शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, ९ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले शुक्रबार भेट गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित समपूरक र विशेष योजनाहरू निरीक्षणका लागि भक्तपुर आउनुभएका फुयाललाई नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भइरहेको गतिविधिहरूबारे अवगत गराउनुभयो ।
भेटको क्रममा नगर प्रमुख प्रजापतिले राष्ट्रिय योजना आयोगले समाजवादउन्मुख राज्य व्यवस्थाअनुरूपका योजनाहरू तयार गर्नुपर्नेमा जोड दिँदै आयोगका योजनाहरू कार्यान्वयन नभए आयोगको औचित्यतामाथि प्रश्न उठ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले सरकार सरकारजस्तो छैन, व्यवस्थापिका व्यवस्थापिकाजस्तो छैन र राष्ट्रिय योजना आयोग आयोगजस्तो छैन । त्यसमा सुधारको आवश्यकता छ ।”
देशको कुल बजेटको ५० प्रतिशत बजेट स्थानीय तहलाई विनियोजन गर्नुपर्ने उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले स्थानीय तहहरूको आवश्यकतालाई प्राथमिकता राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सशर्तको नाउँमा योजना छनोट केन्द्र र प्रदेशले गर्नु सङ्घीयताको भावनाविपरीत भएको बताउनुभयो ।
देशका राष्ट्रिय स्तरका योजनाहरू स्थानीय तहमार्फत सञ्चालन गर्न आयोगले विशेष पहल गर्नुपर्ने विचार राख्दै उहाँले भक्तपुर नगरपालिकाले शिक्षालाई राज्यकै दायित्वअन्तर्गत ल्याउने उद्देश्यले शिशुस्याहार केन्द्रदेखि विश्वविद्यालय तहसम्मको शिक्षा सस्तो र गुणस्तरीय ढङ्गले प्रदान गर्दै आइरहेको बताउनुभयो ।
भेटमा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले स्थानीय तहलाई बलियो र अधिकारसम्पन्न बनाउने ढङ्गले योजना छनोटमा जोड दिँदै आएको उल्लेख गर्दै अन्य स्थानीय तहको तुलनामा भक्तपुर नपाको लागि विशेष र समपूरक अनुदानको लागि योजना र कार्यक्रम छनोटमा ध्यानाकर्षण गराउन स्थलगत भ्रमणमा आएको बताउनुभयो ।
उहाँले विद्यालय भवन, खोला सुधार र कलेज भवनलगायतको शीर्षकमा आयोगले २ वटा समपूरक र २ वटा विशेष योजना सञ्चालनको लागि बजेटको व्यवस्था गर्न सकिने जानकारी गराउनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय सरकार आफैमा स्वायत्त संस्था भएको चर्चा गर्दै उहाँले तीनवटै सरकारबीच समन्वयतात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
भेटपश्चात् उहाँलाई भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, प्रस्तावित अरनिको सभाभवन क्षेत्र, निर्माणाधीन ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज, बाराही पुल र बाराही खोला सुधारलगायतको स्थलगत निरीक्षण गराउनुभएको थियो ।
Leave a Reply