भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, ५ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौँ–दैलेख सम्पर्क समितिको आयोजनामा अभिभावक भेटघाट कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले शासक दलका नेताहरूले देश र जनताको सेवामा नभई व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले राजनीति गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शासक पार्टीहरूले आफू पार्टीको पदाधिकारीमा निर्वाचित हुन पार्टीको महाविधेशनमा लाखौँ खर्च गरिरहेका छन् । पार्टीको नीति, कार्यक्रम पारित गर्नुपर्ने महाधिवेशनमा पदको लागि पैसा खर्च गर्ने परिपाटी बस्नु राम्रो लक्षण होइन ।”
सत्तामा रहेका नेताहरू सामान्य उपचारको नाममा विदेश जाने तर कामदार जनताले सिटामोल समेत नपाउने स्थिति रहेको उहाँले बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य बजिरसिं विकले पुँजीवादी व्यवस्था कामदार जनताको व्यवस्था नभएको स्पष्ट पार्दै समाजवादी व्यवस्थाले मात्र कामदार जनताको जीवन उज्ज्वल हुने बताउनुभयो ।
विश्व सर्वहारा वर्गका नेताहरू स्तालिन र माओको जीवनीबाट सिक्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अक्टोवर समाजवादी क्रान्ति सफल बनाउन स्तालिन र चिनियाँ जनवादी क्रान्ति सफल पार्न अध्यक्ष माओको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य नर्मा गुरूङले विद्यार्थीले अध्ययनमा जोड दिनुको साथै आलोचनात्मक चेतको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाका साथ अध्ययन गर्नुपर्छ ।”
नेमकिपा दैलेखका जगतबहादुर वलीले पार्टी प्रकाशन अध्ययन गर्नुपर्नेमा जोड दिँदै अध्ययनपछि नियमित अन्तरक्रिया गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले अध्ययन जागिर खानको लागि होइन समाज सेवाको लागि हुनुपर्छ भन्नुभयो ।
निरू विश्वकर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा लिलाराम विश्वकर्मा र दिनेश विश्वकर्माले पनि बोल्नुभएको थियो ।
Leave a Reply