सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरी शनिबार सम्पन्न नेपाल मजदुर किसान पार्टीको ३२ औँ केन्द्रीय परिषद्ले देश हितविपरीतको एमसीसी सम्झौता खारेजको लागि पार्टीले सञ्चालन गर्दै आएको देशव्यापी आन्दोलनलाई अझ व्यापकता दिन पार्टी कार्यकर्ता र समर्थकलाई थप सक्रिय बन्ने उत्साह प्रदान गर्नेछ । शासक दलहरू एमसीसी सम्झौतालाई जस्केलोबाट छिराएर भए पनि पारित गर्न तानाबाना बुनिरहेको समयमा साम्राज्यवादविरूद्ध लगातार सङ्घर्ष गर्दै आएको नेमकिपाको गतिविधिले व्यापक नेपाली जनतालाई सचेत र एकजुट बनाउन मद्दत गर्नेछ ।
परिषद्बाट देशको अर्थतन्त्रलाई पराधीन बनाउने शासक दलहरूका नीति, स–साना कुराको लागि पनि विदेशीहरूसमक्ष हात फैलाउने, कृषिप्रधान देशले पनि कृषि उत्पादनको आयात बढाउँदै लाने जस्ता दीर्घकालीन मुद्दाबारे शासक दललाई सजग बनाएको छ । शिक्षा र स्वास्थ्यजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई परिषद्ले प्राथमिकताका साथ उठाएको छ । विकास र पूर्वाधार काठमाडौँ उपत्यकामा मात्र केन्द्रित गर्दा जनसङ्ख्या केन्द्रीकरण भई उपत्यका मानिस बस्न लायक नभएको विषयमा प्रस्ताव पारित गर्दै विकेन्द्रीकरणलाई जोड दिनुपर्ने मत व्यक्त गरेको छ । राजधानी काठमाडौँ वा सीमित सहरी क्षेत्रमा मात्र विकास भएको भन्दै नयाँ संविधानले देशमा सङ्घीय प्रणाली स्थापना गरेको छ । तर, अझै पनि केन्द्रीय सरकारले देशभरको सन्तुलन विकासलाई जोड दिनुको सट्टा पुरानै शैलीमा शासन गरिरहेको छ ।
कोभिडको महामारीले अझै पनि जनजीवन नराम्ररी प्रभावित छ । कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टले महामारीको अवधि लम्बिने सम्भावनाबारे विज्ञहरूले सजग बनाइरहेका छन् । नेपालमा भर्खर ३० प्रतिशत मानिसले पूर्ण मात्रा खोप पाएका छन् । नेमकिपाको परिषद्ले देशभर खोप अभियान सञ्चालन गरी बाँकी जनतालाई पनि खोप दिन सरकारसमक्ष माग गरेको छ ।
भूकम्प पीडित जनताको समस्या, फास्ट ट्रयाक निर्माणको नाममा खोकना बुङ्गमतीका जनता विस्थापन, वैदेशिक रोजगारीको नाममा नेपाली युवाहरूको विदेशमा बेचबिखन आदि सान्दर्भिक प्रस्ताव परिषद्बाट पारित भएको छ ।
कार्तिक महिनाको बेमौसमी वर्षाको कारण बालीनालीमा क्षति भोगेका किसानहरूलाई क्षतिपूर्ति, किसानहरूलाई समयमै बीउबिजन र रासायनिक मलको व्यवस्था, तराईका जिल्लामा हुस्सु र शीतलहरको कारण जनताले भोग्ने समस्या आदि नेपालका श्रमिक जनताको समस्याबारे पनि परिषद् बोलेको छ ।
नेमकिपाको परिषद्बाट विभिन्न समसामयिक अन्तर्राष्ट्रिय प्रस्ताव पनि पारित गरेको छ । संरा अमेरिकी साम्राज्यवादले संसारमा फेरि पनि अस्थीरता र युद्ध फैलाउन खोजिरहेको अवस्थामा साम्राज्यवादविरोधी पार्टी नेमकिपाले विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गरी नेपाली जनतालाई सचेत बनाउने जिम्मेवारी पूरा गरेको छ । समाजवादी देश चीनलाई घेराबन्दी गरी अर्को ‘सोभियत सङ्घ’ बनाउने साम्राज्यवादी योजनाविरूद्ध आज साम्राज्यवादविरोधी शक्तिहरू एकजुट भई अघि बढ्नुपर्नेछ । क्युवा, प्रजग कोरिया आदि समाजवादी देशहरूको प्रतिरक्षामा नेमकिपा लामो समयदेखि लगातार साम्राज्यवादविरूद्ध लड्दै आएको छ । जलवायु परिवर्तन आजको विश्वको अहम् महत्वको विषय हो । जलवायु परिवर्तन र पृथ्वीको स्वास्थ्य बिगार्नमा साम्राज्यवादी र पुँजीवादी देशहरूको अन्यायोचित र स्वार्थी व्यवहार जिम्मेवार छ । नाफाको लागि उनीहरू पृथ्वीलाई विनाशको मुखमा धकेल्न पनि तत्पर छन् । नेमकिपाले परिषद्बाट जलवायु परिवर्तनबारे न्यायपूर्ण मुद्दा उठान गरेको छ ।
वैचारिक र सैद्धान्तिक विषयमा प्रस्ट दलको छवि बनाएको नेमकिपाको परिषद्बाट पारित प्रस्तावले नेपालको राजनीतिलाई दिशानिर्देश गर्न योगदान गर्ने अपेक्षा गर्न सकिन्छ ।
Leave a Reply