भर्खरै :

तनाव कम गर्न भारतले चिनियाँ भूभागबाट सेना फिर्ता लानु पर्छ : लु काङ

बेइजिङ (चीन), ३ साउन । चिनियाँ भूभागमा सैनिक राखेको दावी गर्दै मङ्गलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले भारतद्वारा चिनियाँ भूभागमा राखेका सैनिकलाई फिर्ता लानुपर्ने बताउनुभएको छ ।
भारतीय सीमा सुरक्षा बल गत जुनदेखि सिक्किम क्षेत्रमा चीनको भूभागमा प्रवेश गरेको र एक महिनापछि पनि उसले सुरक्षाकर्मीलाई फिर्ता नलगेको उहाँको दावी थियो ।
भारतीय सीमा बलको ‘अतिक्रमण’ले अन्तरराष्ट्रिय समुदायको ध्यान तानेका छ, लुले सञ्चारकर्मीसँगको नियमित अन्तरक्रियामा बताउनुभयो ।
चीनमा रहेका केही विदेशी कुटनीतिज्ञले घटना ‘दुखद’ र ‘ बुझ्न कठीन’ भएको बताउदै यस बिषयमा चीनबाट प्रमाणित गराउन आग्रह गरेका उहाँको भनाई थियो ।
लुले थप्नुभयो, “घटनाको उद्देश्य प्रष्ट छ । भारत्ीय सेनाले दुई देशबीच छुट्टयाइएको र आपसी रूपमा चिन्दै आएको सिक्किम क्षेत्रको सिमाना पार गरेको छ ।”
भारतलाई अवस्थालाई सहीरूपमा बुझ्न र सुरक्षाकर्मीलाई आफ्नो भूमीबाट हटाउन र तनाव कम गर्न प्रवक्ता लुले आग्रह गर्नुभयो । रासस÷ सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *