भर्खरै :

बासु माविमा अवकाश प्राप्त शिक्षकको बिदाइ

भक्तपुर, १० पुस । बासु माध्यमिक विद्यालयका अवकाश प्राप्त शिक्षक प्रेमा कायष्ठलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द बासुकलाले बिदाइ समारोहमा दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।
शिक्षकहरूले शिक्षण क्रियाकलापको विषयमा ध्यान पु¥याउनुपर्ने आवश्यकता आँैल्याउँदै उहाँले शैक्षिक योगदान गरेका शिक्षकहरूले अवकाशको समयमा किताबखाना, कोष तथा नियन्त्रण कार्यालयहरूमा समस्या झेल्नुपर्ने देख्दा ज्यादै दुःख लाग्छ भन्नुभयो । उहाँले घरबाट सञ्चालन भएका विद्यालय आज टोलवासी, बुद्धिजीवी, समाजसेवी, किसान, मजदुर र युवाहरूको संयुक्त प्रयासबाट यो स्थितिमा पु¥याउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा प्रेमा कायष्ठले आफू काम विशेषले समत्र्न्दा पहिल्यै अवकाश लिनुपरेको बताउँदै विभिन्न जिल्लाबाट अनिवार्य अवकाश पाई सेवा सुविधाको निम्ति काठमाडौँसम्म आएर पनि समयमा काम नहुँदा, चिठी, विवरण, मिति नमिल्दा धेरै समस्या झेलिरहेको बताउनुभयो ।
सङ्घीय गणतन्त्रको देश नेपालमा अहिले पनि केन्द्रीयकरणकै अवस्था रहेको उल्लेख गर्दै उहाँले यस्तो विषयमा शिक्षक सङ्घसंस्थाहरू कानमा तेल हालेर बस्नु ठीक छैन भन्नुभयो । जीवनभर शैक्षिक योगदान दिने शिक्षकप्रति राज्यले अवकाशपछिको सेवा सुविधा व्यवस्थित गर्नुपर्ने बताउँदै शिक्षक कुमार मगरले स्वेच्छिक अवकास पाउनुहुने शिक्षक प्रेमा कायष्ठको व्यावहारिक पक्षबारे चर्चा गर्नुभयो ।
विद्यालयका प्रअ अम्बिका न्याईच्याईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उहाँले २०७५ भदौमा काज सरुवा हुनुभएका बाल विकास शिक्षक जमुना आचार्यलाई बिदाइ एवम् धन्यवाद र स्वेच्छिक अवकाश प्राप्त शिक्षक कायष्ठलाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा सहप्रधानाध्यापक राजकुमार ह्यौँमिखा, रविलाल प्रधान र रामकुमार निरौलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *