नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
आजको दिन क्रिश्चियन धर्मालम्बीहरूको लागि ठूलो पर्व हो । यस दिन क्रिश्चियनहरूको ‘भगवान’ जिसस क्राइष्टको जन्म भएको मानिन्छ । यसै सन्दर्भलार्ई जोड्दै जिसस क्राइष्टलाई सुलीमा चढाउनुअघि आयोजित भोज भनेर लियोनार्दो दा भिन्चिले ‘अन्तिम भोज’ शीर्षकमा बनाएको पेन्टिङबारे केही तथ्य यस आलेखमा पस्किने जमर्को गरेको छु ।
लियोनार्दोको अन्तिम भोज (Last supper) संसारको सबैभन्दा प्रसिद्ध पेन्टिङहरूमध्ये एक हो । यसको रचना उत्कृष्ट छ । लियोनार्दोले यशुका १२ चेलाहरूको उच्च तनावको क्षणलाई चित्रण गरेका छन् । इटालीको मिलान सहरमा सेंटा मोडेल ग्रेजी नामको एक चर्च कन्वेन्ट छ । लियोनार्दोले मध्य डाइनिङ्ग हलको भित्तामा यो पेन्टिङ बनाएका थिए । लियोनार्दोले यशु ख्रिष्टलाई सुली चढाउनुअघि आफ्ना १२ शिष्यहरूका साथ भोजको आयोजना गरेका हुन्छन् जसलाई अन्तिम भोजको रूपमा चिनिन्छ ।
लियोनार्दोले पेन्टिङमार्फत यशु भोजमा संलग्न भएको क्षणको व्याख्या गर्न खोजेका छन् । बाइबलअनुसार यशुले आफ्ना शिष्यहरूलाई “तिमीहरूमध्ये एकजनाले ममाथि विश्वासघात गर्नेछौ” भने । यो सुनेर सबै शिष्यहरूलाई नमज्जा लाग्छ । सबै अचम्भित हुन्छन् । यशुको यस भनाइले शिष्यहरूमा कतिसम्मको असर पर्दोरहेछ भनेर यस पेन्टिङले देखाउन खोजेको देखिन्छ । ती सबै शिष्यहरूको अनुहारको हाउभाव चित्रकलामा अति सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । त्यसपछि एक शिष्य फिलिप सोध्छन्, “‘भगवान’ के त्यो विश्वासघाती म हुँ ?” यशुले भविष्यवाणी गर्दै भन्छन्, “विश्वासघातीले मसँगै प्लेटबाट पाउरोटी उठाउनेछ ।” पेन्टिङमा देख्न सकिन्छ, यशुले भनेपछि एक शिष्य जेम द ग्रेटर डरले आफ्नो हातलाई पछाडि सार्छ । त्यतिबेला अर्को शिष्य जुडोसको ध्यान पिटर र जोनका कुराहरूबाट बिथोलिन्छ । यशुले पाउरोटी लिन आफ्नो हात प्लेटतिर बढाउँछन् । अनि त्यही समयमा जुडोसले पनि पाउरोटीको लागि प्लेटतिर हात बढाउँछ । रोमनद्वारा यशुलाई पक्राउ गराएर जुडोसले यशुमाथि विश्वासघात गरेका थिए । पेन्टिङमा लियोनार्दोले यी दृश्यहरू राम्ररी देखाएका छन् ।
पेन्टिङमा जुडोसमात्र यस्तो व्यक्ति थियो जसको अनुहारलाई लियोनार्दोले कालो बनाएका थिए । दाहिने हातमा सबैभन्दा ठूलो पोको छ त्यो पोको उसलाई यशुमाथि धोका दिन इनामको रूपमा दिइएको थियो । भनिन्छ, पेन्टिङमा जुडोसको अनुहार बनाउने समयमा लियोनार्दोले मिलान सहरको जेलमा यस्तो अपराधीको खोजी गरे जो हेर्दा पनि दुष्टजस्तो देखियोस् । लियोनार्दोले भेटेको एक अपराधीको अनुहारजस्तै नै जुडोसको अनुहार बनाए । यही कारणले कसैलाई विश्वासघातीको उपाधी दिनुप¥यो भने ‘जुडोस’ भन्ने चलन बनेको छ र जुडोस गद्दार वा विश्वासघातीको शब्दको पर्यायवाची शव्द बनेको छ ।
सामान्यतया सोचेभन्दा यो पेन्टिङ सा¥है ठूलो छ । यो १८० इन्चको लम्बाइ र ३५० इन्चको चौडाइ छ । यसले भित्ताको दुई छेउलाई छोएको छ । अन्तिम भोज पेन्टिङको अगाडिको भित्तामा अर्को पेन्टिङ पनि बनेको छ । यस पेन्टिङमा यशुलार्ई शूलीमा चढाएको घटनाको व्याख्या गरिएको छ । त्यो चित्र पनि इटालीकै कलाकारले सन् १४९५ मा बनाएको थिए ।
