भर्खरै :

एमाले, माओवादी, एकीकृत समाजवादी नै एमसीसीको पक्षमा !

काठमाडौँ, ६ पुस । एकीकृत समाजवादीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बेदुराम भुसाललगायतले एमसीसी सम्झौता खारेज गर्नुपर्ने मत सार्वजनिक गरिरहेको बेला बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमसीसी सम्झौताको समर्थन गरे । राजेन्द्रप्रसाद पाण्डे बाग्मती प्रदेशको मुख्यमन्त्रीसँगै एकीकृत समाजवादी पार्टी एक नेता हुन् । प्रम र देउवाले संसद् अवरोधबारे २०७८ असोज २४ गते बोलाएको सर्वदलीय बैठकमा नेता पाण्डे एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
एमालेका केही सांसदहरुले पनि एमसीसी सम्झौताको समर्थन गरे । ती एमाले सांसदहरुको दाबी थियो ‘अन्तर्राष्ट्रिय सहयोगमा शर्त हुन्छ । एमसीसी सम्झौतामा शर्त हुनु कुनै नौलो होइन । एमसीसी सम्झौता देशको हितमा छ । एमालेले ओली सरकारकै बेला एमसीसी पारित हुने थियो । एमसीसीप्रति नेगेटिभ छैन ।
माओवादीका पुष्पकमल दाहालले २०७८ पुस ४ गतेको सर्वदलीय बैठकमा एमसीसी सहयोग रकम फिर्ता नपठाउने दाबी गरे ।
नेकाको २०७४ सालको देउवा सरकारमा एमसीसी सम्झौता गरिएको हो । अहिले प्रम देउवा एमसीसी पारित गर्ने तयारीमा छन् । एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी, नेता र सांसदहरुको सहयोगमा नेकाको देउवा सरकारले एमसीसी सम्झौता पारित गर्ने सम्भावना छ । यसकारण देशभक्त नेपाली जनता देश बचाउन एमसीसी सम्झौता खारेजीको सङ्घर्षमा ओर्लनु जरुरी छ । देशघाती एमसीसी सम्झौतालाई मुलुकको हितमा देख्ने देशद्रोहीलाई उदाङ्गो पार्नु जरुरी छ ।
प्रम देउवाले दाहाल र माधवलाई ओलीको सहयोगमा एमसीसी सम्झौता पास हुने डर देखाएर यही गठबन्धनबाटै एमसीसी सम्झौता पास गराउन खोजेको समाचार छ । नेकाको गोटी चालमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जसपा आदि फस्दै आएको नौलो कुरा भने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *