हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
जाजरकोट, ३ पुस । बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ( भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले गाउँमा रित्तै फर्केको छ ।
कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताउनुभयो । रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दिनमा भारु ३५० ज्याला पाउँथ्यौँ । अहिले नेपालमा काम गर्ने हो भने झन्डै ८०० भन्दा बढी ज्याला पाइँदो रहेछ । सात वर्ष भारतीय भूमिमा बस्नुभन्दा नेपालमै काम गर्न लागेको भए हुँदो रहेछ भन्ने अनुभूति अहिले भएको उहाँले सुनाउनुभयो । नेपाल फर्केपछि अहिले छोरीका छोराछोरी र छोरीज्वाइँले दुःखसुखमा उहाँलाई साथ दिएका छन् ।
भारतमा काम गरेर फर्केपनि न त उहाँको जिन्दगी फेरियो न त राम्रो कमाइ गरी पैसा नै बचत हुनसक्यो । उहाँ आजभोलि जसोतसो गाउँघरतिरै जिन्दगी गुजारिरहेको भेटिनुहुन्छ । सोही गाउँका नरबहादुर विकले भारतमा २८ वर्ष बिताउनुभयो । उहाँ आउँदा रित्तै भाइबुहारीको घरमा फर्किनुभयो । न कमाइ भयो, न उमेर रह्यो । भारतीय भूमिमा ऊर्जाशील समय बितेपनि केही रकम जोहो गर्न नसकेको उहाँको गुनासो थियो ।
उहाँहरू जस्तै भारतबाट फर्केका जिल्लाका अधिकांशको यो वास्तविक पीडा हो । गाउँका ठेकेदारले कमाइ राम्रो हुन्छ भनेको भरमा कालापार जानेहरू कमाइ राम्रो नभई रित्तै फर्किने गरेको यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । बारेकोट गाउँपालिका–२ का रतनबहादुर नेपाली आजभन्दा तीन वर्ष पहिले छोराछोरीसहित भारत जानुभयो । कालापारमा कमाइ गर्न जानुभएका उहाँ परिवार पाल्न समस्या भएपछि नेपाल फर्किनुभयो । अहिले आफ्नै बारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरूलाई पढाउँदै हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ ।” ऊर्जाशील उमेर भारत गएर कमाउने नाममा सकिने उहाँको अनुभव छ । उमेर ढल्केपछि घर आउँदा निकै समस्या हुने गरेको उहाँको बुझाइ छ ।
अर्कातिर भारतीय भूमिमा गएका कतिपय युवा भने कुलतमा परेर नेपाल फर्कन्छन् । गाउँबाट भारत कमाउन गएकामध्ये कतिपय कुलतमा फसेका जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताउनुभयो । अभिभावकविहीन हुनु र भनेको जति कमाइ नभएपछि कुलतमा फस्ने गरेको पीडित बताउँछन् । आफूसँगका साथीहरू, पढाइलेखाइ गरेर जागिरे जिन्दगी बिताउँछन् आफू भने बिना कामको भएपछि थप पीडा हुने गरेको उनीहरूको भनाइ छ । रासस
Leave a Reply