भर्खरै :

१२८ औँ माओ त्सेतुङ दिवसको शुभकामना !

माक्र्सवाद–लेनिनवादलाई जडसुत्र बनाउने प्रयासलाई चीनका नेता माओ त्सेतुङले विफल बनाउनुभयो र त्यो क्रान्तिकारी सिद्धान्तलाई गतिशील विज्ञानको रूपमा थप विकास गर्नुभयो । अक्टोबर समाजवादी क्रान्तिपछि संसारभर समाजवादी क्रान्तिको प्रभाव व्यापक बन्यो । स्वतन्त्रताको बाटो खोजिरहेका उपनिवेश देशका जनताले माक्र्सवाद–लेनिनवादलाई आफ्नो मुक्तिको बाटो बनाउने निधो गरे । तर, माक्र्सवाद–लेनिनवादलाई वैज्ञानिक विचारधाराको रूपमा नभई कोरा सिद्धान्तको रूपमा बुझ्दा धेरै देशमा गल्ती र क्षति भयो । चिनियाँ क्रान्तिको आरम्भमा पनि त्यस्ता गल्तीहरू भए । सोभियत सङ्घको राजनीतिक प्रणालीबाट प्रभावित चिनियाँ कम्युनिस्टहरूले त्यहाँको अन्धनक्कल गर्न खोज्दा चिनियाँ जनताले ठुलो क्षति भोग्नुप¥यो । माक्र्सवाद–लेनिनवादलाई जड सुत्रको रूपमा बुझ्दासम्म चीनको क्रान्ति अघि बढ्न सकेन ।
माओले त्यो गल्तीलाई सच्चाउनुभयो र चिनियाँ क्रान्तिलाई वास्तविक धरातलमा टेकाउनुभयो । माक्र्सवाद–लेनिनवादलाई चीनको तत्कालीन परिस्थितिमा प्रयोग गरी चीनलाई साम्राज्यवादी शक्तिबाट मुक्त मात्र गर्नुभएन, बरु चीनका जनतालाई पनि शोषणबाट मुक्त गर्नुभयो ।
सन् १८४० देखि साम्राज्यवादी शक्तिको उत्पीडनमा पर्दै आएको चीनलाई एकातिर साम्राज्यवादी र उपनिवेशवादी शक्तिबाट मुक्त गर्नु थियो । अर्कोतिर शोषणमूलक चिनियाँ सामन्तवादबाट चिनियाँ जनतालाई मुक्त बनाउनु पनि थियो । यी दुईखम्बे उत्पीडनबाट चिनियाँ जनतालाई मुक्त गर्न सक्दा मात्र चिनियाँ पुनःजागरण सम्भव थियो । डा. सन यात सेनको नेतृत्वमा भएको सन् १९११ को क्रान्तिपछि पश्चिमा शैलीको राजनीतिक व्यवस्था स्थापना गर्ने प्रयास भयो । तर, त्यो प्रयास असफल भएपछि चीनको सन्दर्भमा पश्चिमा व्यवस्था अव्यावहारिक पुष्टि भयो । त्यस अवस्थाले चीनमा चिनियाँ परिस्थिति अनुकूलको राजनीतिक व्यवस्था स्थापना हुनुपर्ने निक्र्योलमा माओ त्सेतुङ पुग्नुभयो । यही निष्कर्षको आधारमा चिनियाँ क्रान्ति अघि बढ्यो र सन् १९४९ को अक्टोबर १ मा चीन साम्राज्यवाद र सामन्तवाद दुवै उत्पीडनकारी व्यवस्थाबाट मुक्त भयो । चीनको सन्दर्भमा पश्चिमा प्रजातान्त्रिक व्यवस्था अपूर्ण भएकोले माओ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा नयाँ जनवादी व्यवस्था स्थापना ग¥यो ।
क्रान्तिको बाटो सुगम र सहज पक्कै हुँदैन । क्रान्ति समुद्री छालहरू छिचोल्दै गरिने समरको यात्रा हो । चीनलाई साम्राज्यवाद र सामन्तवादबाट मुक्त बनाउन चिकपाले गरेको यात्रा जति विकट र कठिन थियो, चीनमा नयाँ जनवादी व्यवस्था स्थापनापछि समाजवादी व्यवस्थासम्मको यात्रा पनि उत्तिकै कष्टकर र कठिन छ । सन् १९४९ पछि चीनले धेरै चुनौती र जोखिमका उभारहरू छिचोल्यो । माओ त्सेतुङको दूरदर्शी र सिद्धान्तनिष्ठ नेतृत्वकै कारण ती सबै प्रतिकूलता छिचोल्न सम्भव भयो । चीन आज संसारको दोस्रो ठुलो अर्थतन्त्र मात्र होइन, संसारका सबभन्दा बढी जनतालाई गरिबीको दुष्चक्रबाट निकाल्न सफल देश पनि हो । चिनियाँ जनताको अनुहारमा छचल्किएको खुशी आज साम्राज्यवादी शक्तिको निम्ति असह्य भएको छ । त्यसकारण चीनको उदय रोक्न आज चौतर्फी हमला भइरहेका छन् । तर, माओ त्सेतुङको विरासत काँधमा बोकेको आजको चिनियाँ नेतृत्व इतिहासबाट सिक्दै अगाडिको यात्रामा तेर्सिएका हरेक अवरोध पन्छाउँदै मानव जातिको खुशीको लागि अघि बढिरहेका छन् । यो यात्रामा चिनियाँ नेतृत्वको लागिमात्र होइन, संसारलाई शोषणविहीन बनाउने लक्ष्य बोकेका संसारका सबै न्यायप्रेमी जनताको निम्ति माओ त्से तुङ प्रेरणा बनिरहनु हुनेछ ।
१२८ औँ माओ त्सेतुङ दिवसको अवसरमा संसारका सम्पूर्ण न्यायप्रेमी जनतालाई शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *