमाको अर्थ पूर्णचन्द्र हुन जान्छ । योमरी बनाउने प्रक्रियामा चामलको पिठोलाई मुछेर डल्लो बनाई त्यसभित्र चाकू हाली विभिन्न आकारको बनाइन्छ । हाल आएर चाकूको सट्टा खुवा, चिनी मासुको किमा हालेर योमरी बनाउने क्रम बढिरहेको छ । प्रायःजसो त्रिभुज र गोलाकाररूपमा बनाउने गरिन्छ । कतिपयले त्रिभुज आकार भनेको षट्कोणको आधा भाग हुने हुनाले यसले सरस्वती र बुद्धिमत्ताको सङ्केत गरेको भनी व्याख्या गरेका छन् ।
यो योमरीको विषयमा चर्चा गर्दा कतिपय मानिसहरूले यो संस्कृति भारतीय मिठाइ मोदकसँग पनि मिल्दोजुल्दो रहेको भन्ने गरेका छन् । के. टी. आचार्यका अनुसार मोदक भारतको सबैभन्दा पुरानो मिठाइ हो । मोदक गणेश भगवानको प्रिय वस्तु मानिन्छ । विशेषगरी गणेश चतुर्थीमा यो मिठाइ बनाउने गरिन्छ । भारतमा यो मिठाइ बनाउने चलनको सुरुवात २०० विसि भन्दा अगाडिको रहेको कुरा आचार्यले उल्लेख गरेका छन् ।
योमरी विशेषगरी नेवार समुदायले योमरी पूर्णिमाको दिनमा बनाएर खाने चलन छ । अन्य विशेष कार्यहरूमा पनि यो बनाउने गरिन्छ । नेवारी समुदायमा जन्म दिनमा योमरीको माला बनाएर लगाइदिने गरिन्छ । यसरी माला बनाउँदा बच्चा जति वर्षको भयो त्यतिवटै योमरीको माला बनाएर लगाइदिने चलन छ ।
जस्तैः बच्चा २ वर्ष हुँदा र ४ वर्ष पुग्दा विशेषगरी योमरीको माला बनाएर लगाइदिने गरिन्छ । यस्तै गरेर विभिन्न सम्प्रदायमा विमिरोसँगै योमरी राखेर पूजा गर्ने गरिन्छ । यसै पर्वको अवसरमा मानिसहरू योमरी बनाई विभिन्न देवी देवताका मन्दिरहरूमा पूजाआजा गर्ने गर्दछन् । यस्ता चाडपर्वहरूले आपसी वैमनस्यताको अन्त्य गरी सबैतिर सद्भाव र मेलमिलाप कायम राख्न सहयोग गर्दै आएका छन् । योमरी पूर्णिमाकै अवसरमा आफ्ना छोरीचेलीलाई बोलाई भोज खुवाउने गरिन्छ । नेवार समुदायमा कायम रहेको सामाजिक संस्था कतिको गुठीको पालो साट्ने काम पनि यही बेला गरिन्छ । यसरी नेवार समुदायका महत्वपूर्ण कार्यहरूमा योमरी बनाइने गरिन्छ । योमरीको सांस्कृतिक, धार्मिक तथा वैज्ञानिक महत्व रहेको छ ।
Leave a Reply