जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
वि.सं. २०७१ जेठ २२ गते ठेक्का सम्झौता भएर २०७३ कार्तिक ४ मा काम सम्पन्न हुने भनिएको कमलविनायक–नगरकोट बाटो ८ वर्ष हुँदा पनि बन्न सकेको छैन । नगर प्रमुख सोम मिश्र आफू निर्वाचित भएको ६ महिनाभित्र बाटो बनाउन दिने आश्वासन दिएर २०७४ सालमा नगर प्रमुख निर्वाचित भएका थिए । गएको प्रदेश उपचुनावमा निर्वाचित काङ्ग्रेसका कृष्णलाल भडेलले पनि आफू निर्वाचित भएको ६ महिनाभित्र बाटो पूर्णरूपमा बनाउन लगाउने वाचा गरेका थिए । नेकपा एमाले र काङ्ग्रेसका नेताहरू निर्वाचित भए, भडेल त बाग्मती प्रदेशका भौतिक योजना मन्त्री नै बने तर बाटो बन्ने छाँटकाँट अझै देखिएको छैन ।
यसै क्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्रले शुक्रबार पत्रकार भेला गरी कमलविनायक नगरकोट बाटो निर्माणको दबाब दिन भन्दै विभिन्न दबाबमूलक कार्यक्रमको घोषणा गरेका छन् । घोषणा गरिएका विभिन्न दबाबमूलक कार्यक्रमअनुसार नगर प्रमुख मिश्र अबको १५ दिन विभिन्न प्रशासनहरूमा घेराउ र धर्नामा व्यस्त हुनेछन् । नगर प्रमुख आन्दोलनमा उत्रिने शीर्षकमा गएको शुक्रबार विभिन्न अनलाइनले विशेष प्राथमिकता दिएर समाचार प्रकाशित ग¥यो । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख मिश्र स्वयम् अब त सरकार र ठेकेदारविरुद्ध आन्दोलनमा उत्रिने भन्ने समाचार भक्तपुरवासीले पढे । समाचार पढेर अब केही होला कि भन्ने आशा गर्नेहरू धेरै छन् । नगर प्रमुखको दबाबमूलक कार्यक्रमले अब साँच्चिकै बाटो बन्ला त ? ठेकेदार अब बाटो बनाउन बाध्य होला ? यो ८ वर्षको घटनाक्रम हेर्ने हो, बुझ्ने हो भने हामी विश्वस्त हुनसक्दैनौँ । नगर प्रमुख सोम मिश्रका यी विरोधका कार्यक्रम पनि विगतका कार्यक्रमजस्तै जनताको आँखामा छारो हाल्न गरिएका प्रचारबाजीमात्र हुन् भन्ने कुरा बुझ्न अब केही दिन पर्खिनुपर्ने हुन्छ । यो ८ वर्षमा नगर प्रमुख सोम मिश्रकै पार्टी नेकपा एमालेका अध्यक्ष केपी ओली तीन पटक गरी ५ वर्ष प्रधानमन्त्री भए । नेकपा एमालेका नेता नै बाग्मती प्रदेशमा ४ वर्ष मुख्यमन्त्री भए । आफ्नै पार्टीको प्रधानमन्त्री, आफ्नै पार्टीको मुख्यमन्त्री हुँदा पनि बाटो बनाउन उचित पहल गर्न नसक्ने नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका नगर प्रमुख सोम मिश्र आफ्नो असक्षमता लुकाउन धर्ना र घेराउजस्ता विरोधका गतिविधि गर्न खोजिरहेका छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । निर्वाचित भएको ६ महिनामा बाटो बनाउने भनी आश्वासन बाँडेर नगर प्रमुख भएका सोम मिश्र केही समयपछि हुने भनिएको स्थानीय चुनावमा जनताको तर्फबाट आउन सक्ने प्रश्नबाट बच्न आफै आन्दोलनकारी बन्न खोजिरहेका छन् । आफ्नो कार्यकालको अन्ततिर र चुनावको मुखतिर तात्ने नगर प्रमुख मिश्र र उनको पार्टी नेकपा एमालेलार्ई धर्ना घेराउको बहानामा भक्तपुरका जनता चित्त बुझ्ने छैनन् ।
जसरी भए पनि जित्ने मानसिकता बोक्ने नेकपा एमाले र नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जनताले चिन्नु आवश्यक छ । चुनावी बाचा पूरा नगर्ने उम्मेदवारहरूलाई प्रश्न सोध्नुपर्छ । हामी सचेत भएनौ भने फेरि त्यस्तै त्यस्तै उम्मेदवारहरू निर्वाचित हुनेछन् ।
Leave a Reply