राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, ९ पुस । वागीश्वरी माध्यमिक विद्यालयमा काजमा कार्यरत शिक्षकद्वय जीवनभक्त प्रधानाङ्ग र जमुना ताम्राकारको अनिवार्य अवकाशको क्रममा शुक्रबार शिक्षक सम्मान तथा बिदाइ कार्यक्रम भयो ।
कार्यक्रममा सभापतित्वको आसन ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले निवृत्त शिक्षकहरूको गुण सिक्दै वागीश्वरी माविका अरु शिक्षकहरूले स्थान लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ब्रह्मचारिणी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. १० का सदस्य ज्ञानकुमार मगजुले सम्मानित शिक्षकहरूलाई ताम्रपत्र हस्तान्तरण गर्दै निवृत्त शिक्षकहरूले ४० वर्ष भन्दा बढी शिक्षण सेवा गरी कर्तव्यनिष्ठ भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा निमावि इन्चार्ज विश्वराम प्रजापति, प्रावि इन्चार्ज कृष्णमान मलेपति, शिक्षकहरू राजन लाखा, इन्द्रकुमार श्रेष्ठ, रामप्यारी सैँजु, विद्यालय नर्स सर्जिना मानन्धरले अवकाश प्राप्त शिक्षकहरूको सक्रिय जीवन र सुस्वास्थ्यको कामना गर्नुभयो । निवृत्त शिक्षकहरू प्रधानाङ्ग र ताम्राकारले पनि बोल्नुभएको थियो । साथै, विद्यालयमा आजमात्र सरुवा भई हाजिर हुन आउनुभएका अन्जली श्रेष्ठ, जमुना आचार्यले विद्यालयको सेवामा कुनै कसर बाँकी नराखिकन विद्यार्थीहरूलाई शिक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Leave a Reply