भर्खरै :

दोस्रो मात्रा लगाएको तीन महिनामा कमजोर हुन्छ अस्ट्राजेनेका खोप

काठमाडौँ, ६ पुस । दुई मात्रा लगाइने अक्सफोर्ड–अस्ट्राजेनेका कोरोना भाइरस खोपको प्रतिरोधी क्षमता दोस्रो मात्रा लगाएको तीन महिनापछि क्रमशः कम हुँदै जाने हालै सार्वजनिक एक अध्ययन नतिजाले देखाएको छ ।
मेडिकल जर्नल ‘द लान्सेट’ मा सोमबार सो अध्ययनको नतिजा प्रकाशन गरिएको हो । पुणेमा रहेको सेरम इन्स्टिच्युट अफ इन्डियाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिसिल्ड ब्रान्डमा उत्पादन गर्दै आएको खोपको क्षमता तीन महिनापछि क्रमशः ¥हास हुने अध्ययनले देखाएको हो । नेपालमा कोभिडविरुद्ध खोप अभियानको सुरुबाटै कोभिसिल्ड खोप प्रयोग हुँदैआएको छ ।
“स्कटल्यान्ड र ब्राजिलमा हामीले गरेको अध्ययनबाट कोभिसिल्ड खोपको प्रभावकारिता दोस्रो मात्रा लगाएको तीन महिनापछि क्रमशः कम हुँदै गएको पायौँ । त्यसकारण कोभिसिल्ड लगाएका व्यक्तिहरूलाई प्रबद्र्धक मात्रा (बुस्टर डोज) दिने विषयमा गम्भीर हुन जरुरी छ”, अध्येताहरूले लेखेका छन् ।
स्कटल्यान्ड र ब्राजिलमा गरिएको अध्ययनअनुसार कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको तीन महिनापछि कोभिड–१९ को कारण अस्पताल भर्ना हुने वा मर्ने मानिसको सङ्ख्या बढेको देखाएको छ ।
डेल्टा भेरियन्टले स्टकल्यान्डमा व्यापकता लिइरहेको समय सन् २०२१ को मे १९ देखि अक्टोबरको २५ सम्मको समयावधिमा उक्त अध्ययन गरिएको थियो । त्यस्तै ब्राजिलमा गामा भेरियन्टको सङ्क्रमण फैलिरहेको समयावधि सन् २०२१ को जनवरी १८ देखि अक्टोबर २५ सम्म अध्ययन गरिएको थियो ।
“¥हासोन्मुखतालाई ठ्याक्कै परिमाणमा भन्न त गा¥हो छ । तर, खोप नलगाएका मानिसलाई हुन सक्ने जोखिमप्रति सजग भएर खोपको प्रभावकारिताको अनुमान गर्नुपर्छ”, अध्ययनले देखाएको छ । “तर, दुवै देशमा भएको अध्ययनले खोपको क्षमतामा ¥हास आएको देखिएको छ”, अध्येताहरूले भने ।
पछिल्लो अध्ययनले प्रबद्र्धक मात्रा बिना खोपको प्रभावकारितबारे थप चासो उठान भएको छ । सरुवा रोग नियन्त्रणका विज्ञ पिटर इङ्गलिसले ‘द फाइनान्सिएल टाइम्स’ लाई दिएको प्रतिक्रियाअनुसार खोपले धेरै वर्षसम्म रोगबाट सुरक्षा गर्ने पूर्वानुमानले सन्देह जन्माएको छ ।
लन्डनको किङ्गस् कलेजका अतिथि प्राध्यापक पेनी वार्डले उच्च तहको सुरक्षाको लागि प्रबद्र्धक मात्राको खोप आवश्यक पर्ने बताएका छन् । नेपालमा खोपको उपलब्धता सहज भए सँगै अग्रपङ्क्तिमा खटिने व्यक्तिहरूलाई प्रबद्र्धक खोप लगाउने प्रस्ताव भए पनि भर्खर ३० प्रतिशत नाघेको दुवै मात्रा खोप लगाउनेको जनसङ्ख्याको कारण ठोस निर्णय हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *