भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, ९ पुस । नेपाल क्रान्तिकारी महिला सङ्घ, केन्द्रीय समितिको आयोजनामा ‘संरा अमेरिकामा प्रजातन्त्रको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संरा अमेरिकाले प्रजातन्त्र शिखर सम्मेलनको नाममा युद्धको तयारी गरिरहको बताउनुभयो । उहाँले संसारमा समाजवादी देश चीनको प्रभाव र प्रचार बढिरहेकोले त्यसबाट असह्य भई साम्राज्यवादी अमेरिकाले प्रजातन्त्रको झूटा प्रचार गरिरहेको उल्लेख गर्नुभयो । स्वतन्त्र र स्वाधीन देशहरूमा अचानक आक्रमण गर्ने देश अमेरिकाले किटाणु युद्धमार्फत कैयाँै देशलाई ध्वस्त पार्ने अपराधमा संलग्न रहेको चर्चा गर्नुभयो ।
उहाँले वास्तविक प्रजातन्त्रलाई व्यवहारमा उतार्न सफल चीनले गरिबी निवारणमा सफलता प्राप्त गरेपछि आक्रामक मानसिकता बोकेको साम्राज्यवादी देश अमेरिकाले आफ्ना ३०० सैनिक खेलाडीहरूमार्फत चीनमा कोभिड–१९ महामारी फैलाएको तथ्यले पुष्टि गर्ने बताउनुभयो ।
अमेरिका धन–सम्पत्ति भएकाहरूको मात्रै देश भएको र त्यहाँको प्रजातन्त्रले तिनै मुठीभर पुँजीपतिहरूको सेवा गर्ने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “जतिसुकै राम्रो मान्छेलाई पनि विष खुवाएपछि लाग्छ, देश जोगाउने हो भने चीनले जस्तै धेरै राम्रा र असल नेता तयार गर्नुपर्छ, व्यापक जनतालाई राजनीति बुझाउनुपर्छ ।”
उहाँले प्रजातन्त्रका विभिन्न रूपहरू हुने स्पष्ट पार्दै लोकतन्त्र, प्रजातन्त्र, लोकशाही जे भने पनि सबै शब्दको अर्थ प्रजातन्त्र नै भएको उल्लेख गर्नुभयो ।
उहाँले स्पष्ट पार्नुभयो, “कुचो नपुगेको ठाउँमा धुलो बाँकी रहन्छ भनेझैँ प्रतिक्रियावादीहरूको सङ्घर्ष र कम्युनिस्ट आन्दोलन अगाडि नबढेका देशहरूमा खराबी बाँकी रहनु स्वाभाविक हो ।”
अध्यक्ष बिजुक्छेँले अन्तर्राष्ट्रिय राजनीतिबारे विद्यालय जीवनदेखि नै पढाउनु जरुरी रहेको आवश्यकता औँल्याउँदै देशघाती एमसीसी सम्झौताको पक्षमा विदेशी पुँजीबाट फाइदा लिने विदेशी पुँजीका दलालहरूमात्र नभई बुद्धिजीवीहरूले पनि बोलिरहेकाले देश जटिल मोडमा उभिएको उल्लेख गर्नुभयो ।
एमसीसी अमेरिकाको सैनिक गठबन्धन नै भएको प्रस्ट पार्दै उहाँले महिलाबीच व्यापक प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “एमसीसी सम्झौता पारित भयो भने नेपालमा अमेरिकी सेना आउनेछ, हाम्रो देशका सैनिक कमान्डरहरू उनीहरूले भनेजसरी बस्नुपर्नेछ ।”
साम्राज्यवादी अमेरिकाको जालमा भारत नराम्ररी फसेको बताउँदै अध्यक्ष बिजुक्छेँले भारतको विशाखापतनममा अमेरिकाले १५ वर्षदेखि जलसेना तैनाथ गरिराखेको उल्लेख गर्नुभयो । भारतमा सुरक्षा दिने भनेर बसेको अमेरिकाको भित्री योजना र तयारी अन्य देशमा हमला गर्ने रहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “देश र जनताको हितमा नेमकिपाको गतिविधि रोक्न नै शासक दलहरूले ३ प्रतिशत मतसीमा (थ्रेसहोल्ड) जस्तो अप्रजातान्त्रिक प्रावधानसहितको कानुन बनाए ।” उहाँले ३ प्रतिशत मत नल्याउनेहरू राष्ट्रिय पार्टी हुन नसक्ने भन्दा पनि देशघात गर्ने, जनताको शोषण गर्ने, जनतालाई दिएका आश्वासन र वचन पूरा नगर्ने दलहरू राष्ट्रिय पार्टी नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जसरी सूर्यको प्रकाशलाई छेक्न असम्भव छ, त्यसरी नै पुँजीवादी पार्टीहरूले नेमकिपाको विचार र गतिविधिलाई जनताबीच पु¥याउनबाट रोक्न सक्दैनन् ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सांसद सृजना सैंजूले मानव सभ्यताको खोजको उपलब्धि नै प्रजातन्त्र भएको उल्लेख गर्नुभयो ।
उहाँले देशको मालिक जनता बन्न पाउने व्यवस्था प्रजातन्त्र रहेको बताउँदै संरा अमेरिकामा प्रजातन्त्र नै नरहेको चर्चा गर्नुभयो ।
संसारमा गरिबी निवारण, खाद्य सुरक्षा, कोभिड महामारीविरुद्धको लडाइँंमा कुन देशले कस्तो सहयोगी भूमिका निर्वाह ग¥यो त्यसले ती देशमा प्रजातन्त्रको अवस्था र अन्य देशको प्रजातन्त्रको सम्मान दर्शाउने भएकोले यी सबैले साम्राज्यवादी अमेरिकाको असली चरित्रलाई उदाङ्गो पारेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकाले अन्य देशको साझा विकासको कुरा गर्दैन, हतियार व्यापारी अमेरिकाले हालै ११० देशलाई भेला पारेर गरेको शिखर सम्मेलन एक किसिमको शीतयुद्ध हो, अमेरिका प्रजातन्त्रको ठेकेदार होइन ।”
प्राकृतिक स्रोत र साधन भरिपूर्ण देशलाई लुट्ने देश नै अमेरिका भएको प्रस्ट्याउँदै सांसद सैँजूले जापान, अमेरिका, अस्ट्रेलिया र भारत सम्मिलित ‘क्वाड’ तथा अष्ट्रेलिया, बेलायत र अमेरिका सम्मिलित ‘अउकस’ एसियामा युद्ध भड्काउने संयन्त्र भएको चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् आयोजक समितिका उपाध्यक्ष कमलमैयाँ सुवालले पार्टी प्रकाशनहरूको अध्ययन, अन्तरक्रिया तल्लो तहसम्म पु¥याउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
सरकारले ठेक्कापट्टामा देश चलाइरहेको उल्लेख गर्दै उहाँले कामदार वर्गका महिलाको समस्या समाधानको लागि नेक्रामहिला सङ्घ सक्रिय रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिभा श्रेष्ठ, कान्ति अवा, सुनकेशा शाही, सुलोचना छ्वाजू, पवित्रा शाही, मुना तामाङले आ–आफ्नो अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply