विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
“हिउँदे ओलम्पिक खेलकुदमा हामी भेट हुने प्रतीक्षामा छौँ । चीनको छिट्टै भ्रमण गरी पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिन म इच्छुक छु ।” डिसेम्बर १५ मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरी द्विपक्षीय सम्बन्ध, व्यावहारिक सहयोग र अन्तर्राष्ट्रिय रणनीतिक सहयोगलगायत विषयहरूबारे डेढ घण्टासम्म छलफल गर्नुभएको छ । दुई पक्षले हिउँदे ओलम्पिक खेलकुदमा भेट हुने वचनबद्धता दिनुभएको छ, जसले दुई देशका राष्ट्रनायकबीचको गहन मित्रताको अभिव्यक्त गर्नुका साथै दुई पक्षबीचको उच्चस्तरीय राजनीतिक विश्वासको साक्षी रहेको पुष्टि हुन्छ ।
विगत एक सय वर्षको विशाल परिवर्तन र कोरोना महामारीको प्रभावमा विश्व उथलपुथल अवधिमा प्रवेश गरेको छ । चीन–रुस सम्बन्धले कसरी चुनौतीको परीक्षण पार गरी प्रेरक शक्ति देखाएको छ ? दुई देशका राष्ट्रनायकको रणनीतिक नेतृत्व निर्णायक कुरा हो ।
यस पटक चीन र रुसका राष्ट्रनायकबीचको दोस्रो भिडियो वार्ता हुनुका साथै सन् २०१३ देखि दुवै पक्षबीचको ३७ औँ वार्ता पनि हो । विश्वमा उहाँहरूबीच जस्तो बारम्बार वार्ता भएको विरलै देखिन्छ । विगत ८ वर्षमा उहाँहरूले सँगै आइस हक्की प्रतियोगिताको अवलोकन गर्नुभयो, सँगै जन्म दिवस मनाउनुभयो, सँगै इक्स्प्रेस रेल चढ्नुभयो । उहाँहरू असल, पुराना र साँचो मित्र हुनुहुन्छ । राष्ट्रनायकबाट कूटनीतिक गतिविधिको नेतृत्वमा चीन–रुस सम्बन्ध इतिहासको सबैभन्दा असल अवधिमा परिरहेको छ भने विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगमा निरन्तररूपमा उपलब्धि हासिल भएको छ ।
हाल विश्वमा केही शक्तिले ‘प्रजातन्त्र’ र ‘मानव अधिकार’ को निहुँ खोजेर चीन र रुसको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न खोजेका छन् । त्यसको सामना गर्न चीन र रुसले अरु बढी संयुक्त गतिविधि चलाएर दुवै पक्षको सुरक्षा र हितको अरु प्रभावकारीरूपमा संरक्षण गर्नुपर्छ र विश्वको व्यवस्थापनमा अरु ठूलो आवाज उठाउनुपर्छ ।
Leave a Reply