क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
काठमाडौँ, ११ पुस । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा आइतबार प्रवचन कार्यक्रम भयो ।
विश्व सर्वहारा वर्गका महान् नेताद्वय स्तालिनको १४३ औँ र माओ त्सेतुङ्गको १२८ औँ जन्मदिवसको अवसरमा भएको उक्त कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “महान् व्यक्तित्वहरूको स्मृतिसभाको अर्थ उहाँहरूको उद्देश्यलाई समर्थन गर्ने शपथ दोहो¥याउनु हो । स्तालिन र माओ त्सेतुङ्गले अघि बढाउनुभएको समाजवादको बाटोमा लाग्ने प्रण गर्नु नै उहाँहरूको सम्झना गर्नु हो । उहाँहरूको त्याग, तपस्या र बलिदानको अनुकरण गर्नु हो ।”
“स्तालिनका छोरा जाकोभलाई हिटलरको सेनाले पक्राउ गरेपछि हिटलरले रुसबाट पक्राउ भएका जर्मन सेनाहरू फिर्ता गरिए, स्तालिनका छोरालाई फिर्ता गर्न सर्त राखे । तर, स्तालिनले मान्नुभएन । कोरिया युद्ध (सन् १९५०–५३) मा माओ त्सेतुङ्गका छोरा मारिनुभयो । तर, माओ त्सेतुङ्गले अन्य चिनियाँ सेनाजस्तै छोराको बलिदान भएको ठान्नुभयो”, सचिव सुवालले भन्नुभयो ।
क्रान्ति भनेको सूर्य उडाउनुजस्तै अनिवार्य भएको स्तालिनको भनाइलाई सचिव सुवालले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “बेलायतलाई ३ सय वर्ष, अमेरिकालाई २ सय वर्ष र फ्रान्सलाई १६० वर्ष लागेको विकास लेनिन र स्तालिनको नेतृत्वमा रुसमा ३०–४० वर्षमा प्राप्त भयो । चीनमा माओ त्सेतुङ्गदेखि वर्तमान सी चिनफिङको नेतृत्वले अमेरिकालाई ३ सय वर्ष लागेको विकास चीनमा ७२ वर्षमा हासिल भयो ।”
“देशघाती एमसीसी सम्झौताको अनुदानका सर्तजस्तै भारतले नेपाल प्रहरीको प्रतिष्ठान निर्माण सहयोगमा राखेको छ । नेपालका सुरक्षा निकायहरू बन्दोबस्त नेपालकै बजेटमा गर्नु जरुरी छ । देशघाती एमसीसी सम्झौता खारेज गर्नु आवश्यक छ”, सचिव सुवालले भन्नुभयो ।
पार्टीको प्रकाशन अध्ययन र अन्तरक्रियामार्फत नेपाली जनतालाई शिक्षित एवं सचेत बनाउन पार्टी कार्यकर्ताहरू लागिपर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले स्तालिन र माओको जीवन सङ्घर्षबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्ताहरू सभ्य र सुसंस्कृत हुनुपर्ने बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला उपाध्यक्ष राजवीर डंगोलले नेमकिपाको ३२ औँ केन्द्रीय परिषद्बाट पारित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे जानकारी गराउनुभयो ।
नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्वक डंगोल, चन्देश्वरी महर्जन र श्यामकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
भक्तपुर
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता माओ त्सेतुङको १२८ औँ स्थापना दिवसको अवसरमा किसानहरूबीच आइतबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले राम्रो काम गर्ने मानिसलाई जनताले आदर गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “माओ त्सेतुङले माक्र्सवादी–लेनिनवादी शिक्षालाई आफ्नो देशको माटो सुहाउँदो प्रयोग गरी देशलाई जापानी साम्राज्यवादी थिचोमिचोविरूद्ध, देशी प्रतिक्रियावादीहरूको अन्याय अत्याचारविरूद्ध बहुसङ्ख्यक किसान वर्गलाई राजनीतिकरूपले सचेत र सङ्गठित पारी देशलाई मुक्त गर्नुभएको थियो । चीनमा जनवादी गणतन्त्र स्थापना गरी चीनलाई आजको अवस्थामा पु¥याउन अध्यक्ष माओको योगदान महत्वपूर्ण छ ।”
समाजवादी चीनले संसारलाई चकित पार्ने गरी विकासको गति अगाडि बढाएको उल्लेख गर्दै केन्द्रीय सदस्य काफ्लेले चीन संसारमै गरिबीमुक्त देश भएको बताउनुभयो ।
चीनको विकास र समृद्धिलाई रोक्न संरा अमेरिकाले विभिन्न बाधा अड्चन लगाइरहेको उल्लेख गर्दै उहाँले एमसीसी पनि त्यसैको सिलसिला भएको बताउनुभयो ।
एमसीसी सम्झौता देशघाती भएकोले खारेज नभएसम्म नेपाली जनताले सङ्घर्ष गर्दै जानेछन्, उहाँले भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले देश र जनताको सेवा गर्न सत्तामा पठाएका पार्टीहरू सबै भ्रष्ट भएकै कारण देश आजको भयावह अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनताले भारतीय र चिनियाँ समाजको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्थाको भिन्नताबारे जानकारी राख्नु आवश्यक छ । चीनको विकास, चिनियाँ समृद्धि र चीनको वैदेशिक नीतिबारे हामीले जनतालाई जानकारी गराउनु आवश्यक छ ।”
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवालले माओको जीवन सङ्घर्षबाट सिकेर युवा–किसान–विद्यार्थी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा केशव तिमिल्सिना, पूर्णगोपाल राजचल, गंगाराम ज्याख्वलगायतले माओको योगदानबारे बोल्नुभएको थियो ।
कीर्तिपुर
नेपाल मजदुर किसान पार्टी कीर्तिपुुर नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् नेताद्वय स्तालिनको १४३ औँ र माओ त्सेतुङ्गको १२८ औँ जन्मदिवसको अवसरमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले पार्टी जनताको लागि विश्वविद्यालयजस्तै हुने हुँदा त्यहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति, सिद्धान्त एवं विचारबारे छलफल, बहस, विमर्श हुन्छ भन्नुभयो ।
नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा रहेको प्रस्ट पार्दै उहाँले भन्नुभयो, “नेमकिपा समाजवाद र साम्यवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ ।”
पार्टीका केन्द्रीय सदस्य एवं नेमकिपा काठमाडौँ जिल्ला उपाध्यक्ष राजवीर डंगोलले स्तालिन र माओको जीवन सङ्घर्षबाट शिक्षा लिई राजनीतिकरूपमा सचेत हुनुपर्ने बताउनुभयो ।
एमसीसी देशघाती सम्झौता भएकोले एमसीसीको विरोधमा पुस १६ गते हुने खबरदारी जुलुस र सभामा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
नेमकिपा र्कीिर्तपुर नगर समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्य प्रशान्त महर्जन, कान्छाबाबु महर्जन, हरिकुमार महर्जन, बुद्धिमान महर्जनलगायतले स्तालिन र माओको योगदानबारे बोल्नुभएको थियो ।
Leave a Reply