भनिन्छ, लियोनार्दोले पेन्टिङमा धेरै कुराहरू रहस्यमय तरिकाले लुकाएका छन् । धेरैले धेरै प्रकारबाट यो पेन्टिङको विश्लेषण गरेका छन् । इटालियन कलाविज्ञ सब्रिना सागलियाले सन् २०१० मा पेन्टिङमा लुकेको रहस्य बुझ्ने प्रयास गरे । उनले पेन्टिङमा केही गणितीय र खगोलीय सङ्केतहरू देखे । लियोनार्दोले पेन्टिङमा विश्वको अन्त्य हुने मितिको बारेमा एक सन्देश प्रकाशित गरेका थिए । सब्रिनाका अनुसार लियोनार्दोले पेन्टिङमा सन् ४ हजार ६ मा संसारको अन्त्य हुने सङ्केत दिएका थिए ।
इसाई धर्मालम्बीहरू ‘होली त्रिनिटी’ मा विश्वास गर्छन् । त्रिनिटीले त्रिकोण जनाउँछ । त्रिनिटीको मतलब भगवान तीन तत्व मिलेर बन्छ भन्ने हो– पिता, पुत्र र पवित्र आत्मा । त्यही कारण लियोनार्दोले चित्रकलामा सङ्ख्या ३ लाई धेरै ठाउँमा उल्लेख गरेका छन् । जस्तै शिष्यहरू ३/३ समूहमा बसेका छन् । तिनको पछाडि तीन झ्याल छन् । शरीरको आकार पनि त्रिकोणीय जस्तो बनाइएको छ ।
पेन्टिङमा बेहोस भएको देखाइएको एक व्यक्ति पुरुष हो कि महिला हो भन्नेमा प्रशस्त बहस भएको थियो । पेन्टिङमा बनेका सबै मानिसमध्ये यही एक व्यक्ति महिलाजस्तो देखिन्छ । धेरै इतिहासकारका अनुसार यो उनको शिष्य जोन थियो । तर, धेरैको भनाइअनुसार उनी यशुको शिष्य मेरीमैक डलन थिए जो यशुलार्ई सुली चढाएदेखि उनलाई गाड्नेसम्म र फेरि यशुको जन्मको साक्षी थिइन् ।
अन्तिम भोज पेन्टिङमा एउटा रमाइलो गल्ती छ । राम्ररी हेर्दै गयो भने भोजनमा माछा र सुन्तला राखिएको देखिन्छ । तर, यशुलाई सुलीमा चढाएको धेरै शताव्दीसम्म पनि जेरुसेलममा सुन्तला पुगेकै थिएन । जुन समयमा सुन्तला नै थिएन कसरी सुन्तला खान सक्थे । वास्तवमा लियोनार्दोको समयमा माछा र सुन्तलाको परिकार इटलीमा लोकप्रिय थियो । त्यसैले यस पेन्टिङमा लियोनार्दोले उक्त परिकार राखेको हुुनुपर्छ ।
पेन्टिङ बाहिरी भित्तामा बनाइएको थियो । त्यसैले चिसोको प्रभावले पेन्टिङ राम्ररी सुक्न पाएको थिएन । १४९८ मा पेन्टिङ तयार भएपछि नै बिग्रिन थाल्यो । १७९६ मा फ्रान्सेली क्रान्तिताका पेन्टिङमा ठूलो क्षति पुग्यो । सन् १९४३ मा दोस्रो विश्व युद्धको बेला अन्य देशको बमबारीले कन्वेन्टको सम्पूर्ण डाइनिङ्ग हलमा ठूलो क्षति पुगेको थियो ।
त्यस्तैखाले अर्को दुई पेन्टिङ पनि बनाइएको थियो जुन लियोनार्दोको विद्यार्थीले नै बनाएको विश्वास गरिन्छ । त्यसमध्ये, एक लण्डनको रोयल आर्ट एकेडेमीमा राखिएको छ । जसलाई इटालीका कलाकार जाम पेन्ट्रियो र लियोनार्दोकै विद्यार्थीले सन् १५२० मा बनाएका थिए । सन् १९९८ मा लियोनार्दोको अन्तिम भोजको जीर्णोद्धार गर्दा त्यही पेन्टिङ नै लियोनार्दोको पेन्टिङबारे बुझ्ने मुख्य स्रोत बनेको थियो । लियोनार्दोको पेन्टिङबाट हराएको सूक्ष्म सन्देशलाई यही पेन्टिङले जीवित बनाएको छ ।
वातावरणीय कारण र केही अन्तर्राष्ट्रिय कारणले गर्दा पेन्टिङमा लगातार क्षति हुँदै गइरहेको थियो । १५ औँ शताब्दीदेखि सन् १९९९ सम्ममा ६० पटक पुनः जीर्णोद्धार भइसकेको छ । सन् १९९९ मा अन्तिम पटक जीर्णोद्धार गरिएको थियो । मर्मत सम्भार गर्दा आज लियोनार्दोको पेन्टिङको केही अंशमात्र बाँकी रहेको छ । त्यसैले अहिले इटालीको चर्चमा रहेको पेन्टिङ लियोनार्दोको होइन भनिन्छ । यो पेन्टिङ अब कुनै म्युजियममा पाइने छैन पनि भनिन्छ ।
(विभिन्न अनलाइन स्रोतको सहयोगमा)
Leave a Reply