भर्खरै :

हङकङको प्रजातन्त्रबारे श्वेत पत्र जारी

पेइचिङ, २० डिसेम्बर । चीनको राज्य परिषद्को सूचना कार्यालयले सोमबार हङकङको प्रजातान्त्रिक प्रक्रियाबारे श्वेतपत्र जारी गरेको छ । ‘हङकङः एक देश, दुई प्रणालीको ढाँचाअन्तर्गत प्रजातान्त्रिक प्रक्रिया’ शीर्षकको सो श्वेत पत्रमा हङकङ विशेष प्रशासनिक क्षेत्रमा प्रजातन्त्रको स्थापना र विकास तथा केन्द्रीय सरकारमा हङकङ सरकारको स्थानबारे उल्लेख छ ।
“सन् १९९७ मा चीन फर्किनुअघि बेलायती शासनअन्तर्गत हङकङमा प्रजातन्त्र थिएन”, श्वेतपत्रमा लेखिएको छ । हङकङमाथि सार्वभौमिकता स्थापना पुनःस्थापनापछि चीन सरकारले ‘एक देश दुई प्रणाली’ को आधारभूत नीति लागु गर्नुका साथै हङकङ विशेष प्रशासकीय क्षेत्रमा प्रजातन्त्र स्थापना गरेको त्यसमा लेखिएको छ ।
हङकङमा चीनविरोधी उपद्रयाहा र बाह्य शक्तिले प्रजातन्त्रतिर हङकङको प्रगतिलाई रोकेको पटक–पटक पुष्टि भएको श्वेतपत्रमा उल्लेख छ ।
हङकङमा अराजकता अन्त्य गर्न हालैका वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी र चीनको केन्द्रीय सरकारले महत्वपूर्ण निर्णयहरू गरेको थियो ।
संविधान र आधारभूत कानुनअनुसार हङकङ विशेष प्रशासकीय क्षेत्रमा चीनको केन्द्रीय क्षेत्राधिकार बलियो बनाउन चालेको कदमसँगै हङकङमा शान्ति सुव्यवस्था कायम भएको र चुस्त गतिमा प्रजातान्त्रिक प्रक्रिया सुरु भएको श्वेतपत्रमा उल्लेख छ ।
हङकङमा प्रजातन्त्रको लागि ‘आधारभूत सुनिश्चितता’
चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले ‘एक देश, दुई प्रणाली’ आधारभूत दीर्घकालीन नीतिको रूपमा अङ्गीकार गरेको श्वेतपत्रमा उल्लेख छ । चिकपा र चीन सरकारको सिर्जनात्मक खोज हङकङमा सफल भएको पुष्टि भएको छ ।
“यो नीति अपरिवर्तनीय रहने हामी सुनिश्चित गर्न चाहन्छौँ र इमानदारीका साथ यसको कार्यान्वयन हुनेछ । हङकङ विशेष प्रशासकीय क्षेत्रमा प्रजातन्त्रको विकास गर्ने यो आधारभूत सुनिश्चितता हो”, त्यसमा लेखिएको छ ।
श्वेत पत्रमा ‘एक देश’ र ‘दुई प्रणाली’ बीच सम्बन्धबारे पूर्ण समझदारी विकास गर्नुको महत्वलाई जोड दिंदै त्यो नीतिको इमानदारीपूर्वक पालना गर्ने उल्लेख छ । हङकङको वास्तविकतामा आधारित भएर उच्च गुणस्तरको प्रजातन्त्र निर्माणमा चिकपा र चीन सरकार प्रतिबद्ध रहेको त्यसमा लेखिएको छ ।
“आफ्नो राजनीतिक दृष्टिकोणसहित मूलभूमिमा समाजवादी प्रणाली दीर्घकालीनरूपमा सफल हुनेमा चिकपा र चीन सरकार विश्वस्त छ”, त्यसमा भनिएको छ ।
“त्यस्तै चिकपा र चीन सरकार हङकङमा पुँजीवादी प्रणाली र त्यहाँको वास्तविकतासँग मिल्ने प्रजातन्त्रको स्वरूपले पनि सफलता पाउनेमा विश्वस्त छन्”, श्वेतपत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *