भर्खरै :

कृत्रिम बौद्धिकताबारे तेस्रो नेपाल शीतकालीन कार्यक्रमको समुद्घाटन

भक्तपुर, ५ पौष । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इञ्जिनियरिङ कलेजमा आयोजित कृत्रिम बौद्धिकताबारे तेस्रो नेपाल शीतकालीन कार्यक्रमको सोमबार उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले देश विकासको मूल आधार भनेको त्यस देशको विज्ञान तथा प्रविधिको समुन्नत विकास भएको चर्चा गर्दै विकसित देशहरूको विकास र समृद्धिमा अनुसन्धानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कृत्रिम बौद्धिकताको सहीरूपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले समाजमा भएका विभेद अन्त्य गर्न कृत्रिम बौद्धिकतालाई सही ढङ्गले उपयोग गर्ने विषयमा छलफल चलाउन आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण आदि क्षेत्रमा गरिरहेको गतिविधिहरूबारे अवगत गराउँदै नपाले नगरवासी विद्यार्थीहरूको लागि रु. ५ लाखसम्मको शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुभयो ।
बौद्धिक समुदायले एमसीसी सम्झौताको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, विदेशी सहयोगभन्दा पनि देशको सार्वभौमिकता हाम्रो पहिलो प्राथमिकतामा पर्नुपर्छ भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज र ख्वप कलेज अफ ई.को सङ्क्षिप्त प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
काठमाडौँ विश्वविद्यालयका डीन डा. मनिष पोखरेलले कृत्रिम बौद्धिकतासम्बन्धी १० दिने तालिम पूर्ण सफलताको कामना गर्दै कृत्रिम बौद्धिकता कम्प्युटर इन्जिनियरहरूको लागि मात्र नभई सबै क्षेत्रको लागि आवश्यक भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा संस्थाका श्रेयासा पौडेल र कलेजका शिक्षक योगेश बज्राचार्यले पनि आ—आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *