भर्खरै :

‘सिन्च्याङ तास’ खेल्न खोज्ने अमेरिका असफल हुँदै

पेइचिङ, १८ डिसेम्बर (सीआरआई) । अमेरिकी सिनेटले डिसेम्बर १६ मा तथाकथित ‘उइगुरको जबरजस्ती श्रमको प्रतिरोधसम्बन्धी कानुनी प्रस्ताव’ पारित गरेको छ । सो कानुनी प्रस्तावले तथाकथित ‘जबरजस्ती श्रम’ को निहुँ खोजेर सिन्च्याङमा उत्पादित वस्तुहरू अमेरिकी बजारमा भित्र्याउन निषेध गरेको छ । यो अमेरिकाका केही राजनीतिज्ञहरूले मानव अधिकारको निहुँमा राजनीतिक षड्यन्त्र र आर्थिक प्रभुत्व गरेका हुन् । जसबाट सिन्च्याङका विकास र प्रगतिको रोकथाम गर्नखोज्ने र चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न खोज्ने उनीहरूको कुरुप अनुहार र षड्यन्त्र लुकेको छ । तथापि सिन्च्याङबारे उनीहरूको झूट विश्वलाई ठेग्न सक्दैन, सिन्च्याङमार्फत चीनको विकासको रोकथाम’ गर्ने उनीहरूको कुचेष्टा असफल हुनेछ ।
सिन्च्याङमा ‘जबरजस्ती श्रम’ छ कि छैन ? स्थानीय सर्वसाधारणको बोल्ने अधिकार छ । हालै आयोजित एउटा प्रेस सम्मेलनमा धेरै सिन्च्याङवासीहरूले श्रममार्फत सुखी जीवन पाएको कथा बताएका छन् ।
तथाकथित ‘जबरजस्ती श्रम’ झूटो कुरा थाहा पाएपछि अमेरिकी केही कूटनीतिज्ञले किन निरन्तररूपमा ‘सिन्च्याङ तास खेल्दै आएका छन् ? यसबारे अस्ट्रेलियाको सञ्चार माध्यम ‘अस्ट्रेलियन सतर्क सेवा’ ले अमेरिकाको उद्देश्य ‘जातीय र धार्मिक भिडन्त बनाउँदै पृथकतावाद र आतङ्कवाद गरी कल्पित शत्रु चीनलाई भङ्ग गर्नु’ रहेको निष्कर्ष निकालेको छ ।
कुनै पनि झूट र राजनीतिक षड्यन्त्रले सिन्च्याङको विकासलाई रोक्न सक्दैन । केही अमेरिकी कूटनीतिज्ञहरूले मानव अधिकारबारे आफ्नो देशको दुष्कर्मको सामना गर्नुपर्छ । ‘झूटो मानव अधिकार, साँचो प्रभुत्व’ गर्ने उनीहरू अन्त्यमा अवश्य नै असफल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *